जिवनशैली पत्रिका

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ असोज, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०÷८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा ९३० को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी… पुरा पढौ

दसैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट पाइने

पोखरा १४, असोज नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक… पुरा पढौ

प्रिमियमर स्मार्ट इभीनामी ः द बिग पोखरामा सार्वजनिक

काठमाडौं, १४ असोज, नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आफ्नो प्रिमियमर स्मार्ट इभीनामीलाई सार्वजनिक गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराई, पोखरा पोखरा बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामीपोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामीइभी सार्वजनिक गर्नु भएको हो । सेग्मेन्टमै सबै भन्दा लक्जरियस र इन्टेलिजेन्ट नामीइभीले पोखराको… पुरा पढौ

शिशुवामा युआरएलको शिविर, पौने ४ सयको जाँच

पोखरा, १२ असोज, आउँदै गरेका नेपालीका चाडपर्व दसैं, तिहार लगायतको सन्दर्भमा पोखराको शिशुवामा युआरएल फाउन्डेसनले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । युआरएल शिशुवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ सय ७५ जनाले सेवा लिएका छन् । शिविरमा थाइराइड, बाथरोग र रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचको शुल्कमा आधा छुट दिइएको थियो । कार्यक्रमाम वरिष्ठ फिजिसियन डा राजेन्द्र पौडेल नसर्ने रोगहरु बढ्दै गएको जनाउँदै सचेतना र स्वास्थ्य सजगता जरुरी भएकोमा जोड दिए… पुरा पढौ

पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान स्वजागरण कार्यक्रम

पोखरा १३, असोज, पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो । कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक

पोखरा १३, असोज, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए । त्यसै… पुरा पढौ

राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माण कार्यलाई प्रथामिकता दिने गण्डकी प्रदेश सरकारको प्रतिवद्धता

दीननाथ बराल, पोखरा १३, असोज, गण्डकी प्रदेश सरकारले राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माणको कामलाई उच्च प्रथामिकता दिने भएको छ । गण्डकी प्रदेशको संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता सार्वजनिक गर्न आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कुरा बताउनु भएको हो । उहाँले आगामी एक बर्षमा संयुक्त सरकारले आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासीको सोचलाई मुर्त रुप दिन ५९ बुंदे साझा संकल्प र नीतिगत प्रतिवद्धत्ता व्यक्त गर्नु भएको… पुरा पढौ

बाढी पहिरोले पुर्याएको धनजनको क्षतिप्रति संघद्वारा दुःख व्यक्त

पोखरा, १३ असोज पछिल्ला केही दिनयता लगातारको बर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ठूलो धनजनको क्षतिप्रति होटल संघ पोखराले गहिरो दुःख प्रकट गरेको छ । राजधानी उपत्यका लगायत देशका विभिन्न ठाउँमा आइपरेको यसप्रकारको विपदमा परी ज्यान गुमाएकाहरुप्रति संघले हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका आफन्त, घाइते र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । ‘विपदमा परी घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न र बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता प्रदान गर्न समेत सरकार र सम्बन्धित पक्षलाई आग्रह… पुरा पढौ

पर्यटन र कृषि मुख्य प्राथमिकताः मुख्यमन्त्री पाण्डे

पोखरा, १३ असोज, एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आज (आइतबार) बृहत संवाद कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेकाले थप विकासमा गण्डकी सरकारले पहल नगरेको केही सहभागिहरुले गुनासो गरे । ‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई, खेलकुद र पर्यटनको क्षेत्रमा योगदान दिने गुरुङ र बराल सम्मानित

पोखरा १२, असोज, पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी… पुरा पढौ