मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’

-


     पोखरा क्लिक     
     श्रावण ३१ गते २०८१ मा प्रकाशित


पोखराः ३०, साउन,

हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ । सातौ संस्करणको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजनको रुपमा निट डेन्टल केयर प्रालिले गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिईन् ।

मिस मगर नेपालको शिर्ष प्रायोजन सम्झौता पत्रमा आज ९बिहीबार० निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना ९विरेन्द्र० र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे । सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका छन् ।

अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् । उनका अनुसार फाइनल चरणमा दिपिका आले मगर ९रामेछाप०, आशिका गर्बुजा मगर ९म्याग्दी०, अनुजा पुन मगर ९ बागलुङ०, नरिशा पुन मगर ९म्याग्दी०, सरिता थापामगर ९रामेछाप०, माया दर्लामी मगर ९स्याङ्जा०, रश्मि आले मगर ९महोत्तरी०, जानकी राजकोटी मगर ९महोत्तरी०, अस्मिता बुढा मगर ९रोल्पा०, कृष्टिना पुन मगर ९म्याग्दी० र जेरुशा सारु मगर ९काठमाडौं० रहेकी छिन् ।

अहिले मिस मगर नेपाल २०२४ का सातौ संस्करणका प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरु बारे प्रशिक्षण भइरहेको छ । प्रतिस्पर्धीहरुलाई कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् । मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषभुषा, कला र संस्कृति लगायतका विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।

मिस मगर नेपालको सातौं संस्करणको ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ ।