जिवनशैली पत्रिका

आलु महोत्सवमा ४ करोडको कारोवार

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ ।त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्दै नगर परिषद्ले महोत्सव व्यवस्थानका लागि रु।१० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।उनले आलु महोत्सव किसानको चाड… पुरा पढौ

साहित्यकार शिवको निधन

पोखराका चर्ची साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अबस्थामा मंगलबार दिउसो उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । गजलकार एवं गीतकार शिवको मणिपालमा उपचार हुदै गर्दा सामाजिक संजालमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दा गर्दै उहाँले भौतिक रुपमा संसार छाड्नु भएको हो । उहाँको अन्तिम दाहसंस्कार बुधबार गरिने भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रकटको स्वास्थ्यमा समस्या आएपछि सोमबार अस्पताल भर्ना हुनु भएको थियो… पुरा पढौ

३० लाखको आलु बिक्री

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु।३० लाखको आलु बिक्री भएको छ ।यही चैत २५ गतेदेखि सुरु महोत्सवमा प्रतिकेजी रु।४० मा आलुको कारोवार भइरहेको छ । मंगलवार सम्म ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले कास्की, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार हालसम्म प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि… पुरा पढौ

सहारा क्लवसंग मैत्रिपूर्ण फुटवल खेलमा वेलायतको युजिई समुह विजयी

सागर सुनार,पोखरा ४, वैशाख, पोखराको सहारा क्लवसंग आज (मंगलबार) भएको मैत्रिपूर्ण फुटवल खेलमा वेलायतको ए थ्रि सिक्स इन्जिनियर रेजिमेन्ट एण्ड क्विन्स गोर्खा इन्जिनियर (युजिई) विजयी भएको छ । सहारा एकेडेमीको खेल मैदानमा भएको खेलमा यूजिईले सहारा क्लवलाई ३—१ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । यूजिईको जितमा सिनक्लियरले २ र कप्तान आमोसले एक गोल गर्नु भएको थियो । शुसिल लामाको कप्तानीमा मैदानमा उत्र्रिएको सहारा क्लवको तर्फबाट भने मुकुन्द निउरेले एक शान्त्वना गोल गर्नु भयो । यसैबिच, उक्त खेलको… पुरा पढौ

गण्डकी प्रदेशमा आज चैते दशैंमा सार्वजनिक बिदा

आज (चैते दसैँ) का अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संघ संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ । पुरा पढौ

सहारा एकेडेमीमा सुरु भयो जुनियर फुटवल प्रशिक्षण

दीननाथ बराल, पोखरा ३, वैशाख, पोखरा १७ दोभिल्लामा रहेको ‘सूर्य बहादुर केसी मेमोरियल सहारा एकेडेमी’ मा आज (सोमबार) देखि १४ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१४) जुनियर फुटबल प्रशिक्षण सुरु भएको छ । पोखराको सहारा क्लवको आयोजना, प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रशिक्षण सोमबार देखि सुरु भएको क्लवले जनाएको छ । १० दिने चल्ने उक्त प्रशिक्षणको परिषदका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै यहाँले हाल नेपाली फुटबलमा खेलाडी पलायनले समस्या रहेको दाबी गर्नु भयो । उक्त… पुरा पढौ

यूनाइटेड क्लब पोखराद्धारा कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

यूनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङले यूनाइटेड क्लब जस्ता पोखरामा सयौंको संख्यामा क्लबहरु रहेको र उनीहरुले मेला महोत्सव आयोजना गर्ने गरेको भएतापनि… पुरा पढौ

‘मिस नेपाल २०२४’ को यात्रा सुरुस् पोखरामा भोलि ओरिन्टेसन, अडिसन ५ गते

‘मिस नेपाल २०२४’ को यात्रा सुरु भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरिन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि ३ बजेबाट सुरु हुने जानकारी दिए । पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल अर्थ रैना मजगैयाँ पनि सहभागी थिए । हिडन ट्रेजरका प्रमुख राजकर्णिकारले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । व्यक्तित्व विकास र सशक्तीकरणको लागि मिस नेपालजस्ता प्लाटफर्मले भूमिका खेल्ने… पुरा पढौ

पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचानको कार्य अन्तिम चरणमा

पोखरा महानगरपालिकालाई ुस्वच्छ शहरः हरित सहरु को रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा।शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष पहलमा पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न सम्भावित वृक्षारोपण स्थलहरू पहिचान गर्ने, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न उपयुक्त वनस्पति प्रजातिहरू… पुरा पढौ

दुतराजका प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक

पोखरा, ३ बैशाख १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत सोमवार प्रकाश दुतराजका प्रस्तुतिहरुमा दर्शक मन्त्रमुग्ध भए ।उनले त्यहाँ दर्जन गीत गाए जसमा दर्शकहरुले पनि तालमा ताल छोपे र कम्मर हल्लाइहल्लाई नाँचे । दुतराजले गीत गाउन थालेसँगै स्टेज वरीवरी हवार्र दर्शक भरिए ।बढी मात्रामा युवा पिढीका दर्शकले उनलाई साथ दिए ।दर्शकको अत्याधिक साथ पाएका दुतराजले घरीघरी माइक आफूले गाउन छाडेर दर्शकतिरै सोझयाए । सम्झनीलाई होला के दिनी हेर मुटु धड्किनी तिम्रै नाम लिएर, देउरालीमा धजा रिमै मन उत्तै नजा, जाम… पुरा पढौ