नेपाललाई ऐतिहासिक रजत पदक

-


     पोखरा क्लिक     
     असाेज २१ गते २०८० मा प्रकाशित


पोखरा २१, असोज

नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक प्राप्त गरेको छ । चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत फाइनल खेलमा नेपालकी कराँते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालको लागि रजत पदक दीलायकी हुन्।

महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसे भासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई कराँतेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी हुन ।



This will close in 20 seconds