जिवनशैली पत्रिका

मनाङमा भीरबाट लडेर अमेरिकी पर्यटकको ज्यान गयो

दीननाथ बराल पोखरा १९, असोज हिमालपारीको जिल्ला मनाङमा भिरबाट लडेर एक अमेरिकी पर्यटकको ज्यान गएको छ । लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै गर्दा बिचमा पहिरो आएका कारण पहिरो पन्छाउने क्रममा गाडी रोकिएको अबस्थामा एक्कासी गाडीबाट झर्नु भएका अमेरिकी पर्यटक ६९ बर्षिय चार्ल्स केथ डेभिजको भिरबाट खस्न पुग्दा ज्यान गएको प्रहरीले जनाएको छ । श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै गर्नु भएको डेभिजको अमेरिकी राहदानी… पुरा पढौ

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका शर्मा १ सय ६६ मतान्तरले विजयी

पोखरा १९, असोज नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा विजयी हुनुभएको छ । विहिबार बेलुका सार्वजनिक भएको मत परिणाम अनुसार शर्माले आफ्ना प्रतिद्धन्दी लमजुङका मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो । शर्माले ५ सय ३१ मत ल्याउँदा अधिकारीले ३ सय ६५ प्राप्त गर्नु भएको निर्वाचन कमिटिले जनाएको छ । त्यसै गरी उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी हुनुभयो । उहाँले ५ सय ३४ मत प्राप्त गर्नु भयो । उपाध्यक्षका अर्का उम्मेदवार… पुरा पढौ

आइएसएसआरद्वारा पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम

पोखरा १८, असार इन्स्टिच्युड फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिर्सच (आइएसएसआर) र खबरहबले पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका पूर्वगर्भनर एवम् एसियाली विकास बैंकका पूर्वप्रमुख प्रो.हारुहिको कुरुडाले नेपालमा आर्थिक विकासका धेरै सम्भावनाहरु भएको उल्लेख गरे । “नेपालले छिमेकी मुलुक चीन र भारतबाट सहयोग लिन सक्छ । प्राकृतिक सम्भावनाहरु पनि थुप्रै छन् । जसले अर्थतन्त्र विकासका लागि ठूलो भूमिका निर्वाह गर्नसक्छ ।”, उनले भने । हिमाल, खोलानालालाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्धारा मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन, कृषि तथा पर्यटन महोत्सवको पनि सुभारम्भ

पोखरा १८, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु ।’ गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन केन्द्र र बिहीवारदेखि मुस्ताङमा सुरु भएको कृषि तथा पर्यटन महोत्सवको पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेश भित्रका हिमाली क्षेत्रको बिकासकालागि… पुरा पढौ

प्रदेशस्तरीय तेस्रो डान परिक्षामा छ जना खेलाडीहरु ग्रेडिङ पास गर्न सफल

पोखरा, असोज १८ गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा संचालित प्रदेशस्तरीय तेस्रो डान परिक्षामा छ जना खेलाडीहरु ग्रेडिङ पास गर्न सफल भएका छन् । बिहिबार भएको सो कार्यक्रमको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष विष्णु गौतमले खेलाडीको सिप र ज्ञानलाई राष्ट्रले सम्मुचित रुपमा प्रयोग गर्न सके मात्र खेलाडीहरुमा खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने बताउनुभयो । प्रदेशका महासचिव रमेश पौडेलले तेक्वान्दो खेल नेपालका लागि सबै भन्दा बढी पदक ल्याउन सक्ने खेल भएकाले खेलाडीहरुले खेलमा नै भविष्य देखेर खेलेमा मात्र सफलता पाउने बताउनुभयो । … पुरा पढौ

दशैं नजिक पोखरा क्षेत्रको व्यवसाय मन्द

दीननाथ बराल पोखरा १८ असोज नेपालीहरुको महान चार्ड पर्वहरु नजिकीदै गर्दा पोखरा क्षेत्रमा यस बर्ष भने खासै चहल पहल हुन सकेको छैन्। अघिल्ला बर्षको तुलनामा बजारमा प्रायः शुन्य जस्तो भएको व्यवसायिहरु बताउनु हुन्छ । बजारमा किनमेल गर्नेहरुको भिडघाट हुने गरेको पोखरा क्षेत्रको मुख्य बजार क्षेत्रमा हाल मन्द व्यापार भएको छ भने केही ठाँउहरुमा व्यवसायीक सटरहरु नै हटाए पछि घरनिहरुले सटर भाडामा भनी वोर्ड टाँस्न थालेका छन् । पोखरामा अझै भाडामा कोठा पाउने केही कठिन भए पनि व्यवसायीक प्रयोजनको लागि सटरहरु… पुरा पढौ

पोखरा ९ को चण्डि मन्दिर परिसरमा नवदुर्गा पुजा गरिने

पोखरा १८, असोज पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको एतिहासिक चण्डि मन्दिरमा यस वर्ष पनि नवदुर्गा पुजा तथा चण्डी पाठ गरिने भएको छ ।चण्डिमाई सेवा समिति, चण्डिका आमा समुह र दरबारथोक टोल विकास संस्थाको सम्युक्त भेलाले विमला रानाभाटको संयोजकत्वमा २१ सदस्यीय नवदुर्गा पुजा तथा चण्डी पाठ मुल आयोजक समिति २०८० गठन गरेको छ । समितिको सहसंयोजकमा शोभा अधिकारी, सचिवमा शोभाकान्त सिग्देल, कोषाध्यक्षमा निलम खवास, सहसचिवमा शान्ति भुजेल, सहकोषाध्यक्षमा इन्द्रबहादुर खवास, सदस्यहरुमा बुद्धि बहादुर रानाभाट, विष्णु बहादुर खवास, सिता नेपाली,… पुरा पढौ

उपभोक्ता ठगिनबाट जोगाउन बजार अनुगमन तीव्र

पोखरा, १८ असोज चाडवाडका बेला उपभोक्ता ठगिन नदिने भन्दै पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाईमा बजार अनुगमन समितिले पोखरामा अनुगमनलाई तीव्रता दिइएको छ । यसैक्रममा बिहीबार एउटा खाद्यान्न पसल र एउटा मासु पसलमा अनुगमन भएको छ । पोखराको सृजना चोक नजिक रहेको दाङ भ्याली फ्रेस हाउस र रत्नचोक नजिक रहेको निकी ट्रेडर्समा अनुगमन गरिएको होे । अनुगमन टोलीले अनगुमनको क्रममा केही म्याद गुज्रेका सामान पाइएपछि निकी ट्रेडर्सलाई सचेत गराएर छोडेको । म्याद नागेको मिति भेटिएको सगरमाथा चिल्ली… पुरा पढौ

पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगरपालिका

पोखरा, १८ असोज लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् । बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी… पुरा पढौ

एट टु नाइन फुटबल प्रतियोगिता सुरु, ६ खेल सम्पन्न

पोखरा १८, असोज “युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए । प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो खेलमा माछापुच्छ्रे त्रीशक्ती युनाइटेडले मिलनटोल एफसीलाई २–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो दिन कुल ६ खेल सम्पन्न भए ।… पुरा पढौ