पोखरा, पुस २५ गते
इनर हुईल क्लब ९क्ष्ललभच धजभभ िअगिद०को एक सय बर्ष पुरा भएको उपलक्ष्यमा नेपालमा रहेका करिब ४० क्लबले पोखरामा बुधबार प्रभातफेरी ¥याली सहित शताब्दी उत्सव कार्यक्रमको आयोजना गरि मनाएको छ ।
करिब ३ सय जना महिलाहरुको सहभागिता रहेको सो प्रभातफेरी ¥याली लेकसाइडको गौरीघाटबाट सुरु भई अम्बोटमा पुगी उत्सव कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा विभिन्न विद्यामा काम गर्ने महिलाहरुलाई समेत सम्मान गरेको छ ।
विश्वमा छरिएर रहेका एक सय देशका ४ हजार इनर हुईल क्लबका करिब एक लाख सदस्यहरुले एकसाथ शताब्दी उत्सव कार्यक्रम गरेको ड्रिष्टिक चेयरम्यान टुना थापाले जानकारी दिनुभयो । उहाँले बिशेष गरेर छोरीहरुको शिक्षामा यो संस्था बिशेष रुपले लागि परेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका नेश्नल रिप्रिजेन्टीभ कमला महर्जन सुवालले बेलायतमा सन् १९२४ मा माग्रेट बलीबमर गोल्डीनले स्थापना गर्नुभएको सो क्लब नेपालमा भने जिल्ला तहमा सन् २०१४ बाट विधिवत् रुपमा आफ्नो काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले महिला सशक्तिकरणमा महिलाहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमकी प्रमुख वक्ता कोपिला नेपालकी कार्यकारी निर्देशक एवं अधिकारकर्मी विना सिलवालले महिलाको संविधान प्रर्वद्ध अधिकारलाई व्यवहारमा उतार्न अंश र वंशको अधिकारलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक एवं क्लबका पिडिसि सरजिश पालिखेले यस संस्थाले शिक्षा स्वास्थ्यमा मात्र नभई नेपालको वातावरणीय बिषय, महिला सशक्तिकरणका सवाल लगायतका बिषयमा फेलोसिप, फ्रेन्डसिप, पर्शनल सर्भिस, र इन्टरनेश्नल डेभ्लोमेन्टमा काम गर्दै आएको बताउनुभयो ।
इनर हुइल क्लब न्यूरोडकी अध्यक्ष मिना कुमारी शर्मा ढकालले क्लबले महिलाहरुलाई सशक्तिकरणका साथै आत्मबल प्रदान गर्ने बताउनुभयो । उहाँले सकरात्मक सोच र महिलाको क्षमता वृद्धिमा क्लबको प्रभावकारिता उल्लेखनीय रहेको बताउनुभयो ।
सो कार्यक्रममा नेवार समुदायमा गरिने दुलही तर्फको वैवाहिक प्रचलनको प्रहसन सहित नृत्य, कविता समेत प्रस्तुत गरिएको इनर हुइल क्लब न्यूरोड पोखराका संस्थापक निर्मला मल्लले जानकारी दिनुभयो ।