जिवनशैली पत्रिका

पोखरामा पनि फुलपाती भित्र्याइयो (फोटो फिचर)

दीननाथ बराल पोखरा ४, कार्तिक पोखरामा पनि फुलपाती भित्र्यार्ईको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा शनिबार सप्तमी पर्वको अवसरमा पोखरामा बृहत र्याली सहित फुलपाती भित्र्याइएको हो । जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकायका तीन वटै अंग नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी वलको संयुक्त टोलीले व्याण्ड बाजाको साथमा निकै बाजा गाँजा सहित पोखराको विन्ध्यावासिनी मन्दिरमा पुगेर विधिपूर्वक पूजा आज गरि फुलपाती भित्र्याएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले एटुजेडलाई बताउनु भयो । शसस्त्र प्रहरी वलको टोलीको साथमा… पुरा पढौ

लान्द्रुकमा दशैं मेला हुँदै

पोखरा, ४ कात्तिक कास्कीको अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबको आयोजनामा ‘लान्द्रुक दशैं मेला २०८०’ हुने भएको छ । क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला आयोजना हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । दशैंको शुभकामना आदानप्रदानसहित आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । साथै, युवाहरु बिच आपसी सद्भाव कायम राख्दै नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने पनि क्लबले लक्ष्य लिएको छ । मेलाको… पुरा पढौ

पोखराबाट सर्वसाधारणको लागि २१ करोड नयाँ नोट सटही

दीननाथ बराल पोखरा ३, कार्तिक पर्यटकीय नगरी पोखराबाट आम सर्वसाधारणको लागि २१ करोड २५ लाख नयाँ नोट सटही गरिएको छ । सोमबार देखि सुरु गरेको नयाँ नोटको सटही शुक्रबारसम्म आइपुग्दा उक्त रकम नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले वितरण गरेको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले बताउनु भयो । कार्यालयले शुक्रबार भने १ करोड ९५ लाख नयाँ नोट सटही गरेको हो । कार्यालयबाट विहिबार ४ करोड ६ लाख नयाँ नोट सटही गरेको उपनिर्देशक शुर्खालीले एटुजेडलाई बताउनु भयो । नेपालीहरुको महान पर्व दशैं पर्वको… पुरा पढौ

पोखराबाट एकै दिन १० हजार यात्रु बाहिरिए

दीननाथ बराल पोखरा ३, कार्तिक यस बर्षको सबै भन्दा धेरै यात्रु शुक्रबार पोखराबाट बाहिरिनु भएको छ । यस पालीको वडा दशैंको अवसरमा पोखरा क्षेत्रबाट एकै दिनमा करिब १० हजार जना बाहिरिनु भएको व्यवसायीहरुले दाबी गर्नु भएको हो । दशैं टिकाको दिन नजिकीदै गर्दा सप्तमी पर्वको अघिल्लो दिन शुक्रबार प्रायः दशैं पर्वसम्मको लागि सार्वजनिक बिदा भएकोले गर्दा शुक्रबार एकै दिनमा बर्षकै अत्याधिक बढी करिब १० हजार जना पोखराबाट बाहिरिनु भएको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले दाबी गर्नु भयो… पुरा पढौ

विन्ध्यवासिनी माध्यमिक विद्यालयमा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

पोखरा ०३ ,कार्तिक पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा नेपालीजनका महत्वपुर्ण पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा गठित वाल क्लवको आयोजनामा गायन, नृत्य र अभिनय विघामा विद्यार्थी विच प्रतिस्पर्धा भएको विद्यालयका संगित शिक्षक संगित गायकले जानकारी दिए। कार्यक्रम अन्र्तगत गायन प्रतियोगितामा नम्रता परियार प्रथम,बिवासा परियार दोस्रो, रोशिका वि.क तेस्रो र सुमन परियारले सान्त्वना स्थान प्राप्त गरेका छन् । अभिनय विधामा कक्षा ५ मा अध्ययनरत श्रीषा वाँनिया, सक्षम परियार,सुफी गुरुङ,सम्झना परियार, समिक्षा मगर… पुरा पढौ

लमजुङका कृष्ण गुरुङलाई उपचारका लागि तमु धिं नेपालको १ लाख सहयोग

पोखरा, ३ कार्तिक तमु धिं नेपालले स्वाथ्य उपचारका लागि लमजुङ जिल्ला, क्होला सोंथर गाँउपालिका वडा नं.९ टक्सारका ४० वर्षिय कृष्ण गुरुङलाई १ लाख रुपैया सहयोग गरेको छ । आर्थिक अभावले विरामीहरुले उपचारको लागि समस्यामा रही सहयोगको धेरै अनुरोधहरु आउने क्रममा तमु धिं नेपालका समाजसेवी रुपकुमारी गुरुङको परिवारले तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार अक्षयकोष स्थापना गर्नुभएको छ। आर्थिक अभावमा मुटु रोगको उपचार गर्न समस्यामा परेका गुरुङलाई पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार… पुरा पढौ

वर्ल्डलिंक कम्यूनिकेशन्स् लिमिटेड द्वारा बेगनास ताल मा फ्री वाइफाइ स्थापना

पोखरा ३, कार्तिक नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्यूनिकेशन्स् लिमिटेड द्वारा बेगनासताल डुंगा ब्यवसाय समितीसँगको सहकार्यमा पर्यटकिय क्षेत्र बेगनास तालको प्रचार प्रसारमा टेवा पुग्ने हेतुले र त्यहा आउने पर्यटकलाई सहजताको लागि फ्री वाइफाइ ब्यवस्था गरेको छ । वर्ल्डलिंक कम्यूनिकेशन्स् लिमिटेड गण्डकी क्षेत्रको क्षेत्रिय बजार अधिकृत हेम गुरुङ , क्षेत्रिय बित्त अधिकृत अभिसेक घिमिरे, पोखरा महानगर पालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कंडेल र बेगनासताल डुंगा ब्यवसाय समितिका अध्यक्ष रबिराज कंडेल द्वारा संयुक्त रुपमा उद्घाटन गरेका थिए… पुरा पढौ

सप्तामीको अघिल्लो दिनमा पोखराका बजारमा चहल पहल बढ्यो (फोटो फिचर)

दीननाथ बराल पोखरा ३, कार्तिक दशैं पर्वको अवसर (सप्तमीको अघिल्लो दिन) मा पोखरा क्षेत्रमा चहल पहल बढेको छ । नेपालीहरुको महान चार्र्ड दशैं टिकाको दिन नजिकीदै गर्दा पोखरेलीहरुले दशैं पर्व लक्षित गरी दैनिक उपभोग्य बस्तु खरिद गर्न पलसहरुमा पुगेका कारण बजारमा चहल पहल बढेको हो । आज शुक्रबार देखि अधिकांश सरकारी निकाय देखि निजी बिभिन्न संघ संस्थाहरु समेत दशैं पर्वको लागि बिदा भएको हुनाले पनि किनमेल गर्न सेवाग्राहीहरु बजारमा निस्कदा बजारमा चहल पहल बढेको व्यवसायीहरु बताउनु हुन्छ । केही व्यक्तिहरु… पुरा पढौ

पोखरा महानगरमा एकैदिन १४ वडाका ६० पसलमा अनुुगमन, १५ हजार जरीवाना

पोखरा, कात्तिक ३ पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासुु र खाद्यान्न पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूलो चाड दशैँमा महानगर धेरै मासु खपत हुने र त्यसले नागरीको स्वास्थ्यमा असर गर्ने भएकाले मासुु पसलमा धेरै समुुह बनाएर अनुुगमन गरेको हो । पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समुह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुुगमन गरेको छ । दुुई पासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना… पुरा पढौ

एटुजेड संवाददाता असफल गौतमले जिते एक लाख नगद सहितको राष्ट्रिय पुरस्कार

पोखरा ३, कार्तिक एटुजेड पत्रिका डटकमका बरिष्ठ संवाददाता असफल गौतमले एक लाख नगद सहितको राष्ट्रिय पुरस्कार जितेका छन्। सिबिफिनको राष्ट्रिय लेख प्रतियोगितामा पत्रकार असफल गौतम प्रथम भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिन नेपालले आयोजना गरेको देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत सयौं पत्रकार सहभागी राष्ट्रिय प्रतियोगितामा पोखराको पत्रकारितामा क्रियाशील असफल गौतम प्रथम भएका हुन् । उनी प्रथम स्थान प्राप्त गर्दै नगद एक लाख राशिसहित पुरस्कृत भए । स्वतन्त्र पत्रकार संघ कास्की तथा मानवअधिकार पत्रकार संघ… पुरा पढौ