जिवनशैली पत्रिका

१२ औं पोखरा महोत्सव पुष २६ देखी महोत्सव सम्पन्न गर्न ३४ वटा उपसमिति गठन

पोखरा २०, मंसिर १२ औं पोखरा महोत्सव आगामी पुषको २६ देखी हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगमी पुषको २६ देखी माघ ८ सम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति रहने गरी विभिन्न ३४ वटा उपसमितिहरु गठन गरिएको छ । जसमा कार्यसम्पादन उपसमिति उपसमितिमा लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन तथा सत्कार उपसमितिमा हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमितिमा… पुरा पढौ

इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा

पोखरा २०, मंसिर नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षत्कार गरेका हुन् । अधिकारीले हिटम्यान १६ भाषामा रिलिज हुने जानकारी गराए । उनले पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने समेत उल्लेख गरे । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर भने सार्वजनिक गरिएको छ । काठमाडौं… पुरा पढौ

मित्र मिलन सहकारीका पिडितहरुलाई समयमै उजुरी दिन प्रहरीको आव्हान

पोखरा १९, मंसिर पोखरामा रहेको मित्र मिलन बचत तथा ऋृण सहकारी सस्थाका पिडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आव्हान गरेको छ । मंगलबार सूचना जारी गर्दै कार्यालयले पोखरा ९ नयाँबजारमा संचालनमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेकाले उक्त सहकारीबाट पिडित भएको प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो । त्यसै गरी सहकारीका संचालहरु माथि… पुरा पढौ

विहिबार देखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुने, तालिम लिन चाहने महिलालाई सुवर्ण अवसर

दीननाथ बराल पोखरा, १९ मंसिर पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ गते (विहिबार) देखि संचालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । पोखराको प्रर्दशनी केन्द्रमा आउदो पुस १ गतेसम्म संचालन हुने उक्त मेलाको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यस बर्षको मेलामा विदेशी दुई देशका व्यवसायीक स्टलहरु सहित २ सय ५० स्टलहरु रहने भएको संघका अध्यक्ष पवनकुमार प्रजापतीले बताउनु भयो । उहाँका अनुसार डोम भित्र ५४, अटो तर्फ… पुरा पढौ

आइटीएफमा दोश्रो सर्किटका खेल जारी

मंसिर १९,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ पहिलो चरणको खेल जारी छ । डबल्सतर्फको खेल क्वाटरफाइनल चरणमा पुगेको छ । बुधबार ब्वाइज सिंगलतर्पm भएका खेलहरुमा जापानका रुया सासामोतोले भारतका कबिर चोथानीलाई ६–३,६–० ले, नेपालका सक्षम विक्रम शाहले भारतका अधिराज ठाकुरलाई ६–२,६–२ ले, भातरका जासोड डेभिडले भारतकै प्रनिल सर्मालाई ६–१, ६–१ ले, जापानका इप्पी मात्सुसिमाले भारतका सौरिस मोदीलाई ६–१,७–६ ले पराजित गरे । ब्वाइज डबल्सतर्फ नेपालका आयुषमान हजुर घले र भारतका… पुरा पढौ

नेकपा एमाले समृद्धिका लागि सङ्कल्प यात्राको अभियान कास्कीमा हुने, टोलीलाई ९ स्थानमा भव्य स्वागत गर्ने

दीननाथ बराल पोखरा १९, मंसिर नेकपा एमाले समृद्धिका लागि सङ्कल्प यात्राको अभियान अन्र्तगत मंसिर २१ पर्सि (बिहिबार) र शुक्रबार कास्कीमा हुने भएको छ । “बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्पयात्रा”को एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरी सुरु भएको उक्त अभियान मंसिर २१ र २२ गते दुई दीन पोखरामा हुने तयारी गरिएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । नेकपा एमाले कास्कीले पोखरा सहित कास्कीका विभिन्न ९ वटा स्थानमा अध्यक्ष ओली सहितको उक्त अभियानमा रहेका… पुरा पढौ

२५ औं भदौरे पञ्चासे महोत्सव पुष ५ गतेदेखि हुने

पोखरा, १९ मंसिर कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ५ देखि ९ गते सम्म ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए । आन्तरिक तथा… पुरा पढौ

निःशुल्क स्वास्थ्य शिविरबाट पोखरा १५ मा २ सय जना लाभान्वित

पोखरा १९, मंसिर पोखरा महानगरपालिका वडा नं। १५ कार्यालय तथा शहरी स्वास्थ्य केन्द्र पोखरा १५ को आयोजनामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित भएका छन् । राइट फर चिल्ड्रेन सहयोगी संस्था रहेको शिविरमा वडा नं। १५ का विभिन्न उमेरसमूहका महिलाहरुको उल्लेख्य उपस्थिति रह्यो । २ सय २० जना महिलाले स्वास्थ्य जाँच गराएको वडाध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । वडाले गत साउन ३० गते पनि पाठेघरको मुखको क्यान्सर र आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरेको… पुरा पढौ

राहत रकम सहित कास्की काँग्रेस टोली जाजरकोट प्रस्थान

पोखरा, १९ मंसीर नेपाली काँग्रेस कास्कीको एक टोली भुकुम्प प्रभावित क्षेत्र तर्फ मंगलबार प्रस्थान गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालको नेतृत्वमा पार्टी सचिव देवेन्द्र रानाभाट सहसचिव नविन सिग्देल र जिल्ला सदस्य वावुराम गिरीको टोली नगद रकम र लत्ताकपडा सहित जाजरकोट प्रस्थान गरेको हो । कास्की काँग्रेसका कार्यकर्ता र शुभेच्छेकहरुबाट संकलितल ८ लाख दुई हजार ८ सय ८२ रुपैया नगद र ५७ हजारको वरावरको लत्तकपाडा लिएर त्यस तर्फ प्रस्थान गरेका हुन् ।उक्त रकम जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

स्वास्थ्य विकास र समृद्धिको सुचकः उपप्रमुख गुरुङ

पोखरा, मंसिर १८ गते पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षण सम्वन्धि निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै उहाँले,“ जुन देशका नागरिक स्वस्थ हुन्छ, त्यो देश समृद्धिको दिशामा अगाडी बढछ, त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।” उहाँले स्वास्थ्य सबैभन्दा ठुलो सम्पत्ति भएको बताउनुभयो । एउटा नागरिक स्वस्थ भए परिवार, समाज र देशनै समृद्धिको बाटोमा अगाडी बढछ भन्दै, समयसमयमा स्वास्थ्य जाँच… पुरा पढौ