जिवनशैली पत्रिका

व्यापार मेलामा ग्यास दुर्घटनाबारे जनचेतना

पोखरा,२६ पुस गएको फागुनको पहिलो हप्ता कांग्रेस नेता तथा प्रतिनिधिसभाका सांसद चन्द्र भण्डारीको घरमा दुःखद घटना भयो । खाना पकाउने एलपी ग्यास चुहिँदा भएको दुर्घटनाले चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भयो । नेता भण्डारी लामो उपचारपछि तंग्रिएर राजनीतिमा सक्रिय भएका छन् । सो दुर्घटनापछि ग्यासको सुरक्षित प्रयोग, ग्यास सिलिण्डरको गुणस्तरसँगै आगोले पोलेपछि हुने उपचारबारे राष्ट्रिय बहस सुुुरु भयो । सो दुःखद घटनाले प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्दा होसियारी अपनाउनुपर्छ भन्ने सन्देशचाहिँ प्रवाह ग¥यो । आगोले पोलेपछिको उपचारको लागि बर्निङ केयर… पुरा पढौ

जनप्रियलाई ४० रोपनी जग्गा उपलब्ध गराउँछु ः मन्त्री थापा

पोखरा २५, मङ्सिर गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले मानित विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरले खुशी लागेको बताए । भौतिक पूर्वाधार र शैक्षिक गतिविधि… पुरा पढौ

लोकदोहोरीमा पौडेल र लामिछानेको क्रियाशिलता, सार्वजनिक गरे “हुन्छ भने हुन्छ भन”

पोखरा २६, मंसिर लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् । देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलको सालिनता र लगावले नै उनको परिचयलाई बढ्वा दिइएको छ । सामाजिक… पुरा पढौ

तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका तोरण गुरुङ

पोखरा २५, मंसिर तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका युवा व्यवसायी तोरण गुरुङ निर्वाचित भएका छन् । इलाममा हालै सम्पन्न दोस्रो महाधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो । त्यसै गरी उपाध्यक्षमा सर्वजित गुरुङ(रुपन्देही) महिला उपाध्यक्षमा प्रमिला गुरुङ (काठमाडौँ) कोषाध्यक्षमा विनोद गुरुङ चयन भए भने यसैगरी महासचिवमा तनहुँका मनराज गुरुङ निर्वाचित भएका हुन्। महाधिवेशनले ७ पदाधिकारी सहित २९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । प्रदेश प्रमुखमा तमुवानमा अर्जुन गुरुङ र मगरात थरुहटमा सुकमाया गुरुङ चयन भए ।… पुरा पढौ

पोखराका विभिन्न स्थानमा बालाचतुर्दशी पर्व मनाइयो

दीननाथ बराल पोखरा २५, मंसिर पोखराका विभिन्न स्थानमा यस बर्षको बालाचतुर्दशी पर्व मनाइएको छ । मुख्य गरी पोखरा २० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रम, पोखरा १३ मा रहेको महाप्रभुधाम, पोखरा २४ को कश्यप तपोधाम, पोखरा १९ को घार्मी मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर, पोखराको भद्रकालि मन्दिर परिसर लगायतका क्षेत्रमा सदविज छर्दै बालाचतुर्दशी पर्व मनाइएको हो । बिषेश गरी पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ यस पर्वको अवसरमा निराह व्रतवसी आफ्ना पितृको स्मृतिमा विभिन्न प्रकारका अन्नवाली सहित फलफुल… पुरा पढौ

अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना इलाका सरक्षण कार्यालयको ३७ औं वार्षिकोत्सव सम्पन्न

हेमजा, २४ मंसिर “समृद्धिका लागि संरक्षण” भन्ने मुल नारामा साथ राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना इलाका सरक्षण कार्यालय,ल्वाङ्ग,कास्कीको ३७ औं वार्षिकोत्सव तथा संरक्षण दिवस आइतवार विभिन्न कार्यक्रमका विच सम्पन्न गरेको छ । अन्तर मा.वि स्तरीय हजिरी जवाफ प्रतियोगिता तर्फ उदय मा.वि धम्पुस प्रथम, माछापुच्छे« मा.वि भुर्जुङखोला द्धितिय,वराह मा.वि मिडावारी तृतीय र निस्पक्ष मा.वि रिभानले सान्तवना स्थान हांसिल गरेको छ । प्रथमले नगद रु ८ हजार ,द्धितियले नगद रु ६,हजार, तृतीयले नगद रु ४ हजार र सान्तवनाले नगद… पुरा पढौ

सफल पोखरा म्याराथनको तयारीमा जुट्यो मञ्च

पोखरा २५ मंसिर– नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सबैभन्दा ठूलो इभेन्ट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । आउदो फागुन ५ गते पोखरामा आयोजना हुने लोकप्रिय अन्तर्राष्ट्रिय म्याराथनका लागि मञ्चले विभिन्न उपसमितिहरु गठन गरि तयारीमा जुटेको हो । हरेक वर्षको फागुन महिनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको आयोजनाका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै आगामी शुक्रबार मञ्चले वृहत अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ । मञ्चले सोमबार बैठक बस्दै जिम्मेवारी बाडफाड गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले… पुरा पढौ

पोखरामा सुरु भयो माविस्तरिय ‘प्याब्सन स्पोर्टस मिट’

पोखरा २५, मंसिर पोखरामा सोमबारबाट मावि स्तरिय कक्षा ९–१२ लक्षित प्याब्सन स्पोर्टस मिट २०८० सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० कास्कीको आयोजनामा उक्त स्पोर्टस मिट तिन दिन सम्म सञ्चालन हुने छ । उक्त प्रतियोगिताको एक कार्यक्रमका विच शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका प्रसाद आचार्यले गरेका छन् । सो अवसरमा बोल्दै निर्देशक आचार्यले यस प्रकारका प्रतियोगिताले भाइचाराको सम्वन्धलाई बलियो बनाउने संगै समाजलाई समेत अनुशासनतर्फ डोर्याउन भूमिका खेल्ने बताए । विद्यार्थीहरुकमा रहेको अन्र्तनिहित क्षमता प्रस्फुटन गर्दै… पुरा पढौ

जलवायु परिवर्तन हिमालमा पारेको असरबारे पर्वतीय महोत्सवमा चिन्ता

पोखरा २५, मंसिर पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरबारे पोखरामा बहस भएको छ । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा बहस भएको थियो । बहसमा डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितसँगै जलवायुसम्बन्धी अध्येता जगन्नाथ अधिकारी वक्ता थिए । बहसमा सहभागी वक्ताहरुले पछिल्लो समय तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनले तापक्रम उच्च हुँदा हिमालमा हिउँ कम पर्ने… पुरा पढौ

पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पोखरा २५, मंसिर पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो । पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी म्यापको डमी उद्घाटन गरेका हुन् ।सेल्डनले निकट भविष्यमै डिजिटल नक्सा राख्ने र हाललाई डमीका रुपमा उक्त नक्सा संग्रहालयमा राखिएको जानकारी दिइन् । ‘पछि यहाँ… पुरा पढौ