चीन सरकारले नेपालका भूकम्प प्रभावितलाई करिब तीस करोड मुल्य बराबरको राहत सामाग्रि हस्तान्तरा गर्यो

-


     पोखरा क्लिक     
     कार्तिक २२ गते २०८० मा प्रकाशित


पोखरा २२, कार्तिक

मित्र राष्ट् चीनले नेपालका भूकम्प प्रभावितहरुलाई ठुलो मात्रामा राहत सामाग्रि उपलब्ध गराएको छ । भूकम्प प्रभावितलाई चिन सरकारले करिब ३० करोड बराबरकोको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरा गरेको हो । बुधबार बिहान पोखरा अन्तराष्ट्यि विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्ट मार्फत आएको राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् ।

चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका करिब ३० करोड मूल्य बराबरको राहत सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् ।

राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । उनले भारत सरकारबाट पनि सहयोग आएको बताए । नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुस्खमा साथ दिएको बताए ।

त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरेका छन् । नेपाल र नेपाली जनताको दुःखमा आफ्नो देशको सधैं साथसहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेका उनले बताए ।

दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ । यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सयवटा महामारी रोक्ने स्पेयर र साढे १० हजारवटा लामखुट्टे मार्ने औषधि छन्। साथै पत्रकार माझ उक्त राहत सामाग्रिह ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले समानुपातिक ढंगले राहत वितरण गर्ने बताए ।