पोखरा ५, कार्तिक
आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका(५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । बिहान ७ः३९ बजे छ दशमलव १ रेक्टर स्केलको भूकम्प जादा बीस घर भत्किदा ७५ घर चर्किएको बतायएको छ ।
पटक पटक चार रेक्टर स्केल भन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीयले ब ताए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान भूकम्प गएको थियो । भूकम्पको धक्का पोखरा काठमाडौंसम्म गरिएको थियो ।