जिवनशैली पत्रिका

उद्देश्यमा नचल्दा सहकारी समस्यामा ः कृषिमन्त्री जिसी

पोखरा, २१ असोज कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौ उपभोक्ता ठगिएको बताएका छन् । मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको समेत बताए । सुख र दुःखमा साथदिनु पर्ने सहकारीले रातारात धनीहुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आममानिसहरु पीडित बनेको बताए । कर्मचारी बचत तथा ऋण सहकारी संस्थापोखराको १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै कांग्रेस नेताएवं मन्त्री जिसीले खुल्ला वैठक र प्रजातन्त्रका आस्था राख्ने कर्मचारी मात्र… पुरा पढौ

स्वर्गीय हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन

पोखरा २१, असोज तेस्रो राष्ट्रिय कला प्रदर्शनीको समापनमा स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन पोखरामा सम्पन्न भएको छ । बिमोचन ठकुरी युवा परिवार कास्कीको आयोजना र नगेन आर्ट एकेडेमीको सहकार्यमा पोखराको चिप्लेढुंगास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । नेकपा ९एमाले०का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रममा ‘तेस्रो लहर’ बिमोचन गर्दै हाम्रा वरिपरिको प्रकृति नै साहित्य सिर्जना गर्न प्रेरित गर्ने खालको भएको बताउनुभयो । उहाँले नेपाली भाषालाई एउटै… पुरा पढौ

नेपाललाई ऐतिहासिक रजत पदक

पोखरा २१, असोज नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक प्राप्त गरेको छ । चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत फाइनल खेलमा नेपालकी कराँते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालको लागि रजत पदक दीलायकी हुन्। महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसे भासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई कराँतेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी हुन । पुरा पढौ

अष्ट्रेलियन फुटवल (फुटी) पोखरामा पहिलो पटक मैत्रिपूर्ण खेल सम्पन्न

दीननाथ बराल पोखरा २०, असोज अष्ट्रेलियन फुटवल (फुटी) औपचारिक रुपमा नेपाल भित्रिएसंगै शनिबार यस खेलको पहिलो मैत्रिपूर्ण खेल समेत आयोजना भएको छ । हिमालयन लियो पाट्र्स र नेपाल अष्ट्रेलिया आल्मुनाई संघको संयुक्त आयोजनामा पोखराको कोमागाने पार्कको खेल मैदानमा शनिबार औपचारिक रुपमा उक्त खेल भित्रिएसंगै सो खेलको मैत्रिपूर्ण फुटी आयोजना भएको पाट्र्सका सल्लाहकार नारायण पहारीले बताउनु भयो । शनिबार भएको मैत्रिपूर्ण खेलमा ताल वराही माविले लेकसाइड लायन्सलाई ६८–११ को बिशाल गोल अन्तरले पराजित गरेको छ । संघका संस्थापक समेत रहनु भएका… पुरा पढौ

पोखरामा कत्थक नृत्य प्रस्तुत

असोज २०, पोखरा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र,काठमाडौं र गण्डकी प्रज्ञा–प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा पोखरामा कत्थक नृत्य प्रस्तुती गरिएको छ । कार्यक्रमको मुख्य आर्कषणको रुपमा भारतकी स्थापित कत्थक नृत्य कलाकार तथा प्रशिक्षक रञ्जना फड्के रहेकी थिइन् । ३० वर्ष भन्दा बढी समयदेखि कत्थक नृत्यको क्षेत्रमा सक्रिय फड्केलाई नृत्य प्रस्तुत गर्न विगत १० वर्षदेखि कत्थक नृत्यमा सक्रिय बनिरहेका रसिला गांगल र सुरवीले साथ दिएका थिए । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जित प्रकाश आले मगरको… पुरा पढौ

पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात

असोज २०,पोखरा पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो । सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा… पुरा पढौ

मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ स् मुख्यमन्त्री पाण्डे

पोखरा २०, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उनले भने ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’ मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेट सहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए । ‘पर्यटन सँगै कृषिलाईपनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने… पुरा पढौ

आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

पोखरा २० असोज । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्ता पसलबाट… पुरा पढौ

दसैँका लागि टिकटको अग्रिम बुकिङ असोज २२ बाट

पोखरा २० असोज । दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफल पश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको… पुरा पढौ

आजको मौसम पूर्वानुमान ः चार प्रदेशमा पानी पर्ने

पोखरा २० असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती… पुरा पढौ