गण्डकी सेरोफेरो

नागरिकको जीवन सहज बनाउनु मेरो प्राथमिकताः सांसद पौडेल

पोखरा, १४ वैशाख, कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उत्तम प्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार र पर्यापर्यटनको विकासका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ। सोमबार पोखरा महानगरपालिका वडा नं.२० का विभिन्न क्षेत्रमा पुगेर नागरिकहरूसँग अन्तरक्रिया गर्दै उहाँले सो कुरा बताउनुभएको हो। सांसद पौडेलले पोखरा—२० अन्तर्गतका आटिघर, मौजा, मोहरिया र लामडाँडा क्षेत्रका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे छलफल गर्नुभएको थियो। निरीक्षणका क्रममा सांसद पौडेलले पोखरा २० र मादी जोड्ने पुलको… पुरा पढौ

याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम सुरु

पोखरा, १७ चैत, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा कास्कीको याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्यमा कास्कीको मादी गाउँपालिका –३ याङ्जाकोटमा मंगलबार देखि सुरु भएको तालिम बुधबार सकिनेछ । तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको बताइन् । ‘फोटो पत्रकारको एक क्लिकले इतिहास, मानवीय… पुरा पढौ

साहित्यकार मदन भण्डारी भुइँमान्छेका साथी

समयको गति सधैँ एकै भए पनि समय उहीँ हुँदैन रहेछ । त्यसैले होला पोखरेली साहित्यिक वृत्तमा २०८१ चैत्र १६ गतेको बिहान सदाको जस्तो सुनौलो रहेन । पोखरेली साहित्य आकाश धुम्म देखियो । भुइँमान्छेका साथी बनेर आफ्नो जीवनलाई अगाडि बढाएका साहित्यकार मदन भण्डारीको भौतिक शरीर ७१ वर्षको उमेरमा सदाका लागि अस्तायो । इलामको फिक्कलमा जन्मेर पोखरालाई कर्मथलो बनाएर अगाडि बढेका मदन भण्डारी जति राष्ट्रसेवक थिए त्यो भन्दा बढी साहित्यसेवक र सङ्गठक थिए । हकी र निडर स्वभावका भण्डारीले जागिरे जीवनका क्रममा… पुरा पढौ

चैत अन्तिम साता लेखनाथमा तेस्रो ‘सूर्य तारा खेल तथा सांस्कृतिक महोत्सव’ हुने, फुटवलबाट सेभेन ए साइड फुटवल तर्फ

दीननाथ बराल, पोखरा १३, चैत, पोखरा महानगरपालिका २७ (लेखनाथ) मा यही चैत महिनाको अन्तिम साता तेस्रो संस्करणको ‘सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ । पोखरा २७ को सूर्य तारा क्लबको आयोजनामा यही चैत्र २७ गतेदेखि ३० गतेसम्म उक्त महोत्सव हुने भएको आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सवलाई आकर्षक र सहभागितामूलक बनाउन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको प्रतियोगिता मुल समारोह समितिका संयोजक विष्णु पुनले बताउनु भयो । महोत्सवका मुख्य आकर्षणहरूमा सेभेन… पुरा पढौ

धार्मिक पदमार्ग विकासमा मन्त्री पौडेलको जोड, “म आफैँ लेखक र पदयात्री, समस्यासँग परिचित छु”

पोखरा, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल(गनेस) ले पद बहालीसँगै नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल बाट राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उहाँ सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो। वालेन्द्र शाह नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पौडेललाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गरेका थिए। पद बहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।… पुरा पढौ

देशमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाह, पर्यटन मन्त्रीमा पोखराका गनेस पौडेल

काठमाडौं, देशमा नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै बालेन्द्र शाह को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले आज शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउनुका साथै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि शपथ गराउनुभएको हो। नवनियुक्त मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्रीमा सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा पोखराका गनेस… पुरा पढौ

स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइरालालाई श्रम संस्कृति पार्टीले सघाउने गरी सहकार्य, पोखरामा सम्पर्क कार्यालय स्थापना (भिडियो सहित)

दिननाथ बराल,पोखरा, ३ फागुन कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार युवा वैज्ञानिक डा.निरञ्जन कोइरालाले आफ्नो चुनावी एजेण्डा श्रम संस्कृति पार्टीसँग मेल खाएको भन्दै सहकार्यको घोषणा गरेका छन्। शनिबार पोखरामा आयोजित कार्यक्रममा सम्पर्क कार्यालयको रिबन काटेर शुभारम्भ गर्दै उनले हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग सघाउने गरी सहकार्य गरेको जानकारी दिए । https://www.youtube.com/watch?v=5tf070SDFRk पत्रकारहरुको जिज्ञासामा उनले स्वतन्त्र उम्मेदवार भएर पनि पार्टीसँग सहकार्य गर्नुको कारण स्पष्ट पार्दै भने, “देशलाई परनिर्भरबाट आत्मनिर्भर बनाउने, जल, जमिन र श्रम शक्तिलाई यहीँ… पुरा पढौ

कास्कीमा पहिलोपटक उज्यालो नेपाल पार्टीद्वारा २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक (भिडियो सहित) पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानदेखि फोहोरको दिगो व्यवस्थापनसम्मका स्पष्ट योजना

दीननाथ बराल,पोखरा २७, माघ उज्यालो नेपाल पार्टीबाट कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुशल गुरुङले पोखराको दिगो विकास, पर्यावरण संरक्षण र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आफ्नो २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै गुरुङले भाषण र नाराभन्दा काम र परिणाममा आधारित राजनीति गर्ने प्रतिबद्धता जनाए। पोखरा कुनै सरकारी घोषणाले होइन, यहाँको अनुपम प्राकृतिक सौन्दर्यका कारण पर्यटनको राजधानी बनेको सहर भएको उनको भनाइ थियो। https://www.youtube.com/watch?v=B05Cp52jAtI गुरुङका अनुसार विश्वका १४ वटा आठ हजार मिटरभन्दा… पुरा पढौ

प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो । आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार गर्यो । प्रतिभाका लागि… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीको जेष्ठ नागरिकसंग छलफल

पोखरा, माघ २५जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न जेष्ठ नागरिक सम्बद्द संघ संस्था हरूसंग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अबसरमा प्रमुख पौडेलले जेष्ठ नागरिकको संबिधान र कानुनले ब्यबस्था गरेका सेवा सुबिधाको निसर्त कार्यन्वयन हुनुपर्ने भन्दै  विभिन्न  कार्यालय र सरोकारवालाहरू यस सम्बन्धमा गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । सार्बजनिक यातायातमा ५० प्रतिशत छुटको प्राबधान कार्यान्वयन हुन नसकेको ,सेवा प्रदायक अस्पताल ,बैंक सहितका सेवा प्रदायक निजि तथा… पुरा पढौ