साहित्यकार शिवको निधन

-


     पोखरा क्लिक     
     वैशाख ४ गते २०८१ मा प्रकाशित



पोखराका चर्ची साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अबस्थामा मंगलबार दिउसो उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

गजलकार एवं गीतकार शिवको मणिपालमा उपचार हुदै गर्दा सामाजिक संजालमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दा गर्दै उहाँले भौतिक रुपमा संसार छाड्नु भएको हो । उहाँको अन्तिम दाहसंस्कार बुधबार गरिने भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रकटको स्वास्थ्यमा समस्या आएपछि सोमबार अस्पताल भर्ना हुनु भएको थियो भने गजलकार प्रकटको अवस्था गम्भिर रहेको तथा जन्डिस, निमोनिया, मुत्र थैली फुटेर समस्या भएको परिवारले जनाएको छ । कास्कीको रुपा गाउँपालिका–५ स्थायी निवासी गजलकार पंगेनी ७० वर्षको हुनुहुन्थ्यो । उहाँका श्रीमति, एक छोरा र एक छोरी हुनुहुन्छ ।

परिवारले प्रकटको उपचारमा आर्थिक अभाव भएपछि २५ हजार राखेर कोष स्थापना गरी सहयोगको अपिल गरेको थियो । उहाँको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।