जिवनशैली पत्रिका

हरिराम पौडेलको नेतृत्वमा पौडेल वंश महासंघको केन्द्रीय समिति

काठमाडौं, १ माघ पौडेल वंश महासंघको यही पुुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुुना पौडेल(सर्लाही), र उपाध्यक्षमा विजय पौडेल(मोरङ) हुनुुहुन्छ । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम पौडेल(लुम्बिनी), नरहरि पौडेल(कर्णाली), दुुर्गाप्रसाद पौडेल(सुदुरपश्चिम) रहनुुभएको छ । त्यस्तै महासचिवमा उद्धवप्रसाद पौडेल(सुनसरी), सचिवमा रामप्रसाद पौडेल(काठमाडौं), कोषाध्यक्षमा युवराज पौडेल(बाँके), सहसचिवमा चन्द्रमणि पौडेल(म्याग्दी) र सहकोषाध्यक्षमा बेनुुप्रसाद पौडेल(सुनसरी) रहनुुभएको… पुरा पढौ

नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३७ औँ स्थापना दिवसमा रक्तदान, ४२ युनिट रगत संकलन

पोखरा,१ माघ नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३७ औँ स्थापना दिवस आइतवार रक्तदान कार्यक्रम गरी मनाइएको छ । संघले बाषिर्कोत्सवको उपलक्षमा रक्तदान कार्यक्रमका साथै मानव सेवा आश्रमलाई नगद सहयोग समेत गरेको छ । संघको ३७ औँ वार्षिक उत्सव मनाइरहदा मानवताका नाताले बजारमा देखिएको रगतको कमी पुरा गर्न आफूहरुले रक्तदान कार्यक्रम गरेको प्रमुख अथिति तथा नेपाल निर्माण व्यवसायी माहासङ्घका उपाध्यक्ष खिमप्रकाश मल्लले बताए । त्यस्तै नेपाल निर्माण व्यवसायी सङ्घ गण्डकीका अध्यक्ष टंकराज बरालले संघ सदैव समाज सेवामा रहेकोे बताउँदै स्थापना दिवसको… पुरा पढौ

पोखरामा एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार

दीननाथ बराल पोखरा २९, पुष, गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्षको माघे संक्रान्तिको अवसरमा करिब एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार हुने भएको छ । मकर संक्रान्तिको अवसरमा पोखरामा यस बर्ष करिब एक करोड मुल्य बराबरको तरुल सहित कन्दमूलको कारोबार हुने अपेक्षा गरिएको व्यवसायीहरु बताउनु हुन्छ । पोखरामा प्रति केजी ५० देखि ३ सय रुपैयासम्ममा तरुल सहित कन्दमुलको बिक्रि वितरण भएको छ । कृषि उपज बजार व्यवस्थापन समितिले पोखरा ९ शान्ति वनवाटिकामा हरेक महिनाको अन्तिम शनिबार पुष २८ गते परेर… पुरा पढौ

संविधानको रक्षासँगै मुलुकको समृद्धि गठबन्धनको उद्देश्य

पोखरा, २९ पुस सत्तापक्षीय गठबन्धनका नेताहरूले संविधानको रक्षासँगै मुलुकको समृद्धि नै गठबन्धनको मुख्य उद्देश्य भएको बताउनुुभएको छ ।राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशका तर्फबाट आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले गठबन्धन मुलुकको आवश्यकता भएको बताउनुभयो । सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सारिएको छ । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली जनताको बलिदानीपूर्ण… पुरा पढौ

अल्फाबिटा पोखराको शैक्षिक परामर्श सम्पन्न  

अल्फाबिटा पोखराले आयोजना गरेको शैक्षिक परामर्श शनिबार सम्पन्न गरेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखरा पोखराको लेकसाइड स्थित होटल बाराहीमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले  अष्टे«लिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका  थिए । झण्डै  दुई सय जना विद्यार्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा आयरल्याण्डका ग्रिफ्त कलेज, यु.एस.ए.को योंग्स्टाउन स्टेट युनिभर्सिटी, यु.के. को द युनिभर्सिटी अफ ल र क्यानडाको युनिभर्सिटी अफ क्यानडा… पुरा पढौ

महोत्सवमा भोली राजु परियार र लाहुरेको प्रस्तुती रहने

अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्विर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा भोली माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत समेत गर्ने आयोजकले जनाएको छ । महोत्सवमा आइतबार समिक्षा अधिकारी संगै राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी… पुरा पढौ

शीतल कादम्बिनीलाई गीतकार सम्मान, अध्यक्षमा शीतल गिरी

पोखरा २९, पुष गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो । गीतकार तीर्थ श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले उनलाई सम्मान गरे । सम्मानित स्रष्टाको परिचय सहसचिव रुपिन्द्र प्रभावीले दिएका थिए । गीतकार सङ्घ, नेपालकी सचिवसमेत रहेकी उनले गीत र गीतकारको हितका लागि जुनसुकै संस्था भए पनि मिलेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखिन्… पुरा पढौ

मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण लोकार्पण

पोखरा, २९ पुस मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण पोखरामा आइतबार लोकार्पण गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरसहित त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसार्इं, मार्फा थकाली समाज सेवा सदनका अध्यक्ष चन्द्र पन्नाचन, पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले संयुक्तरुपमा लोकार्पण गरे । मुस्ताङको मार्फा गाउँ (हाल घरपजोङ गाउँपालिका) मा बोलिने मूल मार्फा थकाली भाषा संकटमा पर्दै गएपछि संरक्षणका लागि समिति नै गठन गरी शब्दहरु संकलन गरिएको… पुरा पढौ

पोखरामा सोमबार देखि टाईगर कप भलिवल सुरु हुने, उद्घाटन सहित सोमबार लिग चरणका ४ खेल हुने

दीननाथ बराल, पोखरामा भोलि (सोमबार) देखि चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब भलिबल प्रतियोगिता २०८० हुने भएको छ । यही माघ ६ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । सोमबारबाट सुरु हुने उक्त प्रतियोगितामा सोमबार नै लिग चरणका ४ खेल हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताउनु भयो । उहाँका अनुसार सोमबार घरेलु टिम… पुरा पढौ

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा

पोखरा २९ पुस प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए । अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भुमिका… पुरा पढौ