उद्देश्यमा नचल्दा सहकारी समस्यामा ः कृषिमन्त्री जिसी

-


     पोखरा क्लिक     
     असाेज २१ गते २०८० मा प्रकाशित


पोखरा, २१ असोज

कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौ उपभोक्ता ठगिएको बताएका छन् । मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको समेत बताए । सुख र दुःखमा साथदिनु पर्ने सहकारीले रातारात धनीहुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आममानिसहरु पीडित बनेको बताए ।

कर्मचारी बचत तथा ऋण सहकारी संस्थापोखराको १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै कांग्रेस नेताएवं मन्त्री जिसीले खुल्ला वैठक र प्रजातन्त्रका आस्था राख्ने कर्मचारी मात्र सेयर सदस्यभएको सहकारी नमूनाबन्नु पर्नेमा जोड दिए । सदस्यवृद्धि गरेर, पारदर्शी र जिम्मेवार बनेर, इमान्दारिताको पाठ सवैलाई सिकाएर कर्मचारी सहकारी सक्षमहुनेमा आफू विश्वस्तभएको बताए ।सहकारीले सवैलाई पाठ सिकाउने र नीति, व्यवहार यस्तो हुनु पर्ने भन्दै नमुना सहकारी बनाउनमन्त्रीजिसीले सुझावदिए ।

सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको सभामा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाँईले राम्रो गर्ने सहकारी मन्त्रालयको लिस्टमा परेको बताउँदै ऐन, नियम र विनियमलाई पूर्ण कार्यान्वयन गरे गण्डकी प्रदेशमा समस्यानआउने उल्लेख गरे । कार्यक्रममा कृषिविकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी, नेपालीकांग्रेस गण्डकी प्रदेश कर्मचारी प्रशासन विभागका सचिव सुरेन्द्रप्रसाद अधिकारी, नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजकदिपक रेग्मी, संघका केन्द्रीय सदस्यबद्री पौडेल, सहकारीका सचिवएवं नेपालनिजामतिकर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कर्मचारी सहकारी हरेक कोणबाट उत्तम रहेको बताएकाथिए ।

सहकारीका सल्लाहकार संयोजक रामजीप्रसाद कोइराला, सहकारीका उपाध्यक्ष बद्री पौडेल, सहकारीका सञ्चालक सदस्य तथा कार्यक्रम सञ्चालक केदार सापकोटा, लेखा सुपरीवेक्षण समितिका संयोजक हेरम्ब शर्मा पौडेल लगायतले सहकारीको नीति, योजना तथा भावि कार्यक्रमबारे उल्लेख गरेका थिए ।

कर्मचारी बचत तथा ऋण सहकारीले विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ । सहकारीमा कार्यरत कर्मचारी मध्ये साधना ढुंगाना पुरस्कृत भएकीथिइन् । सहकारीले जेष्ठ नागरिक तर्फ शंकरप्रसाद कोइराला, सदस्यअभियान्तामा केदार धमला र अन्जना पोखरेल, सेयर सदस्यतर्फ टिकाराम बराल, शारदा सिग्देल, रचना गुरुङ, राजेन्द्रप्रसाद पौडेललाई मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको सहकारी काकार्यालय प्रमुख निरोज मल्लले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कारोबार गर्ने शिव परियार र सुस्मिता कार्कीलाई, बचत कर्ताको तर्फबाट विष्णु गुरुङ र होमनाथ भण्डारीलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक शारदा गिरीले जानकारी दिइन् । यस्तै बाल बचतमा वत्सलपौडेलले पुरस्कार प्राप्त गरेका थिएभने शैक्षिक पुरस्कारमा संकल्पसिग्देल, अधिश ढकाल, मनाकामना गौतम,चन्द्रकाला बस्नेत, आशा कोइराला, आशिषसिग्देल, इजिता जोशी पुरस्कृत भएकाथिए ।

६ सय ९४ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीमा २ करो ५६ लाख ५० हजार सेयर पुजी, ५ करोड ६१ लख ५१ हजार बचत, ७ करोड, ४७लाख७० हजार ऋण लगानी रहेको सहकारीले जनाएको छ । नेपाल निजामति कर्मचारी युनियनतथा सार्वजनिक सेवा कर्मचारी संघसंग आवद्धकर्मचारीहरु सेयर सदस्य रहेको सहकारीले सामाजिक उत्तरदायित्वको विभिन्नकार्य गर्दै आएको छ ।



This will close in 20 seconds