जिवनशैली पत्रिका

लामाचौर कप भलिबल फाइनल ः एपिएफको प्रतिद्धन्द्धी पुलिस र न्यु डायमण्ड

पोखरा २०, भदौ, महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने भएका हुन् । पोखरा २० भदौ । लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो । फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबलको सामना गर्ने भएको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा… पुरा पढौ

मिस मगर नेपालको ग्राण्ड फिनाले शनिबार, धिरज मगर र उपसना आउने

पोखरा, २० भदौ निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् । पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार (२२ गते) हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार उक्त दिन उनीहरुले रुकुमको मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् । अशोक थापामगरले निर्माण गरेको सो चलचित्रलाई असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी छ ।… पुरा पढौ

तीजमा लामाचौर महोत्सवको रौनक, सम्झना भण्डारी र दुर्गेश थापा आउने

पोखरा, २० भदौ, तीज भन्नेबित्तिकै लामाचौर सम्झिने धेरै छन् । लामाचौरमा यसपालि पनि तीज महोत्सव रौनकले छपक्कै छोपेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि सुरु २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ को दोस्रो दिन बिहीबार दर्शकको ठूलो भीड लाग्यो । आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको प्रस्तुतिमा दर्शक छमछमी नाचेर साथ दिएका थिए । यस्तै, जीवन दाहाल र वसन्त विश्वकर्माले प्रस्तुति दिए । तीनदिने… पुरा पढौ

पोखरा १६ द्वारा विद्यावारिधी गरेका व्यक्ति र उत्कृष्ट दुई विद्यालयलाई सम्मान, आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन मेयर आचार्यको आग्रह

पोखरा २० भदौ, पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्राडा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास,डा दिर्घमान गुरुङ,डा गोपाल घिमिरे,डा महेन्द्र व.वानियाँ, डा अर्जुन वानियाँ, प्राडा धुर्व व. कार्की,डा श्रीराम आचार्य,डा निशा वराल, डा सुरेश पौडेल, डा प्रज्ञा गौतम,डा उत्तम थापा,डा विदुर देवकोटा,डा गौतम गुरुङ,डा… पुरा पढौ

पोखरा १५ ले आयोजना गरेको तिज गित प्रतियोगितामा माछापुच्छ्रे« चौतारी आमा समूह प्रथम

पोखरा २०, भदौ, पोखरा महानगरपालिका वडा नं १५ ले महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा हालै आयोजना गरेको तिज गित प्रतियोगितामा माछापुच्छ्रे« चौतारी आमा समूह प्रथम भएको छ । प्रतियोगितामा चेतना कृषि महिला समूह दोस्रो र जन जाग्रिती आमा समूह तेश्रो स्थान हासिल गरेको छ । विजेताले क्रमशः २० हजार, १३ हजार ४ सय, ९ हजार ४ सय र शान्त्वना भएका दुई कोलपाटन आमा समुह र स्यानिपाटन आमा समूहले समान ४ हजार नगद र प्रमाणपत्र हात गरे । प्रतियोगितामा… पुरा पढौ

ऐतिहासिक पदक दिलाउने पलेशा गोवर्धनलाई नेपालमा भव्य स्वागत

पोखरा १९, भदौ, ऐतिहासिक पदक दिलाउने पलेशा गोवर्धनलाई नेपालमा भव्य स्वागत गरिएको छ । पेरिसस्थित ग्रान्ड प्यालेसमा अगष्ट ३० तारिखमा भएको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक प्रतिष्प्रर्धामा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाएसंगै आज स्वदेश फर्किनु भएको उहाँलाई विमानस्थलबाटै बाजा गाजा सहित फुलमालाले भव्य स्वागत गरिएको हो । पलेशाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो पदक भएकोले त्यसको खुसियालीमा खेलाडी सम्मान सहित उहाँलाई नगर परिक्रमा समेत गराइएको राष्ट्रिय खेलकुद परिषद (राखेप)… पुरा पढौ

श्रीकृष्ण मन्दिर रामबजारमा निःशुल्क दन्त शिविर सम्पन्न

पोखरा १९, भदौ, पोखरा १० मा रहेका श्रीकृष्ण मन्दिर संचालक समिति र श्रीकृष्ण मन्दिर आमा समूहको संयुक्त आयोजनामा बुधबार मन्दिर परिसरमा आयोजना भएको निःशुल्क दन्त शिविरबाट ७५ जना लाभान्वित हुनु भएको छ । ’आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने मुल नारा सहित आयोजना भएको शिविरमा पोखराको गण्डकी मेडिकल कलेजको सहयोग रहेको समितिका अध्यक्ष विश्व तण्डुकारले बताउनु भयो । पोखरा–१०, श्रीकृष्ण मन्दिरचोकमा आयोजित शिविरमा बिद्यार्थी देखि ज्येष्ठ नागरिकको समेत सहभागिता रहेको उहाँले जनाउनु भयो । कलेजका डा.कृष्ण… पुरा पढौ

लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी, बुधबार तीन खेल सम्पन्न

पोखरा १९, भदौ, पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज ९नाकोड्स० को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव ९लाइट प्रोटेस्ट०… पुरा पढौ

ऐतिहासिक बाटुलेचौर तिज मेला शुरु, ह्याण्डवलका अन्तर्राष्टिय खेलाडी वस्नेत सम्मानित

पोखरा १९ भदौं, पोखरा १६ स्थित बाटुलेचौरमा ऐतिहासिक बाटुलेचौर तिज मेला शुरु भएको छ । वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा हुने मेलाको वुधवार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभयो । कार्यक्रममा वोल्दै मन्त्री थापाले साँस्कृतिक मेला महोत्सवले स्थानिय पहिचानलाई विश्वमाझ पुर्याउने वताए । उनले पोखराको वाटुलेचौर प्राचिन मेला स्थलको रुपमा रहेको वताउँदै, यसको संरक्षण विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्घता जनाए… पुरा पढौ

बिएससी नर्सिङको प्रवेश परीक्षा प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट

पोखरा, भदौ १९, चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छिन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिश्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा आफुलाई उभ्याएकी हुन् । ढकालले सर्वाधिक १६४ अंक ल्याएकी छिन् । हालै प्रकाशित प्रवेश परीक्षाको नतिजामा सर्वाधिक अंक ल्याएर नेपालमै उत्कृष्ट भएको भन्दै प्रतिभा माविले बुधबार ढकाललाई विद्यालयमै सम्मान पनि गरेको छ । प्रतिभा माविका प्राचार्य किरण सापकोटाका अनुसार ढकाल पहिलेदेखि नै पढाईमा अब्बल थिईन… पुरा पढौ