दीननाथ बराल
पोखरा ३, कार्तिक
दशैं पर्वको अवसर (सप्तमीको अघिल्लो दिन) मा पोखरा क्षेत्रमा चहल पहल बढेको छ । नेपालीहरुको महान चार्र्ड दशैं टिकाको दिन नजिकीदै गर्दा पोखरेलीहरुले दशैं पर्व लक्षित गरी दैनिक उपभोग्य बस्तु खरिद गर्न पलसहरुमा पुगेका कारण बजारमा चहल पहल बढेको हो ।
आज शुक्रबार देखि अधिकांश सरकारी निकाय देखि निजी बिभिन्न संघ संस्थाहरु समेत दशैं पर्वको लागि बिदा भएको हुनाले पनि किनमेल गर्न सेवाग्राहीहरु बजारमा निस्कदा बजारमा चहल पहल बढेको व्यवसायीहरु बताउनु हुन्छ ।
केही व्यक्तिहरु आजै देखि आफ्नो जन्मथलो तर्फ लागेको हुनाले बसपार्क क्षेत्रमा उत्तिकै भिडभाड भएको पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो । अन्य दिनको तुलनामा आजको दिनमा पोखराबाट बाहिरिनेहरुको संख्या रामै भएको दाबी गर्दै उहाँले हाल यातायात व्यबस्थापन गर्न व्यस्त भएको त्यसको आधिकारीक तथ्याङक ठ्याक्कै भन्न नसक्ने जनाउनु भयो । समितिले केही समय अघि देखि पोखरा देखि ७ वटै प्रदेशका २७ स्थानमा जानको लागि अग्रिम टिकट खुल्ला गरिएको उहाँले जनाउनु भयो । पोखराको बसपार्क क्षेत्रमा यात्रुहरुको उत्तिकै भिडभाड बिहानै देखि सुरु भएको कम्पनीले एटुजेडलाई जनाएको छ ।
अघिल्ला बर्षको तुलनामा यसपाली दशैंको केही दिनको लागि भए पनि पोखराका मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको हाल ह्वात्तै चहलपहल बढेको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले बताउनु भयो । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपु, चिप्लेढुङगा, न्यूरोड, नयाँबजार, पृथ्बीचोक, लेकसाइड, पालिखेचोक, बगर, पार्दी अम्मरसिंहचोक लगायतका क्षेत्रमा दशैंको किनमेल गर्नेहरुको भिडभाड बढेको उहाँले दाबी गर्नु भयो । पोखराका मुख्य व्यापारीक क्षेत्रमा ट्राफिक जाम समेत हुन थालेकोले त्यसलाई व्यबस्थापन गर्न जिल्ला ट्राफिक कार्यालयको टोली खटिएको छ ।
उहाँले भन्नु भयो “ दशैं पर्वमा मिठो खाने र राम्रो लगाउने यो हाम्रो परम्परा देखि चल्दै आएको मान्यताको आधारमा सकि नसके आफ्नो गच्छे अनुसार किनमेल गर्नेहरुको भिड भएको छ, तर पहिला ५ हजार खर्च गर्ने व्यक्तिले हाल १ हजार खर्च गर्न पनि अप्ठ्यारो मान्नु भएको छ ।” दशैंको मुखमा २÷४ दीन मात्र हल्का सामानहरु खरिद बिक्रिको लागि बजारमा पहल पहल भए पनि पहिलाको तुलनामा खासै धेरै व्यापार नभएको अध्यक्ष प्रजापतीको बुझाई छ ।
पोखराका अधिकांश व्यपारीहरुले ग्राहकहरुको मन जित्न र आफ्नो व्यापार गर्न बिषेश छुट दिन थालेका छन्। पोखरा क्षेत्रको मुख्य बजार क्षेत्रमा हाल मन्द व्यापार भएको छ भने केही ठाँउहरुमा व्यवसायीक सटरहरु अझै पनि घरनिहरुले सटर भाडामा छ भनी वोर्ड टाँस्न क्रम रोकिएको छैन् । केही व्यावसायीहरुले ६ प्रतिशतसम्म बिषेश छुटमा समान बिक्रि गर्न थालेका छन्। अघिल्ला बर्षको तुलनामा यस बर्ष बजारमा केही दिन भिडभाड भए पनि ३ प्रतिशतको हाराहारीमा मात्र व्यापार भएको नेपाल उधोग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले एटुजेडलाई बताउनु भयो ।
तष्विर जीवन बराल
कोरोना त्यसबाट उत्पन्त भएको आर्थिक मन्दिर र सरकारको व्यवसायीक मैत्रि निती अभावका कारण अहिले देशको अर्थतन्त्र धरासी हुदै व्यवसायीहरु बिस्थापित हुन थालेको उहाँले बताउनु भयो । दशैं तथा तिहारसम्म केही व्यवसायीहरुले पर्ख र हेरेको अबस्थामा रहेको अध्यक्ष भट्टचनले बताउनु भयो । अहिलेको अबस्थामा राज्यले व्यवसायीहरुको लागि केही न केही राहत तथा प्रोत्साहन हुने कार्यक्रमहरु ल्याउन आवश्यक भएको बताउदै उहाँले राज्यले यस बिषयमा समयमै नसोचे अब निजी क्षेत्रले आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । अधिकांश साना र फेन्सि पसलहरुमा मानिसहरुको प्रायः बडी भिडभाड भएको देखिन्थ्यो ।