पोखरा १९, असोज
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाललाई कबड्डी खेलले पहिलो पदक दिलाएको छ ।
नेपालले महिला तर्फ उक्त खेलबाट कास्य पदक प्राप्त गर्न सफल भएको हो ।
महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसंग पराजित भएको छ । भारतसंग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित हुदा पनि पहिलो कास्य पदक प्राप्त गर्न सफल भएको हो । भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो ।
नेपाल समूह ‘बी’को उपविजेता हुदै सेमिफाइनल प्रवेश गर्दा भारत समूह ‘ए’ को विजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा डेव्यू गरेको हो । मेनुकाकुमारी राजवंशीको कप्तानीमा रहेका नेपाली खेलाडीहरु मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए । नयाँ खेलले पदक ल्याउदा नेपालीहरुमा खुसि छाएको छ ।