जिवनशैली पत्रिका

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ

कविता घर्तीमगर,पोखरा ३१, साउन, । सबै समुदायले विगतदेखि नै आफ्ना समुदायको कला, भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुदै छ । चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृतिविसंगतिहरुलाई केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने आशा निर्माण पक्षको रहेको छ । चलचित्र मुख्यतयःमगर समुदायको संस्कृतिमा आधारित भएपनि कथावस्तु भने देशमा… पुरा पढौ

मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत

पोखरा, ३१ साउन, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा ९पौडेल० ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रदेश सरकारलाई कानुनी सवालमा कहिँकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहन्छ । कानुनको व्यवहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा… पुरा पढौ

पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ३ रुपैया मुल्य घट्यो

पोखरा ३१, साउन, पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार बिहान १ः०० बजे देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । विहिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको उल्लेख गरेको छ । पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि… पुरा पढौ

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा डिजिटाइजेसन र महिला उद्यमशीलता सम्बन्धि प्रशिक्षण, पर्यटकको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न सुझाव

दीननाथ बराल, पोखरा, ३१ साउन, घरवास कार्यक्रम (होमस्टे) मा पर्यटकहरुको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाव दिनु भएको छ । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको विहिबार पोखरामा समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागि वक्ताहरुले उक्त सुझाव दिनु भएको हो । स्ट्याण्डर्ड चार्टर्ड… पुरा पढौ

लायन्स क्लवद्धारा कोमागाने पार्कमा वृक्षारोपण सहित चौतारा निर्माण

पोखरा ३०, साउन, लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ । बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीलाई हस्तान्तरण गरियो । लायन्स क्लब ३२५ आई डिष्ट्रकका डिस्ट्रीक गभर्नर विनोद ढुंगानाले लायन्स क्लव अफ इन्फर्मेशन एण्ड टेक्नोलोजीद्धारा निर्माण गरेको चौतारा हस्तान्तरण गर्दै इन्फर्मेशन टेक्नोलोजीले नाम अनुसारको काम गरेको वताए । फेवाताल किनारमा रहेको कोमागाने पार्कमा निर्माण गरिएको चौताराले उक्त… पुरा पढौ

मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’

पोखराः ३०, साउन, हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ । सातौ संस्करणको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजनको रुपमा निट डेन्टल केयर प्रालिले गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिईन् । मिस मगर नेपालको शिर्ष प्रायोजन सम्झौता पत्रमा आज ९बिहीबार० निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना ९विरेन्द्र० र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे । सातौ संस्करणको मिस मगर नेपालमा… पुरा पढौ

भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व ः मन्त्री थापा

पोखरा ३०, साउन, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । “भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने । नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै… पुरा पढौ

५० लाखसम्मका खानेपानीका योजना रकमान्तर गरेर भए पनि यसै बर्ष सक्छौंःमुख्यमन्त्री पाण्डे

दीननाथ बराल, पोखरा ३०, साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ५० लाखसम्मका खानेपानीका योजनाहरु यसै बर्ष सकिने भएमा रकमान्तर गरेर भए पनि सरकारले उक्त योजनाहरु पुरा गर्नेे बताउनु भएको छ । बुधबार पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशको प्रदेश बिकास समस्या समाधान समितिको नवौं बैठकमा बोल्दै उहाँले बजेट अभावले गर्दा समयमै उक्त योजनामा सम्पन्न गर्न नसकिएकोले ५० लाख सम्मका योजनाहरुलाई रकमान्तर गरेर भए पनि योजनाहरु पूरा गर्ने भएको बताउनु भएको हो । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा भएको उक्त बैठकमा प्रदेश सरकारले खानेपानीका… पुरा पढौ

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुने शिक्षामन्त्री भट्टराईद्वारा जानकारी

साउन ३० ,काठमाडौ, विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराउनुभएको छ । बुधबार सामाजिक संजाल फेसबूकमा एक स्टाटस मार्फत मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड ९अनुत्तीर्ण०मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताउनुभएको हो । उहाँले भन्नुभएको छ, चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका… पुरा पढौ

लायन्स क्लब नेतृत्व विकास गर्ने संस्था हो मन्त्री देवकोटा

पोखरा ३० साउन, लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत रिजन १२ मा रहेका पाँच वटा क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा लेखनाथ, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारी, लायन्स क्लब अफ पोखरा उन्नति चौतारी र लायन्स क्लब अफ पोखरा भिजिटले संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरेका हुन् । गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा… पुरा पढौ