गण्डकी सेरोफेरो

जोन्टा क्लबद्वारा १ लाख ५० हजार राहत

पोखरा, २४ भदौ, रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ जोन्टा क्लब अफ पोखराले १ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको उक्त बराबरको रकमको भौचर जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाएको छ । क्लबका अध्यक्ष नेलिसा ठकुरी नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारीलाई भौचर हस्तान्तरण गरिएको क्लबका सचिव बन्दना कार्की केसीले बताइन् । सो अवसरमा क्लब उपाध्यक्ष सिर्जना भट्टराई, सचिव बन्दना कार्की केसी, कोषाध्यक्ष श्रीविद्या कायस्थसमेतको उपस्थिति थियो । क्लबले अर्को… पुरा पढौ

पर्यटनको राजधानी पोखरा हुँदै प्रधानमन्त्री गाउँको अन्नपूर्ण इको भिलेजमा बास बस्दै, शनिबार मुस्ताङ जाने

दीननाथ बराल,पोखरा, ५ भदौ, पर्यटनको राजधानी पोखरा निजी भ्रमणमा आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नुभएको छ। प्रधानमन्त्री शाह शुक्रबार दिउँसो श्रीमती सविना काफ्ले र छोरीसहित निजी गाडीमा सडकमार्ग हुँदै पोखरा आउनुभएको हो। पोखरा आइपुगेपछि प्रधानमन्त्री शाह स्थलमार्गबाटै अस्ताम पुग्नुभएको हो। ग्रामीण परिवेशमा रहेको इको भिलेजबाट मौसम खुलेका बेला अन्नपूर्ण हिमशृंखलासँगै पोखराको हेमजा बजार र आसपासका मनोरम दृश्य देख्न सकिन्छ। शान्त र प्राकृतिक वातावरणमा रहेको यो स्थानमा प्रधानमन्त्री शाहले पारिवारिक समय बिताउने बताइएको… पुरा पढौ

हरेक महिनाको पहिलो शनिबार पोखरामा ‘फनराइड’, साइकल संस्कृतिलाई प्रवर्द्धन गर्ने तयारी, पोखरादेखि ढोरवराही मन्दिरसम्मको यात्रा हुने

पोखरा, साइकल सिटी पोखराले स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनसँगै पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यले हरेक महिनाको पहिलो शनिबार नियमित ‘फनराइड’ आयोजना गर्ने क्रममा यसपाली भने पोखरादेसखि तनहुँको ढोरवाराही मन्दिरसम्म गर्ने भएको छ । साइकल सिटी पोखराको आयोजनामा हुने फनराइडमा पोखराबाट करिब ७० जना तथा शुक्लागण्डकी साइक्लिङ क्लबबाट करिब ५० जना साइकलप्रेमीको सहभागिता हुने भएको छ। नियमित साइकल यात्रामार्फत स्वस्थ जीवनशैली, वातावरणमैत्री यातायात र पर्यटन प्रवर्द्धनको सन्देश फैलाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिन लागिएको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण… पुरा पढौ

पर्यटन चालकका लागि पोखरामा २० घण्टे व्यावहारिक अंग्रेजी भाषा तालिम सुरु (भिडियो सहित) ,गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना छः मन्त्री रिमाल

दीननाथ बराल पोखरा, भदौ ४ पर्यटन क्षेत्रमा कार्यरत पर्यटक सवारी चालकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा २० घण्टे व्यावहारिक तथा सघन अंग्रेजी भाषा तालिम सुरु भएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समन्वय तथा अमेरिकी दूतावास नेपालको सहयोगमा आज (बिहीबार) देखि तालिम सुरु भएको हो । https://www.youtube.com/watch?v=2wA1o3bnGYU तालिम भदौ ८ गतेसम्म पोखरास्थित होटल एलिगेन्समा सञ्चालन हुने भएको नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्यले बताउनु भयो । तालिममा १९… पुरा पढौ

पर्वतीय दौड प्रतियोगिताको तयारी स्वरूप शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने

पोखरा ४, भदौं, तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता–२०८३ को तयारीस्वरूप आउदो शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको गाउँ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा करिब ७ किलोमिटरको हाईकिङ हुन लागेको आयोजकले जनाएको छ । पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क (ड्यामसाइड) बाट शनिबार बिहान ७ः३० बजे सुरु हुने हाईकिङ रानीवन हुँदै पुम्दीकोटस्थित विशाल महादेवको मूर्तिसम्म पुगेर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’सम्म पुग्नेछ । पदयात्रामा पर्यटनकर्मी, संचारकर्मी, स्थानीयवासीकोे सहभागिता… पुरा पढौ

पर्वतीय पत्रकारितामा योगदान पु¥याए वापत पत्रकार भुपाल गुरुङ सम्मानित

पोखरा पर्वतीय पत्रकारितामा योगदान पु¥याएको भन्दै पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले गुरुङलाई पर्वतीय पत्रकारितामार्फत हिमाल, पदयात्रा, पर्वतारोहण, प्रकृति तथा हिमाली जीवनका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै नगद सहित सम्मान गरेको हो । संघको पोखरामा आयोजित १८ औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनको अवसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ र सचिव मनशान्त घिमिरे, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहारीलगायतले गुरुङलाई नगद,… पुरा पढौ

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु

पोखरा, २९ साउन, नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रमबीच अभियानको शुभारम्भ गरेका हुन् । अभियान शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले सुरु गरेको भाषिक शुद्धताको अभियान अन्य प्रदेशका लागि समेत सिकाइ बन्न सक्ने बताए । उनले गण्डकीबाट सुरु भएको अभियानलाई आगामी दिनमा ‘शुद्ध बोल्छ नेपाल,… पुरा पढौ

पृथ्वीराजमार्ग बसपार्क अगाडि अब जथाभावी पार्किङ गर्न नपाइने, सबै बस बसपार्कबाटै सञ्चालन हुने

दीननाथ बराल, पोखरा २६, साउन, पोखराको पृथ्वीचोक क्षेत्रलाई व्यवस्थित बनाउने अभियान सुरु भएको छ । पोखरा बसपार्क निर्माणका लागि बसपार्कभित्र रहेका केही संरचना हटाइएसँगै अब पृथ्बीचोक क्षेत्रका पृथ्वीराजमार्गको सडक तथा फुटपाथमा हुने जथाभावी पार्किङ र यात्रु चढाउने–ओराल्ने कार्यलाई पूर्ण रूपमा रोक्ने अभियान आजबाट सुरु भएको हो । तष्विर शुदर्शन रञ्जित अब पृथ्वीचोक हुँदै पोखरा भित्रिने तथा बाहिरिने सार्वजनिक सवारीसाधनले सडक र फुटपाथबाट यात्रु चढाउने–ओराल्ने पाउने छैनन् । सबै बसले पोखरा बसपार्कभित्रैबाट यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाइने भएको छ ।… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षका लागि ३ जना बुद्धाचार्य, आचार्य र गौतम आकांक्षी, चुनावी सरगर्मी बढ्दो

दीननाथ बराल,पोखरा २५, साउन, पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औं साधारण सभा तथा ३६ औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि हालसम्म तीन जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । हालसम्म संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वाणिज्य उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, अर्जुन पोखरेलको नाम पनि… पुरा पढौ

ढिकुरपोखरीको माछापुच्छ्रे माविका पूर्व विद्यार्थी मञ्चद्धारा निःशुल्क आँखा शिविर सञ्चालन, ५ सय जना लाभान्वित

पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित श्री माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित एकदिने निःशुल्क आँखा शिविरबाट करिब ५ सय जना लाभान्वित भएका छन्। पूर्व विद्यार्थी मञ्च, माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको आयोजनामा सम्पन्न शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका हुन् । पूर्व विद्यार्थी मञ्चको आयोजना, अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, हिमालयन आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोग तथा माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको स्थानीय व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा परीक्षण… पुरा पढौ