जिवनशैली पत्रिका

बझाङका भूकम्प प्रभावितलाई तत्काल प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ २० असोज। प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्प प्रभावितहरुलाई तत्काल ५० हजार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।… पुरा पढौ

एक सातामा पोखरामा भेंडा–च्यांग्रा आउने , मुल्य बढ्ने संकेत !

दीननाथ बराल पोखरा १९, असोज अबको करिब एक सातामा हिमालपारीको जिल्ला मुस्ताङ क्षेत्रमा हुर्काइएका भेंडा—च्यांग्रा पोखरा क्षेत्रमा ल्याउने तयारी गरिएको छ । माथिल्लो मुस्ताङ (लोमन्थाङ) बाट यस बर्षको लागि बिक्रि गर्ने भेंगा च्यांग्रा पोखराको लागि हिडी सकेको एक भेंडा च्यांग्रा व्यवसायी आङग्याल गुरुङले बताउनु भयो । उपल्लो मुस्ताङ (लोमन्थाङ) का गुरुङले यस बर्ष करिब ६ सय वटा भेंगा च्याङग्रा पालना गरे पनि दशैं पर्व लक्षित गरी २ सय ५० वटा मात्र बिक्रि गर्ने योजना बनाउनु भएको छ । लोमान्थाङ गाउँपालिका… पुरा पढौ

एसियाली खेलकुदमा नेपाललाई कबड्डीले दिलायो पहिलो पदक

पोखरा १९, असोज चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाललाई कबड्डी खेलले पहिलो पदक दिलाएको छ । नेपालले महिला तर्फ उक्त खेलबाट कास्य पदक प्राप्त गर्न सफल भएको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसंग पराजित भएको छ । भारतसंग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित हुदा पनि पहिलो कास्य पदक प्राप्त गर्न सफल भएको हो । भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो । नेपाल समूह ‘बी’को उपविजेता हुदै सेमिफाइनल प्रवेश गर्दा भारत समूह ‘ए’ को विजेता हुदै सेमिफाइनलमा… पुरा पढौ

श्रीलंका जाने भलिबल टोलीलाई बिदाई

पोखरा १९, असोज श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्न जाने नेपाली पुरष भलिबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकास कुमार कुसारीले शुक्रबार विदाई गरे । च्याम्पियनसिप अशोज २२ देखि २८ गते सम्म आयोजना हुने छ । नक्सालस्थित क्राउन प्लाजामा आयोजित कार्यक्रममा निमित्त सदस्य सचिव कुसारीले नेपाली खेलाडीहरुको खेलस्तर उच्च स्तरको रहेको भन्दै प्रतियोगिता जितेर आउनका लागि शुभकामना दिए । उनले खेलाडीहरुको खेलस्तरमा निकैनै बृद्धि भएको भन्दै प्रतियोगितामा सफलता हात पार्नेमा आफु बिश्वस्त रहेको… पुरा पढौ

खुल्ला सेभेन ए साइड फुटबल जारी, दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न

पोखरा १९, असोज एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले मसिना एफसीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा रामघाट गुम्बा ‘ए’ ले मन्थन एफसीलाई १–० गोले हरायो । तेस्रो खेलमा नमस्ते एफसीले वाकओभर पायो । प्रतिद्वन्द्वी एसएनएस बि–१३ ले खेलमा सहभागिता नजनाएपछि वाकओभर पाएको हो । चौथो खेलमा… पुरा पढौ

पोखरा आर्दशको आयोजनामा लायन्सको अन्र्तराष्ट्रिय वैठक पोखरामा

पोखरा १९, असोज लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ आई नेपालको दोस्रो क्याविनेट वैठक पर्यटकीय नगरी पोखरामा हुने भएको छ । लायन्स क्लव अफ पोखरा आर्दशको आयोजनामा यही असोज २६ र २७ गते विभिन्न जिल्लाका लायन्स क्लवको सहभागितामा वैठक हुन लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । काठमाण्डौं, पर्वत, म्याग्दी,लमजुङ, गोर्खा लगायतका क्षेत्रवाट करिव १ हजार लायन सदस्यको सहभागिता रहने क्लवका संस्थापक अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक नविन भण्डारीले जानकारी दिनुभयो । दुई दिनसम्म हुने कार्यक्रममा २६ गते क्याविनेट… पुरा पढौ

मापदण्ड नपुगेका बालगृहहरूलाइ कानुनी दायरामा आउन निर्देशन

असोज १९, पोखरा जिल्ला समन्वय समिति कास्कीले बालगृहहरूसंग बार्षिक समिक्षा सहित अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार कास्कीका विभिन्न गैर सरकारी संस्थाहरूद्वारा संचालित बालगृहको अबस्था संचालित परियोजनाको बार्षिक समिक्षा सहित कठिनाइ र निराकरणका उपाय सम्बन्धमा अन्तर्क्रीया गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले यशअघि आफुहरूले बालगृहहरूको स्थलगत अनुगमन गरेको र सो क्रममा देखिएका कमिकमजोरी सुधारका प्रदान गरेका सुझाव कार्यान्वयनको निम्ति ध्यानाकर्षण गराउदै पूर्ण कार्यन्वयन गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो। पौडेलले कास्कीका अधिकाम्स बाल… पुरा पढौ

पोखरा–२५ का चार पसलमा महानगरको अनुुगमन, ५ हजार जरिवाना

पोखरा, असोज १९ पोखरा महानगरपालिकाले शुक्रबार पनि अनुगमन गरेको छ । महानगरपालिकाले वडा नम्बर २५ हेमजाका चार खाद्य पसलमा अनुगमन गरेको हो । मासुु, खाद्य र पुजा सामाग्रीका पसलमा अनुुगमन गरिएको महानगर सहकारी तथा उद्योग शाखा प्रमुुख भरतराज पौडेलले जानकारी दिए । अनुगमनका क्रममा पोखरा २५ मा सञ्चालनमा रहेको कृषब टे«डस र न्यु अधिकारी ट्रेड्सलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । फरक नामबाट दुुई पसल सञ्चालन गरेको तर वाणिज्य विभागमा नविकरण नगरेको, मुल्यसुची नटाँसेको चिनीको खरिद बिल देखाउन नसकेको… पुरा पढौ

पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक

पोखरा÷असोज÷१९ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ ।  नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कृषि बिकास बैंक सह–प्रायोजकको रुपमा रहने भएको हो । सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ । “सम्पूर्ण बैकिङ्ग सुविधासहितको तपाँई हाम्रो घर आङ्गनको बैंक” भन्ने मुल नारा लिएर अघि बढेको कृषि बिकास… पुरा पढौ

पोखरामा शनिबारदेखि अन्तर क्लव टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

पोखरा , १९ असोज पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबार देखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।  पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने सो प्रतियोगितामा पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड… पुरा पढौ