दीननाथ बराल
पोखरा ४, कार्तिक
नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा पोखरा ११ स्थित काहुँडाँडामा पिङ खेल्दै पोखरेली युवाहरु । प्रायः गाउँ घरमा लोप हुदै गएको पिङ संस्कृति केही घर गाँउमा मात्र भेटिने गरेको छ ।
काहुँडाँडमा हाल स्थानियको सक्रियतामा लिङगे र चम्रले पिङ हालिएको छ । शनिबार पोखरा क्षेत्रको आकाश समेत खुलेकोले माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमश्रृखला खुलेको थियो । काहुँडाँडाबाट पोखरा बजार सहितको सराङकोट, पुम्दीकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुपाः लगायतको दृश्य अवलोकन गर्न सकिन्छ । पोखराको मुख्यबजार क्षेत्र देखि नजिक रहेको सबै सडक पिच भएकोले गर्दा दृश्यावलोकन गर्नेहरुको बिहान र बेलुका भिड हुने गरेको छ । उक्त स्थानमा धर्मकाया बुद्धमण्डला निर्माण परियोजनाको काम अघि बढेको छ ।