पोखरामा पनि फुलपाती भित्र्याइयो (फोटो फिचर)

-


     पोखरा क्लिक     
     कार्तिक ४ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ४, कार्तिक

पोखरामा पनि फुलपाती भित्र्यार्ईको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा शनिबार सप्तमी पर्वको अवसरमा पोखरामा बृहत र्याली सहित फुलपाती भित्र्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकायका तीन वटै अंग नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी वलको संयुक्त टोलीले व्याण्ड बाजाको साथमा निकै बाजा गाँजा सहित पोखराको विन्ध्यावासिनी मन्दिरमा पुगेर विधिपूर्वक पूजा आज गरि फुलपाती भित्र्याएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले एटुजेडलाई बताउनु भयो ।

शसस्त्र प्रहरी वलको टोलीको साथमा नेपाल प्रहरी र नेपाली सेनाले प्रस्तुत गरेको ब्याण्डबाजा सहित टोलीले बिन्ध्यवासिनी मन्दिरलाई सलामी दिएको थियो । फुलपाती भित्र्याएसंगै पोखरेली सहित आम नेपालीहरुले शनिबार सप्तमीमा घर घरमा फुलपानी भित्र्याएको उहाँले जनाउनु भयो । पोखराको चिप्लेढुंगाबाट सुरु भएको र्याली भिमसेन मन्दिर, नालाकोमुख, मोहोरीयाटोल हुदै विन्ध्यवासिनी मन्दिरमा पुगेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो ।

अघिल्ला बर्ष झै यस बर्ष पनि फुतलपातीमा शक्तिपिठको रुपमा रहेको विन्ध्यवासिनी मन्दिरमा विधि पूर्वक फुलपाती भित्र्याइएको प्रजिअ घिमिरेले बताउनु भयो । सुरक्षाका तीनै अंगका निकायबाट डोली लगेर पुजा पाठ सहित सलामी समेत दिइएको थियो । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घर घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्याइएको हो । पोखरामा निकै तामझामका साथ फुलपाती भित्र्याउने कार्यक्रममा पोखरेलीहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो । यस अघि उक्त र्यालीमा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने गरे पनि यस बर्ष भने प्रशासन सहित सुरक्षा निकायको सहभागिता रहेको थियो ।

परम्परा देखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीको कास्कीकोटमा नेपाल सरकारकै तर्फबाट विधि पूर्वक पूजा आजा गरी फुलपानी भित्राउने प्रचलन गरि आएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताउनु भयो । यसैबिच, विन्ध्यवासिनी मन्दिरमा जारी नव दुर्गा महोत्सव जारी रहेको छ । मन्दिरमा दर्शन गर्नेहरुको केही दिन देखि भिडभाड भएको समितिका सचिव तिर्थ श्रेष्ठले बताउनु भयो ।