पोखरा २२, कार्तिक
पश्चिमाञ्चल क्षेत्रिय खेलकुदविकास समिति, पोखराको बोर्ड हटाउनप्रदेश खेलकुद परिषदगण्डकीले पत्राचार गरेको छ । परिषदले एक पत्र लेखि वोर्ड हटाउन र सोको जानकारी यथासिघ्र प्रदेश खेलकुद परिषदमादिनभनेको छ । परिषदका सदस्य सचिवश्रीधर शर्माले पत्राचार गरेको पत्रमाबोर्ड हटाउनतथाकार्यालयबाटकुनै पनिकामकार्वाहीनगर्न नगराइदिनु हुनभनिएको छ ।
तत्कालिनगण्डकीअञ्चल खेलकुदविकास समितिहुँदै २०४८ सालमागठनभएको हो । नेपालमा २०४७प्रजातन्त्रको उदय संगै अञ्चलबाट क्षेत्रिय खेलकुदमा परिणतभएको समिति २०७७ सालमाबनेको राष्ट्रिय खेलकुद ऐन अनुसार स्वतःविघटनहुनुपर्नेमा सोमाकार्यरत कर्मचारीहरुको व्यवस्थापनहुननसक्दा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले क्षेत्रिय खेलकुदमार्फत नै कामकाजअघिबढाइरहेको थियो ।
राखेपको गतभदौ मा बसेको ११७औं वोर्ड बैठकले क्षेत्रिय खेलकुदविकास समितिअन्तर्गत रहेका सबै खेलकुदपूर्वाधारहरु र कर्मचारीहरु समेत प्रदेश खेलकुद परिषदमा रहने गरि निर्णय गरेको थियो ।
सोहीनिर्णयलाई आधार मान्दै परिषदले तत्काल सो निर्णय कार्यान्वयनगर्न राखेपलाई अनुरोध गरेको सदस्य सचिवशर्माले बताए । उनले भने–“मआफू पनि रोखपको बोर्ड सदस्यभएको नाताले मैले पटक–पटक यो विषयकार्यान्वयनगर्न राखेप सदस्य सचिवज्यूलाई आग्रह गरें । उहाँले पनि सो निर्णय कार्यान्वयनगर्न विभागियप्रमुख प्रेम मल्ललाई निर्देशनदिनु भयो । तर विभागियप्रमुखले निर्णय कार्यान्वयनगर्न चासो देखाएनन् ।” आफूले समेत पटक–पटकप्रमुखमल्ललाई यस बारे सचेत गराएको समेत उनले बताए ।
सो बैठकले क्षेत्रिय खेलकुदमाकार्यरत कर्मचारीहरु ओएनएम स्विकृति नभए सम्मकालागिप्रदेश खेलकुदविकास समितिअन्तर्गत समायोजन गर्न र खेलकुदपूर्वाधारहरुको शुरक्षा, सञ्चालन र व्यवस्थापनप्रदेश खेलकुद परिषदले गर्ने गरि हस्तन्तरण गर्न भनिएको थियो । “निर्णय कार्यान्वयनगर्न ढिलाई भएकोले परिषदले सो निर्णयको प्रतिलिपीपठाउन राखेपलाई समेत पत्रचार गरेकाछौं“–उनले भने ।
सदस्य सचिवशर्माले भने–“१९ औं एसियाली खेलकुद सकिएको १५ दिनभित्रै निर्णय कार्यान्वयनगर्न भनिएको थियो । तर कार्यान्वयनगर्न निकै आलटालगरियो । हामी खेलकुदमापक्कै पनिझारा टार्न आएकाहोइनौं । खेलकुदको विकास संगै नेपालको संघिय ऐन खेलकुदमा समेत लागु गर्नुपर्छ भन्ने उद्धेश्यका साथआएकाहौं,” उनले थपे–“तीविषयकार्यान्वयगर्न प्रदेश खेलकुदविकास ऐन २०७७ र प्रदेश खेलकुदविकास नियमावली २०७८ समेत निर्माण गरी लागु गरिसकेकाछौं । हामीत्यसमाप्रतिवद्धछौं ।”
प्रदेश खेलकुद परिषदको कार्यकारी समितिको बैठकले पोखरा रंगशालासहितप्रदेशका सबै खेलकुद संरचनाहरुको सञ्चालन, व्यवस्थापन र संरक्षणकालागिमापदण्डनिर्माणगरि कार्यान्वयनगर्न निर्णय गरिसकेको बताउँदै सदस्य सचिवशर्माले सो अनुसार व्यवस्थामिलाउनजिल्ला खेलकुदविकास समितिहरुलाई समेत निर्देशनगरिएको सदस्य सचिवशर्माले बताए ।