सोमबार राति दुर्गा प्रसाईं पक्राउ, समर्थकहरू आजैदेखि आन्दोलनमा

-


     पोखरा क्लिक     
     मंसिर २ गते २०८२ मा प्रकाशित


राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाट हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको छ।

प्रसाईंको गिरफ्तारीको विरोधमा नागरिक बचाउ दलले मंसिर ७ गतेका लागि घोषणा गरिएको प्रदर्शन नपर्खी आजैदेखि देशव्यापी आन्दोलन सुरु गर्ने जनाएको छ । दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले ‘मध्यराति अपहरण–शैलीमा गरिएको पक्राउले सरकार स्वयंले शान्ति भंग गरेको’ आरोप लगाउँदै तुरुन्तै आन्दोलनमा उत्रिने बताएका छन्।

नागरिक बचाउ दलले प्रसाईको रिहाईको माग समेत गरेको छ । प्रसाईले एनपिएललाई समेत केही समय खेल सार्न चेतावनी समेत दिएका थिए । मंसिर ७ गते देखि नेपाल बन्दको आव्हान गर्दै आएका प्रसाई नेतृत्व टोलीले आन्दोलनमा सहभागि हुन आग्रह गर्दै आएका थिए ।