
काठमाडौं, १४ असोज,
नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आफ्नो प्रिमियमर स्मार्ट इभीनामीलाई सार्वजनिक गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराई, पोखरा पोखरा बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामीपोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामीइभी सार्वजनिक गर्नु भएको हो ।

सेग्मेन्टमै सबै भन्दा लक्जरियस र इन्टेलिजेन्ट नामीइभीले पोखराको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने छ । ह्याचब्याक सेग्मेन्टमा राखिएपनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामायसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामीइभी नाडा अटो सोमा ७१७ युनिट बुकिंगभएको थियो । कार्यक्रममा नामी पोखराका संस्थापक अम्बिकाले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट इभीनामीलाई प्रतिनिधित्वगर्न पाउँदानिकै खुसीभएको बताउनु भयो । उहाँले विक्रीमात्रहोइन विक्रीपछिको सेवालाई पनिउत्तिकै महत्वदिने बताउनु भयो । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकताहुनेछ,’ उहाँले भन्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्षगोकर्ण कार्कीतथा सर्वोच्च अदालतकापूर्व न्यायाधीशडा. आनन्दमोहन भट्टराई विश्वसनीय ब्रान्ड भित्र्याउनु भएकोमाबधाई र शुभकामनाव्यक्तगर्नुभयो । कार्यक्रममाइप्पानकापूर्वअध्यक्षकृष्ण आचार्यले इभीकम्पनीहरुएफ्टर सेल्स सर्भिस र चार्जिंग स्टेसनलाई विशेष ध्यानदिनुपर्ने बताउनु भयो । साथै उहाँले पोखराको लेकसाइड क्षेत्रमाफोसिल्स फ्युलका गाडीलाई प्रवेश निषेध गरेर इभीबारे देशभर सन्देश फैलाउन सकिने बताउनु भयो । ‘देशलाई सबैभन्दा ठूलो घाटा पेट्रोलबाट भइरहेको छ । देशमाउपलब्धजलस्रोतको उपयोग गरेरलाई यसलाई पूर्ती गर्न सकिन्छ,’ उहाँले भन्नु भयो ।
त्यसैगरी, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्नपन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमात्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमाध्यानदिनुपर्ने बताउनु भयो ।
सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी
नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधियसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझमाथिपुर्याउनेछ र हरेक यात्रालाई प्रिमियमबनाउनेछ ।
यो फ्युभरिस्टिक ह्याचब्याकइभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्धहुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको छ । नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।
यो इभीमाप्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।
एमएडब्लु वृद्धिले सोमबारपोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजनागर्दैछ जहाँग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमाजारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्ययानि७१ लाख ९९ हजार रुपैयाँमाखरिद गर्न सक्नुहुनेछ । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमाखरिद गर्न सक्नुहुनेछ भने नामीइभीमा७किलोवाटको चार्जर पाउनुहुनेछ । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमाआकर्षक उपहार पाउनुहुनेछ । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनिलिन सक्नुहुनेछ ।





