नगर प्रहरी माथि हातपात गर्ने घिमिरे पक्राउ
पोखरा, २४ मङ्सिर ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो । घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो । फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटक पटक त्यसो नगर्न आग्रह गर्दा समेत…
पुरा पढौ
घार्मीको ओमकारेश्वरमा बाला चतुर्दशी पर्व मनाइने
पोखरा २४, मंसिर पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल घार्मीमा बाला चतुर्दशी पर्व मनाइने भएको छ । घार्मी स्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष पनि यही मंसिर २५ गते सोमबारका दिन बाला चतुर्दशी पर्व मनाउने र सद्वविज छर्ने तयारी अन्तीम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो। पर्वलाई लक्षित गरि मन्दिरमा रंग रोगन गर्ने तथा परिसर सरसफाई गर्ने कार्य सम्पन्न गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताउनु भयो। स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक…
पुरा पढौ
व्यवसायीलाई बचाउन सरकार लाग्नु पर्छः अध्यक्ष नेपाल
दीननाथ बराल पोखरा २३,मंसिर पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले उद्योगी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपालको अर्थतन्त्रमा केही समस्य भएको दाबी गर्दै त्यसबाट पार लगाउने गरी सरकारले उद्योगी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउन आग्रह गर्नु भएको हो । देशको अर्थतन्त्र समस्या भएका कारण धेरै व्यवसाय समस्याग्रस्त भएको दाबी गर्दै उहाँले व्याजदर घटाउने, ऋण चुक्ता गर्ने…
पुरा पढौ
पुम्दीकोटमा २ करोडमा निर्माण भयो सुमेरु पर्वत,पोखरा आउने पर्यटकलाई एक दिनको बसाई लम्बाउने अध्यक्ष बरालको विश्वास
दीननाथ बराल पोखरा २३, मंसिर पोखराको नयाँ पर्यटकीय गन्तव्य बनेको पुम्दीकोटमा पर्यटकहरुलाई थप आकषर्ण गर्न अर्को गन्तव्य बनेको छ । हिजोआज दैनिक जसो २ हजार २५ सय जसुो पर्यटकहरु आउने गरेको उक्त क्षेत्रमा सुमेरु पर्वत स्थापना गरिएको हो । पुम्दीको बिशाल महादेव मुर्ति परिसरमै क्षेत्रमै अर्को पर्यटकीय गन्तव्य सुमेरु पर्वत निर्माण गरिएको हो । पुम्दीकोट कोट विकास समितिले कुमार पार्वती मुर्ति सहित अन्य भौतिक संरचना निर्माण गरी सुमेरु पर्वतको रुपमा स्थापना गरिएको समितिका अध्यक्ष समाजसेवी एवं उद्योगपती चन्द्रकान्त बरालले बताउनु…
पुरा पढौ
लिटल फ्लावरमा अन्तरक्रिया
पोखरा २३, मंसिर पोखरा महानगरपालिका वडा नं २७, रिठेपानीमा अवस्थित विद्यालय लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुका अभिभावकसँग विभिन्न चरणमा शिक्षक अभिभावक अन्तरक्रिया गर्दै आयोजित समापन कार्यक्रममा प्रमुख बक्ता एवम् पोखरा क्षेत्रकै अनुभवी शैक्षिक व्यक्तित्व प्रध्यापक डा त्रिभुवन शर्माले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि गर्न बालमैत्री वातावरणमा जोड दिए । उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति निर्माणमा अझै अगाडि बढ्न प्रेरित गरे । विद्यालयका…
पुरा पढौ
निप्स पोखरा च्याप्टरमा पौडेल
पोखरा२३, मंसिर नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी पोखरा च्याप्टरको ११ औ बार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनले बद्रीनाथ पौडेलको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको चयन गरेको छ । बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको संस्था निप्सको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुर्यबहादुर के.सी, सचिवमा छविलाल पौडेल, कोषाध्यक्षमा शिव सुवेदी रहेका छन् । यसैगरी सदस्यहरुमा मनोज भारती, उमाकान्त बराल, टंकप्रसाद दाहाल, गणेश धमला, सुरेश रेग्मी रामजी प्रसाद बराल र विश्वराज पौडेल रहेका छन् । अध्यक्षमा निर्वाचित पौडेल एशियन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख हुन । यसअघि साधारण…
पुरा पढौ
रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान
पोखरा, २३ मङ्सिर राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्नुभएको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरले सम्मान गर्नुुभएको हो । उहाँलाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो । कार्यक्रममा मन्त्री आलेले गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विगतमा कोभिड लगायतका…
पुरा पढौ
नयाँबजारको व्यापार मेलामा छुट नै छुट
पोखरा, २३ मंसिर पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दैनिक उपभोग्य बस्तु तथा अन्य सेवाहरुमा भारी छुटको व्यवस्था गरिएको छ । मंसिर २१ गतेदेखि सुरु भएको मेलामा रहेका विभिन्न स्टलहरुले भारी छुटमा सामानहरु बिक्री गरिरहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार खासगरी दैनिक उपभोग्य बस्तु र लत्ताकपडाहरु सुपथ मूल्यमा बिक्री भइरहेका छन् । ‘साल्ट्र ट्रेडिङ कर्पोरेसनले छुटसहित विभिन्न उत्पादनहरु बिक्री गरिहेको छ,’उनले भने,‘त्यस्तै मेलाको प्रवेश टिकटमा हामीले पनि विभिन्न उपहारको व्यवस्था…
पुरा पढौ
इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली
पोखरा २३, मंसिर भूगर्भविद् तथा फोटोग्राफर डा इरिका र उनकी छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा इर्मट्रडले अनुभव साटेकी छन् । ‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक सत्रमा इर्मट्रडले आफ्नी आमा र आफूले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाएकी हुन् । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक आफ्नो जीवनकालमा थुप्रै हिमाली क्षेत्रको अध्ययन गरेकी थिइन् । सोही क्रममा…
पुरा पढौ
ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्षमा ठकुरी
पोखरा २३, मंसिर ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ), सचिवमा रामचन्द्र पौडेल (कास्की), सहसचिवमा भिमलाल खनाल (स्याङजा), सदस्यमा नवराज दवाडी (कास्की), गोपाल अधिकारी (स्याङजा), हेमराज महतो (नवलपुर), मेघनाथ देवकोटा (कास्की), मनध्वज राना (तनहुँ), कमलादेवि गुरुङ (कास्की), शुस्मिता थापा (नवलपुर) र गंगाराम शर्मा चापाँगाई (कास्की) निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रमको उद्घाटन केन्द्रिय संस्थापक…
पुरा पढौ

