पोखरा, २ मंसिर, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर प्रशासन जनमुखी हुनुपर्नेमा जोड दिएका छन् । उनले राज्यले संकलन गरेको कर जनताकै हितमा पारदर्शी तरिकाले खर्च गर्दामात्र राजश्व संकलनको दायरा बढ्ने पनि बताए । निजी क्षेत्र कर तिर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताउँदै उनले भने,‘आफूले तिरेको कर आफ्नै हितमा खर्च भएको छ भन्ने अनुभूति होस्,सजिलो तरिकाले कर तिर्न पाइयोस् र झन्झट नहोस्, आफू हेपिएको वा पेलाइमा परेकोजस्तो पनि नलागोस् । अध्यक्ष कार्की सोमबार पोखरा महानगरपालिकाको आयोजना तथा संघकै समन्वयमा…
पुरा पढौ