दशैंमा पनि खुल्लै छ एड्भेन्चर हब ुद क्लिफु, स्वीङ र टेण्डम ९जोडी० स्वीङ गर्नेलाई छुट
पोखरा ६, कार्तिक एड्भेन्चर हब ुद क्लिफु दशैंमा पनि बन्द नहुने भएको छ । दशैँमा घुम्न निस्कने पर्यटक र पढाइ तथा अन्य विभिन्न कामको शीलशीलामा टाढा रहि दशैंको समयमा घर आएका स्थानियलाई लक्षित गरि एड्भेन्चर गतिविधि साथै रिसोर्ट खुल्लै राखिएको द क्लिफ प्रमुख कार्यकारी अधिकृत ईश्वर कार्कीले जानकारी दिए । साथै दशैंको अवसरमा स्वीङ र टेण्डम ९जोडी० स्वीङ खेल्नेले १० प्रतिशत छुटको पाउनेछन् । कम्पनीले दशैलाई लक्षित गरी छुटको घोषणा गरेको हो । कार्कीका अनुसार दशैंमा पीङ खेलिने भएर स्वीङमा छुट…
पुरा पढौ
भूकम्पका कारण २० वटा घर भत्किए
पोखरा ५, कार्तिक आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका(५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । बिहान ७ः३९ बजे छ दशमलव १ रेक्टर स्केलको भूकम्प जादा बीस घर भत्किदा ७५ घर चर्किएको बतायएको छ । पटक पटक चार रेक्टर स्केल भन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीयले ब ताए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी…
पुरा पढौ
पोखरा र काठमाण्डौंमा भूकम्पको धक्का
पोखरा ५,कार्तिक पोखरा र काठमाण्डौंमा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान करिब करिब ७ः४० बजे भूकम्पको धक्का महशुस गरिएको हो । यसको थप जारकारी केही समय पछि आउने भएको छ ।
पुरा पढौ
दशैंको रौनकः पोखराको काहुँडाँडामा पिङमा रमाउदै पोखरेली
दीननाथ बराल पोखरा ४, कार्तिक नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा पोखरा ११ स्थित काहुँडाँडामा पिङ खेल्दै पोखरेली युवाहरु । प्रायः गाउँ घरमा लोप हुदै गएको पिङ संस्कृति केही घर गाँउमा मात्र भेटिने गरेको छ । काहुँडाँडमा हाल स्थानियको सक्रियतामा लिङगे र चम्रले पिङ हालिएको छ । शनिबार पोखरा क्षेत्रको आकाश समेत खुलेकोले माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमश्रृखला खुलेको थियो । काहुँडाँडाबाट पोखरा बजार सहितको सराङकोट, पुम्दीकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुपाः लगायतको दृश्य अवलोकन गर्न सकिन्छ । पोखराको मुख्यबजार…
पुरा पढौ
पोखरामा पनि फुलपाती भित्र्याइयो (फोटो फिचर)
दीननाथ बराल पोखरा ४, कार्तिक पोखरामा पनि फुलपाती भित्र्यार्ईको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा शनिबार सप्तमी पर्वको अवसरमा पोखरामा बृहत र्याली सहित फुलपाती भित्र्याइएको हो । जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकायका तीन वटै अंग नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी वलको संयुक्त टोलीले व्याण्ड बाजाको साथमा निकै बाजा गाँजा सहित पोखराको विन्ध्यावासिनी मन्दिरमा पुगेर विधिपूर्वक पूजा आज गरि फुलपाती भित्र्याएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले एटुजेडलाई बताउनु भयो । शसस्त्र प्रहरी वलको टोलीको साथमा…
पुरा पढौ
लान्द्रुकमा दशैं मेला हुँदै
पोखरा, ४ कात्तिक कास्कीको अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबको आयोजनामा ‘लान्द्रुक दशैं मेला २०८०’ हुने भएको छ । क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला आयोजना हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । दशैंको शुभकामना आदानप्रदानसहित आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । साथै, युवाहरु बिच आपसी सद्भाव कायम राख्दै नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने पनि क्लबले लक्ष्य लिएको छ । मेलाको…
पुरा पढौ
पोखराबाट सर्वसाधारणको लागि २१ करोड नयाँ नोट सटही
दीननाथ बराल पोखरा ३, कार्तिक पर्यटकीय नगरी पोखराबाट आम सर्वसाधारणको लागि २१ करोड २५ लाख नयाँ नोट सटही गरिएको छ । सोमबार देखि सुरु गरेको नयाँ नोटको सटही शुक्रबारसम्म आइपुग्दा उक्त रकम नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले वितरण गरेको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले बताउनु भयो । कार्यालयले शुक्रबार भने १ करोड ९५ लाख नयाँ नोट सटही गरेको हो । कार्यालयबाट विहिबार ४ करोड ६ लाख नयाँ नोट सटही गरेको उपनिर्देशक शुर्खालीले एटुजेडलाई बताउनु भयो । नेपालीहरुको महान पर्व दशैं पर्वको…
पुरा पढौ
पोखराबाट एकै दिन १० हजार यात्रु बाहिरिए
दीननाथ बराल पोखरा ३, कार्तिक यस बर्षको सबै भन्दा धेरै यात्रु शुक्रबार पोखराबाट बाहिरिनु भएको छ । यस पालीको वडा दशैंको अवसरमा पोखरा क्षेत्रबाट एकै दिनमा करिब १० हजार जना बाहिरिनु भएको व्यवसायीहरुले दाबी गर्नु भएको हो । दशैं टिकाको दिन नजिकीदै गर्दा सप्तमी पर्वको अघिल्लो दिन शुक्रबार प्रायः दशैं पर्वसम्मको लागि सार्वजनिक बिदा भएकोले गर्दा शुक्रबार एकै दिनमा बर्षकै अत्याधिक बढी करिब १० हजार जना पोखराबाट बाहिरिनु भएको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले दाबी गर्नु भयो…
पुरा पढौ
विन्ध्यवासिनी माध्यमिक विद्यालयमा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
पोखरा ०३ ,कार्तिक पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा नेपालीजनका महत्वपुर्ण पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा गठित वाल क्लवको आयोजनामा गायन, नृत्य र अभिनय विघामा विद्यार्थी विच प्रतिस्पर्धा भएको विद्यालयका संगित शिक्षक संगित गायकले जानकारी दिए। कार्यक्रम अन्र्तगत गायन प्रतियोगितामा नम्रता परियार प्रथम,बिवासा परियार दोस्रो, रोशिका वि.क तेस्रो र सुमन परियारले सान्त्वना स्थान प्राप्त गरेका छन् । अभिनय विधामा कक्षा ५ मा अध्ययनरत श्रीषा वाँनिया, सक्षम परियार,सुफी गुरुङ,सम्झना परियार, समिक्षा मगर…
पुरा पढौ
लमजुङका कृष्ण गुरुङलाई उपचारका लागि तमु धिं नेपालको १ लाख सहयोग
पोखरा, ३ कार्तिक तमु धिं नेपालले स्वाथ्य उपचारका लागि लमजुङ जिल्ला, क्होला सोंथर गाँउपालिका वडा नं.९ टक्सारका ४० वर्षिय कृष्ण गुरुङलाई १ लाख रुपैया सहयोग गरेको छ । आर्थिक अभावले विरामीहरुले उपचारको लागि समस्यामा रही सहयोगको धेरै अनुरोधहरु आउने क्रममा तमु धिं नेपालका समाजसेवी रुपकुमारी गुरुङको परिवारले तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार अक्षयकोष स्थापना गर्नुभएको छ। आर्थिक अभावमा मुटु रोगको उपचार गर्न समस्यामा परेका गुरुङलाई पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार…
पुरा पढौ

