![](https://pokharaclick.com/wp-content/uploads/2024/04/7822faa5-8843-407d-930b-9775594c77e8-1024x768.jpg)
दीननाथ बराल,
पोखरा ३, वैशाख,
पोखरा १७ दोभिल्लामा रहेको ‘सूर्य बहादुर केसी मेमोरियल सहारा एकेडेमी’ मा आज (सोमबार) देखि १४ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१४) जुनियर फुटबल प्रशिक्षण सुरु भएको छ । पोखराको सहारा क्लवको आयोजना, प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रशिक्षण सोमबार देखि सुरु भएको क्लवले जनाएको छ ।
![](https://pokharaclick.com/wp-content/uploads/2024/04/d5ccb821-b290-4b89-9902-2a86901a5149-1024x768.jpg)
१० दिने चल्ने उक्त प्रशिक्षणको परिषदका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै यहाँले हाल नेपाली फुटबलमा खेलाडी पलायनले समस्या रहेको दाबी गर्नु भयो । उक्त प्रशिक्षणले नेपाली फुटबललाई माथी उठाउन केही हदसम्म भए पनि मद्धत पुग्ने दाबी गर्दै सदस्य सचिब शर्माले सहारा क्लबले नेपाली फुटबलको विकासमा योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।
![](https://pokharaclick.com/wp-content/uploads/2024/04/73c35446-1d4b-4ed0-9aae-35387cd9f463-1024x768.jpg)
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानमा परिषद रहेको बताउदै सदस्य सचिव शर्माले नेपाली खेलकुदको विकासका लागि संस्थागत सुधार आवश्यक रहेको जनाउनु भयो । खेलकुदमा भएको ठूलो लगानी अझै मन फुकाउन आवश्यक रहेको बताउदै उहाँले सहयोगलाई पारदर्शी बनाउँदै संस्थागत जवाफदेहीता र संस्थागत सुधार गर्न आवश्यक भएको जनाउनु भयो ।
![](https://pokharaclick.com/wp-content/uploads/2024/04/ca000137-2965-4e8c-88d1-fcb7129a8d5a-1024x768.jpg)
तष्विर केशव पाठक
परिषदले प्रदेशका सबै खेल मैदानहरुको अभिलेखीकरण गरिसकेको जनाउँदै प्रदेशमा दुई वटा प्रदेशस्तरीय क्रिकेट रंगशालाको निर्माण र पोखरा २९ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने योजनामा रहेको सदस्य सचिव शर्माले बताउनु भयो । प्रदेशको खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै खेलकुदमा फजुल खर्च रोक्ने देखि लिएर खेलकुदलाई वातावरणमैत्री बनाउने, स्थानिय उत्पदान र सामाग्रीहरुको प्रयोगमा जोड दिए संगै खेलाडी, प्रशिक्षक र अग्रज खेलाडीहरुको सम्मानका लागि समेत विभिन्न योजनाहरु अघि सारेको उहाँले बताउनु भयो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीले परिषदको सहकार्यले यस क्षेत्रमा यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताउँदै खुसी व्यक्त गर्नु भयो । क्लबका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङ, सचिव टंक पौडेलले फुटवल खेलका बारेमा चर्चा गर्न भएको थियो । खेल्छ गण्डकी कार्यक्रम मार्फत आावशिय सुविधा सहित सुरु भएको उक्त फुटबल प्रशिक्षणमा कास्की, पर्वत, म्याग्दी, नवलपुर, तनहुँ, गोरखा, लमजुङ र बागलुङ जिल्लाका १४ वर्ष मुनीका ३० जना बालकहरु सहभागि भएको सचिव पौडेलले जनाउनु भयो । उनीहरुलाई क्लबका प्रशिक्षक सुनिल राना मगरले प्रशिक्षण दिनु सुरु गर्नु भएको छ । हाल सहारा एकेडेमीमा प्रशिक्षणरत १४ जना विपन्न तथा कठिन परिस्थितीका बालकहरु समेत प्रशिक्षणरत हुनुहुन्छ भने यो वर्षबाट उहाँहरुको संख्या ३० पुर्याउन क्लबले भर्नाका लागि आह्वान समेत गरेको छ । उक्त प्रशिक्षणमा एकेडेमी सहित अन्य सहभागि हुनु भएको क्लवले पोखराक्लिकलाई जनाएको छ ।