जिवनशैली पत्रिका

केवलकारका बाजे लक्ष्मणबाबुको इतिहास

रवीन्द्र माकाजू पोखरा २२, कार्तिक अहिले मुलुकमा सर्वत्र केवलकार बनाउने होड चलेको छ । कास्कीबाट मुक्तिनाथ मन्दिरसम्म सम्भवत संसारकै सबैभन्दा लामो दुरीको केवलकार बन्ने खबरले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । बन्दीपुर, बुटवल, पोखराको सराङकोट आदि ठाउँमा केबलकार निर्माण भएको छ । यस बेला नेपालका केबलकार कसले कसरी कहाँ सुरु गरे भन्ने जिज्ञासा हुनु स्वभाविकै हो । यसै परिवेशमा नेपालमा पहिलो केबलकारका परिकल्पनाकार एवं मनकामना केबलकारका संस्थापक लक्ष्मणबाबु श्रेष्ठसँग पहिलो भेट हुँदा गरिएको कुराकानीका केही अंशहरु ः माता मनकामना… पुरा पढौ

चीन सरकारले नेपालका भूकम्प प्रभावितलाई करिब तीस करोड मुल्य बराबरको राहत सामाग्रि हस्तान्तरा गर्यो

पोखरा २२, कार्तिक मित्र राष्ट् चीनले नेपालका भूकम्प प्रभावितहरुलाई ठुलो मात्रामा राहत सामाग्रि उपलब्ध गराएको छ । भूकम्प प्रभावितलाई चिन सरकारले करिब ३० करोड बराबरकोको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरा गरेको हो । बुधबार बिहान पोखरा अन्तराष्ट्यि विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्ट मार्फत आएको राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् । चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका करिब ३० करोड मूल्य बराबरको राहत सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् । राहत… पुरा पढौ

प्रतिभा माविलाई ‘बेस्ट स्कुल अवार्ड’

पोखरा २२, कार्तिक पोखराको प्रतिभा माविले बेस्ट स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ । कलेज रिडर्सले जापानको टोकियोमा हालै आयोजित एक कार्यक्रमबीच ‘नेपाल एजुकेशन अवार्ड’ अन्तर्गत प्रतिभा माविलाई ‘बेस्ट प्लस टु स्कुल अफ द इअर अवार्ड २०२३’ प्रदान गरेको हो । सो अवार्ड विद्यालयका प्राचार्य किरण सापकोटाले ग्रहण गरेका थिए । अवार्ड ग्रहण गर्दै उनले प्रतिभालाई उत्कृष्ट प्लस टु छनोट गरी अवार्ड प्रदान गरेकोमा आभार समेत व्यक्त गरें । मावि र उच्च मावि मध्येबाट उक्त अवार्डका लागि प्रतिभा छनोट… पुरा पढौ

क्याम्पस भवन निर्माणार्थ देउसीभैलो

पोखरा, २२ कात्तिक पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्थ यही कात्तिक २४ गतेदेखि ३० गतेसम्म देउसीभैलो गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६९ सालमा स्थापित दक्षिण पोखराको एक मात्र सामुदायिक क्याम्पसले विभिन्न आरोह अवरोहका बीच १० वर्ष पार गरिसक्दा पनि आफ्नो भवन नहुँदा समस्या भोग्नुपरेको वास्तविकतालाई दृष्टिगत गरी भवन निर्माणका लागि देउसीभैलो गर्न लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुुभयो । दिगो आर्थिक स्रोत र भौतिक… पुरा पढौ

पोखरामा गुरुङ चलचित्र सैंर्वे ट को प्रिमियर शो हुने

पोखरा, २२ कात्तिक पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ । माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ । चलचित्रमा नायकका रुपमा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रुपमा कृष्टि गुरुङले अभिनय गरेकी… पुरा पढौ

पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला

पोखरा, २२ कात्तिक पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रा।ली।को साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजारको आगामी शनिवार शुभारम्भ गर्ने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरू रहनेछन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट ९मोजा, टोपी०, प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले… पुरा पढौ

खेलाडी कल्याणकारी कोषमा फिसटेल रेसको आयोजक भिआर–४६ को २५ हजार सहयोग

पोखरा २२, कार्तिक प्रदेश खेलकुद परिषद गण्डकीको खेलाडी कल्याणकारी कोषमा फिसटेल रेसको आयोजक संस्था भिआर–४६ ले नगद रु २५ हजार सहयोग गरेको छ । भिआर–४६ का प्रवन्ध निर्देशक माइकल थापाले कल्याणकारी कोषमा नगद रु २५ हजार सहयोग हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि सो कोषमा ५ लाख प्रदान गरेको छ । भिआर–४६ सो कोषमा रकम दाखिला गर्ने पहिलो संस्था समेत भएको छ । खेलाडी कल्याणकारी कोषमा नगद रु २५ हजार जम्मा गरेको बताउँदै प्रवन्घ… पुरा पढौ

क्षेत्रिय खेलकुदको बोर्ड हटाउनप्रदेश खेलकुद परिषदगण्डकीको पत्राचार

पोखरा २२, कार्तिक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदविकास समिति, पोखराको बोर्ड हटाउनप्रदेश खेलकुद परिषदगण्डकीले पत्राचार गरेको छ । परिषदले एक पत्र लेखि वोर्ड हटाउन र सोको जानकारी यथासिघ्र प्रदेश खेलकुद परिषदमादिनभनेको छ । परिषदका सदस्य सचिवश्रीधर शर्माले पत्राचार गरेको पत्रमाबोर्ड हटाउनतथाकार्यालयबाटकुनै पनिकामकार्वाहीनगर्न नगराइदिनु हुनभनिएको छ । तत्कालिनगण्डकीअञ्चल खेलकुदविकास समितिहुँदै २०४८ सालमागठनभएको हो । नेपालमा २०४७प्रजातन्त्रको उदय संगै अञ्चलबाट क्षेत्रिय खेलकुदमा परिणतभएको समिति २०७७ सालमाबनेको राष्ट्रिय खेलकुद ऐन अनुसार स्वतःविघटनहुनुपर्नेमा सोमाकार्यरत कर्मचारीहरुको व्यवस्थापनहुननसक्दा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले क्षेत्रिय खेलकुदमार्फत नै कामकाजअघिबढाइरहेको थियो ।… पुरा पढौ

पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न आदेश

पोखरा २२ कार्तिक । उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाईड चौविसै घण्टा खोल्न दिन आदेश दिएको छ । उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको बुधबार बसेको एकल इजालासले लेकसाईडमा भएका व्यापार व्यवसाय चौविसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदन उपरमा भएको बहसपछि भट्टराईले यस्तो आदेश दिएका हुन् । यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला,… पुरा पढौ

कालीभक्तको जन्मभूमिमा काव्ययात्रा

पोखरा, २२ कार्तिक लोकसंस्कृतिका अध्येता तथा अनुसन्धानदाता कालीभक्त पन्तको जन्मभूमि पर्वतको फलेवासमा तीन दिवसीय काव्ययात्रा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) साँस्कृतिक समिति र नेपाल च्याप्टरको आयोजना एवम् कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयोजनमा ‘पर्वत–फलेवास पर्यटकीय संस्कृति तथा काव्ययात्रा’ कार्तिक १७ गतेदेखि १९ गतेसम्म सम्पन्न भएको हो । अनेसास बोष्टन च्याप्टर अध्यक्ष तथा केन्द्रीय साँस्कृतिक समिति संयोजक महेश्वर पन्तको व्यवस्थापनमा सम्पन्न काव्यात्रामा देशभरका ३५ विशिष्ट कवि, कलाकार, गीतकार, संगीतकार र अनुसन्धानदातासहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सम्मेलनको… पुरा पढौ