जिवनशैली पत्रिका

पोखराको दिगो पर्यटन परियोजना अन्तरगत चार अरब पचास करोड बराबरको सम्झौता

पोखरा, ०३ माघ नेपाल सरकार र एसियाली विकास बैङ्क ९एडिबी० बिच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा।कृष्ण हरि पुष्कर र एसियाली विकास बैङ्कको नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गर्नुभएको हो । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे चार अरब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । सहरी विकास मन्त्रालयमा भएको दिगो… पुरा पढौ

नेपाली भूमीमा पाकिस्तानी र भारतीय खेलाडी भिड्दै

पोखरा ३, माघ नेपाली भूमिमा भारतीय र पाकिस्तानी खेलाडीहरु प्रतिष्प्रर्धामा उर्तिएका छन्। पोखरामा जारी टाइगर कप भलिवल प्रतियोगितामा घरेलु टिम पुरुष तर्फ गण्डकी भलिवल संघमा ३ जना भारतीय खेलाडीहरु र काठमाण्ठौंको हेल्प नेपाल स्पोट्र्स क्लवमा संलग्न भएका ३ जना पाकिस्तानी खेलाडीहरु प्रतिष्प्रर्धामा उर्तिएका हुन् । भारतीय खेलाडीमा अमित गुलिया, राम स्वामी र अपु मुथु रहेका थिए भने पाकिस्तानी खेलाडीहरुमा फकिर उदिन, मेहजर अली र मोहमद नाधिद रहेका थिए । त्यस्तै सुमह ए को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली गण्डकी प्रदेशले… पुरा पढौ

आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड वैशाख २१ गते हुने तयारी

पोखरा ३ माघ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को मिति तय भएको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको ३४ औँ बैठकले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता समेत दिएको उनको भनाई छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी,… पुरा पढौ

टाइगर कपमा महिला तर्फ घरेलु टिम गण्डकी र पाहुना टोली भारतको हरियाणा बाहिरिए, विहिबार सेमिफाइनका खेल हुने

दीननाथ बरालपोखरा ३, माघ नेपालको महिला भलिवल टिमका कप्तान तथा गण्डकी भलिवल संघको कप्तानी सम्हालेकी अरुणा शाहीको नेतृत्वको गण्डकीले अंक बिहिन हुदै ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला भलिवल प्रतियोगिताबाट बाहिरिएको छ । त्यसै गरी पाहुना टोली भारत हरियाणा बाट आएको महिला टिम पनि समुह बीबाट दुबै खेलमा पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको छ । समुह एमा रहेको गण्डकीले दुई खेलमा हार व्यहोर्दै अंक विहिन हुँदा हरियाणा टिम समुह बिबाट दुबै खेलमा पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएका… पुरा पढौ

खेलकुद र खेलाडी उत्पादनमा लगानी आवश्यकः सांसद भट्टराई, साडीमा मार्च पास

दीननाथ बराल पोखरा २, माघ, प्रतिनिधि सभा सदस्य (सांसद) बिद्या भट्टराई (अधिकारी) ले नेपालको खेलकुद र खेलाडी उत्पादनमा लगानी गर्नुपर्ने बताउनु भयो । पोखरा महानगरपालिका वडा न. १५ को वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको मंगलबार पोखरामा उद्घाटन गर्दै सांसद भट्टराईले नेपालमा खेलकुदको राम्रो सम्भावना रहेकोले विश्वका कुनै पनि मुलुकसंग खेलाडीहरुले मात्र प्रतिष्प्रर्धा गर्न सक्ने भएकोले खेलकुद क्षेत्र र खेलाडी उत्पादनमा लगानी गर्नुपर्ने बताउनु भएको हो । देशलाई परिचित गराउने सजिलो माध्य खेलाडी भएको दाबी गर्दै सांसद भट्टराइले खेलाडीको विकासको… पुरा पढौ

बेगनासतालको होटल मकाउले दिन्छ पुनः आउने पर्यटकलाई छुट

दीननाथ बरालपोखरा २, माघ शुन्दर नगरी पोखराको बेगनासताल क्षेत्रमा केही समय देखि संचालनमा आएको होटल मकाउले पुन आउने पर्यटक(आगन्तुक) लाई बिषेश छुट दिने भएको छ । उक्त होटलमा पुनः आउने पर्यटकलाई होटलले न्यूनतम १० प्रतिशत छुटको व्यबस्था गरिएको होटल संचालक रामप्रसाद गुरुङ ( किसान) ले बताउनु भयो । स्तर अनुसार २ हजार ५ सय देखि ७ हजार मुल्य सम्मका रूमहरू होटलमा रहेका छन भने होटलले नयाँ बर्ष, दशै, तिहार लगायतका विशेष अवसरमा पर्यटकहरुलार्ई १५ प्रतिशतसम्म छुट दिने गरेको छ त्यस्तै… पुरा पढौ

पोखरा आएर नवल खड्काले भने काँडेतार देशप्रमीको सिनेमा, रिलिज फागुन २५ मा

पोखरा २, माघ पोखरा आएर नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आएका उनले काँडेतार हर देशप्रेमीले हेर्ने कथा भएको बताए । “काँडेतार नेपालीको कथा हो । यसमा हाम्रो सिमाना रक्षाका विषयहरु उठान गरिएको छ । माटो र मान्छे जोगाउने उद्देश्यले सिनेमा निर्माण गरिएको हो ।”, उनले भने । ६० वर्षको इतिहासमा काँडेटार जस्तो… पुरा पढौ

पोखरा महोत्सवमा भोली शान्ति श्री र मेलिना राइ आउने

पोखरा २, माघ पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा भोली बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना राइको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शान्ति श्री संगै लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुती… पुरा पढौ

पोखराका ४० जना युवायुवतीलाई धिमे नाच र धिमेबाजा बजाउने तालिम

पोखरा, २ माघ पोखरामा दुई हप्ते धिमेबाजा तथा धिमे नाच प्रशिक्षण सम्पन्न भएको छ । नेवा मिसा पुच कास्कीको आयोजना र पोखरा महानगरपालिका वडा नं.३ को सहयोगमा भएको तालिममा ४० जना नेवा युवायुवतीहरुको सहभागीता रहेको थियो । प्रशिक्षार्थीहरुलाई बिकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण गराएका थिए । तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा न.३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाईराख्न सकेमात्र पहिचान कायम रहने बताए । उनले पोखरामा भएका नेवा खलः, नेवा ल्याम्ह पुचः। नेवा पत्रकार तथा मिसा… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा फिर्के पूलको अनुगमन

माघ २, पोखरा जिल्ला समन्वय समिति कास्कीको अनुगमन टोलिले पोखरा बागलुङ राजमार्ग अन्तर्गत फिर्के खोला माथी निर्माणाधिन पूलको काम २०८१ असार मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलिले उक्त राजमार्ग अन्तर्गत पोखरा महानगर पालिका वडा न दुई,चार र पाँचको सिमानामा पर्ने सो पूलको निर्माण कार्य असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको हो । सो पूलको निर्माण कार्यमा अत्यन्तै ढिलाइ भएको र जसका कारण अत्याधिक दुर्घटना समेत… पुरा पढौ