जिवनशैली पत्रिका

कास्की–२ का कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोला घाइते, मनिपाल शिक्षण अस्पतालमा उपचार हुदै

पोखरा, कास्की क्षेत्र नं। २ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला चुनावी अभियानका क्रममा आफै सिँढीमा लडेर घाइते हुनुभएको छ । आइतबार अपराह्न चुनावी अभियान अन्तर्गत मतदाता भेटघाट गर्ने क्रममा सिँढीबाट चिप्लिएर लड्दा उहाँ घाइते हुनुभएको उहाँको निर्वाचन सचिवालयले जनाएको छ । दुर्घटनापछि उहाँलाई तत्काल पोखरा ११ फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उम्मेदवार बास्तोलाको देब्रे हात भाँचिएको छ । हाल उहाँको उपचार जारी रहेको अस्पताल श्रोतले पोखराक्लिकलाई जनाएको छ । यसैबीच, नेपाली कांग्रेसका युवा… पुरा पढौ

गण्डकी अर्थाेपेडिक एशोसियसनको अध्यक्षमा डा चन्द्र

पोखरा, २४ माघ, गण्डकी प्रदेशका अर्थाेपेडिक (हाडजोर्नी) विशेषज्ञहरूको साझा संस्था गण्डकी अर्थाेपेडिक एशोसियसन को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । हालै सम्पन्न एशोसियसनको भेलाले डा. चन्द्र बहादुर मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित समितिको प्रेसिडेन्ट इलेक्टको जिम्मेवारी डा. निरज रञ्जितले पाएका छन् । एशोसियसनको उपाध्यक्षमा डा. कृष्ण सापकोटा र महासचिवमा डा. झपिन्द्र पोखरेल चयन भएका छन् । यसैगरी, समितिको सह–सचिवमा डा. नवीन त्रिपाठी, कोषाध्यक्षमा डा. विजय परियार र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङलाई जिम्मेवारी प्रदान गरिएको… पुरा पढौ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

पोखरा ,माघ २५, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्। सोही क्रममा आइतबार कास्की जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन समेत गरेका हुन् । संवाद यात्राअन्तर्गत पोखरा २१का बिभिन्न ठाउँहरु पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारसम्म पुगेर स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया… पुरा पढौ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

पोखरा, २५ माघ, कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध गरेका छन् । कास्कीको अँधेरीखोला, मौजा, सहरी वडादेखि निर्मरपोखरीसम्म आफ्ना एजेण्डा राख्दै मतादातालाई भेट्दै हिँडेका कुशलले देशमा सुशासन र विकासका लागि अनुहारमात्र बदलेर नहुने बताए । ‘सामाजिक सञ्जालमा अहिले गलत सूचना र सामाग्रीको… पुरा पढौ

चार वटा उमेर समुहमा खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता फागुन पहिलो हप्ता पोखरामा हुने (भिडियो)

दीननाथ बराल,पोखरा, २५ माघ, चार वटा उमेर समुहमा खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता आउदो फागुन महिनाको पहिलो हप्ता पोखरामा हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा पोखरा महानगरपालिका–१०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा फागुन १ देखि ३ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=VdPlrX6qpdo मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को पाँचौँ संस्करणमा यू–११, य्रू–१३, यू–१७, र यू–१९ छात्र तथा छात्रा उमेर… पुरा पढौ

प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो । आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार गर्यो । प्रतिभाका लागि… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीको जेष्ठ नागरिकसंग छलफल

पोखरा, माघ २५जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न जेष्ठ नागरिक सम्बद्द संघ संस्था हरूसंग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अबसरमा प्रमुख पौडेलले जेष्ठ नागरिकको संबिधान र कानुनले ब्यबस्था गरेका सेवा सुबिधाको निसर्त कार्यन्वयन हुनुपर्ने भन्दै  विभिन्न  कार्यालय र सरोकारवालाहरू यस सम्बन्धमा गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । सार्बजनिक यातायातमा ५० प्रतिशत छुटको प्राबधान कार्यान्वयन हुन नसकेको ,सेवा प्रदायक अस्पताल ,बैंक सहितका सेवा प्रदायक निजि तथा… पुरा पढौ

आहा ! रारा पोखरा गोल्ड कपको तयारी पूरा (भिडियो सहित) उद्घाटन खेलमा मंगलबार आयोजक सहारा क्लव र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब भिड्ने

दीननाथ बराल, पोखरा, २५ माघ, नेपालकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको २५ औं संस्करण यही माघ २७ गते मंगलबारदेखि सुरु हुने भएको छ । पोखराको सहारा क्लवको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा सुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आभ्या क्लवमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=yR4-He6H0S4 उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागि हुने क्लवका अध्यक्ष केशवबहादुर थापाले बताउनु भयो । मंगलबार उद्घाटन खेलमा आयोजक सहारा क्लव र हङकङको गोर्खा इन्टरनेशनल… पुरा पढौ

टी–२० विश्वकपमा नेपाल–इंग्ल्यान्ड पहिलो भिडन्त, जितकोको खोजीमा नेपाली टोली

पोखरा, आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ मा नेपालको यात्रा आज (आइतबार) दुई पटकको च्याम्पियन इंग्ल्यान्डविरुद्धको खेलबाट सुरु हुँदैछ। भारत र श्रीलंकामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले बलियो टेस्ट राष्ट्र इंग्ल्यान्डसँग पहिलो पटक अन्तर्राष्ट्रिय भेट गर्दैछ। विश्वकपको उद्घाटन दिन शनिबार सम्पन्न तीन खेलमा एसोसियट टोलीहरूले टेस्ट राष्ट्रलाई कडा चुनौती दिएका थिए। नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज र अमेरिकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि नेपालबाट पनि ‘सरप्राइज’को अपेक्षा बढेको छ। इंग्ल्यान्ड जस्तो शक्तिशाली टोलीविरुद्ध मैदान उत्रँदै गरेको नेपाली टोली केही विशेष गर्ने लक्ष्यका… पुरा पढौ

पोखरा म्याराथनको पूर्व अवसरमा पोखरामा ह्विल चियर तथा दृष्टिविहीन दौड सम्पन्न (भिडियो सहित)

पोखरा, खेलकुदको शहर पोखरामा आउदो शनिबार (फागुन २ गते) हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन अन्तर्गत शनिबार ह्वीलचियर र दृष्टिविहीन् दौड प्रतियोगिता सम्पन्न भएका छन् । शनिबार पोखरा रंगशालामा सम्पन्न दृष्टिविहीन दौड प्रतियोगितामा पुरुषतर्फ लमजुङका विसु तामाङ प्रथम, म्याग्दीका सोनम विक द्वितीय र स्याङ्जाका युवराज भण्डारी तृतीय भए । https://www.youtube.com/watch?v=wkoX4ZVVUPY दृष्टिविहीन दौड प्रतियोगितामा महिलातर्फ स्याङ्जाकी देवी बराल प्रथम, पोखरा अमरसिंहकी शर्मिला सुनार द्वितीय र कास्कीकै कृष्टिना पौडेल तृतीय भईन् । त्यस्तै, ह्वीलचेयर दौडमा पुरुषतर्फ कास्कीका भरत अधिकारी प्रथम, तनहुँका जीवन श्रेष्ठ… पुरा पढौ