जिवनशैली पत्रिका

पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने

चितवन, माघ १० स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ । अध्ययनका लागि रेल विभागको महानिर्देशक रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको प्राविधि टोली बुधबार भरतपुर आइपुगेको छ । पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो । विकल्पमा प्रस्तुत गरिएको २ रुट टिकौली… पुरा पढौ

वडा अध्यक्ष सुवेदीद्वारा विश्वशान्तिका विद्यार्थीलाई पोशाक

पोखरा १०, माघ कास्कीको रूपा(५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले जनप्रतिनिधि भएबापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले यसअघि पनि चण्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेका थिए । उनले गत आर्थिक वर्षमा आमा समूह, युवा क्लब, टोल सुधार समिति, युवा… पुरा पढौ

आर्मी २३ औं आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश

पोखरा १०, माघ त्रिभुवन आर्मी क्लब २३ औं आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । आज (बुधबार ) पोखरा रंगशालामा भएको दोश्रो प्रि क्वाटरफाइनल खेलमा राइजिङ स्टार क्लवलाई १–० को गोल अन्तरले हराउँदै आर्मी अन्तिम आठमा यात्रा तय गरेको हो । आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गरे । खेलको २७ औं मिनेटमा क्रसबललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै उनले उत्कृष्ट गाचेल गरे । आर्मीले माघ १४ गते संकटा क्लब सँग सेमिफाइनल यात्राको लागि भिड्ने भएको खेल संयोजक पूर्ण बहादुर… पुरा पढौ

पोखरामा पहिलो पटक यही माघ १३ गते देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

दीननाथ बरालपोखरा १०, माघ, पोखरामा पहिलो पटक यही माघ १३ गते देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० हुने भएको छ । पोखराको ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को… पुरा पढौ

पोखरा रंगशाला व्यवस्थापनको जिम्मा कास्की जिल्ला खेलकुदलाई

पोखरा ९, माघ प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषदका अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा बसेको परिषदको सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषदको निर्देशन अनुसार गठित पोखरा रंगशाला व्यवस्थापन सहजीकरण समितिले पेश गरेको सुझाव र प्रतिवेदनका आधारमा प्रदेश खेलकुद परिषदको अर्को निर्णय नभएसम्मको लागि रंगशालाको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गर्नुका साथै… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपमा फ्यान अफ दी म्याचलाई ५ हजार पुरस्कार

दीननाथ बरालपोखरा ९, माघ के तपाँई पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप हेर्दै हुनुहुन्छ ! अब फुटवलको रौनकसंगै तपाँईले एकै खेल हेर्दै रमाईलो गरेर ५ हजार रुपैयासम्म हात पार्न सक्नु हुन्छ । यही माघ २० गतेसम्म पोखरामा संचालन हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा दर्शकलाई प्रोत्साहन गर्न फ्यान म्याच अफ दी म्याच घोषणा गरी ५ हजार पुरस्कार प्रदान गरिने भएको अग्रज फोटो पत्रकार शुर्दशन रञ्जितले पोखराक्लिकलाई बताउनु भयो । नेपाल फोटो पत्रकार संघ कास्कीको समन्वयमा हरेक… पुरा पढौ

पोखराका ७ पत्रकार एकै मञ्चमा पुरस्कृत हुने

पोखरा, ६ माघ नेपाल पत्रकार महासंघ कास्कीले ७ जना पत्रकारलाई एकै मञ्चमा पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुने पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । उक्त अवसरमा पत्रकार टंक अधिकारी र दीननाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ ।महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित… पुरा पढौ

म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण

पोखरा ९ माघ नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ ।१८ औं पोखरा म्याराथनको युके संयोजक तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चुप्सको सौजन्य गरेका हुन । साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कप सुरु, थ्री स्टार क्वाटरफाइनलमा प्रबेश ,राष्ट्रिय खेलाडी घलान पुरस्कृत

दीननाथ बरालपोखरा ९, माघ पोखरामा आहा रारा पोखरा गोल्ड कप सुरु भएको छ । सहारा क्लवको आयोजनामा मंगलबार देखि उक्त प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लव २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पहिलो प्रि–क्वाटरफाइनल खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा यात्रा बनाएको हो । थ्री स्टारका योगेश गुरुङले एक गोल गरे भने सहाराका आसिस गुरुङले एक… पुरा पढौ

पूर्व मुख्यमन्त्री पोखरेललाई मातृशोक

पोखरा ९, माघ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौं रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो । द्रौपदा कान्छा छोरा सुवाससँग थिइन् । तनहुँको म्याग्देमा जन्मेकी द्रौपदाको विसं १९९२ सालमा तनहुँ राम्चेकै गोवद्र्धन शर्मा पोखरेलसँग विवाह भएको थियो । २००७ सालको क्रान्ति र त्यसभन्दा अघिदेखि नै प्रजातन्त्रका लागि जुध्दै आएकी द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भइकी थिइन् । पति गोवद्र्धन शर्मालाई राजनीतिमा लाग्न प्रेरित… पुरा पढौ