कास्की

पोखरामा विहिबार देखि फेवा संवाद हुने, १० देशका विज्ञहरु सहभागि, उद्घाटन पूर्व राष्ट्रपति भण्डारीले गर्ने

दीननाथ बराल, पोखरा ३, पुष, त्रिभुवन विश्व विद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा भोलि देखि फेवा संवाद (डाईलक) सुरु हुने भएको छ । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा भोलि (विहिबार) देखि उक्त कार्यक्रम हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय… पुरा पढौ

सात बुंदे घोषणा पत्र जारी गर्दै अन्तर व्यवस्थापिका मञ्चको १० औं सम्मेलन पोखरामा सम्पन्न

दीननाथ बराल, पोखरा ३, पुष, सात बुंदे घोषणा पत्र जारी गर्दै अन्तर व्यवस्थापिका मञ्चको १० औं सम्मेलन पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानि पोखरामा तीन दीन संचालन भएको सम्मेलनले विगतका पूराहुन बाँकी रहेका प्रतिवद्धत्ता एवं घोषणाहरुको क्रमश कार्यान्यन गर्दै जाने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । जारी घोषणा पत्रमा उल्लेख भए अनुसार संघीयता एवम् संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूची अन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा तीन वटै सभाको… पुरा पढौ

एलिभेटरका लागि अब काठमाण्डौ धाउन नपर्ने पोखरामा फुजी ब्राण्डका एलिभेटर उपलब्ध

पोखरा ३, पुष, पर्यटकीय शहर पोखराबाट जापानिज प्रविधिको फुजी ब्राण्डको एलिभेटर (लिफ्ट) बिक्री बितरण हुने भएको छ । जापानिज प्रविधि र चीनमा कोलाब्रेट गरिएको फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि पोखरामा एलिभेटर टेक नेपाल पोखराले पोखराको चाउथेबाट बिक्री शुरु गरेको हो । फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरको लागि नेपालको आधिकारीक बिक्रेता एलिभेटर टेक नेपालको शुरुवात गर्दै मणिपाल शिक्षण अस्पतालका सञ्चालक आनन्द बतासले नेपालमा एलिभेटर खरिद गर्दा विभिन्न समस्याहरु उत्पन्न भरहदा फुजी ब्राण्डले पोखरामानै नेपालको लागि आधिकारीक डिलर सञ्चालन गरेकोमा खुसी… पुरा पढौ

पोखरा महोत्सवको बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक

पोखरा ३, पुष, आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।… पुरा पढौ

खेलकुद शिक्षासँगै विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनिय ः मन्त्री थापा

पोखरा ३, पुष, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन् । गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विश्वविद्यालयले खेलकुदको शिक्षा संगै विद्यार्थीहरुको बहुआयामिक विकासमा समेत उत्तिकै भूमिका खेलेको बताउँदै मन्त्री थापाले भने–“प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना हुनु पर्छ भनेर नै… पुरा पढौ

शहिद स्मृति माविले जित्यो दोस्रो कुलपति रनिङ शिल्ड फुटबलको उपाधि

पोखरा ३, पुष, गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहिद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहिद स्मृतिले कुलपति रनिङशिल्डको उपाधि जितेको हो । स्टेप बाई स्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । शहिद स्मृतिले ४ वटै गोल गर्दै… पुरा पढौ

टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

पोखरा ३, पुष, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सरकार र सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । “पर्यटन व्यवसायीले कति कमाउँछ भन्नेमा चासो जति छ,त्यति… पुरा पढौ

घलेलमा २६ औं ल्होछार उत्सव हुँदैं, भलिबल प्रतियोगिताको उपाधि राशी ६५ हजार, घोडा दौड तर्फ ४० हजार

पोखरा, ३ पौष, तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २६ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, सामुहिक नृत्य, घोडा दौड लगायतका प्रतियोगिता समावेश गरिएको छ । अध्यक्ष गुरुङले गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई… पुरा पढौ

रास्वपा सभापति लामिछानेलाई फेरी पनि ४ दिन म्याद थप

पोखरा २, पुष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले पुनः अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थप गरेको जिल्ला अदालतले जनाएको छ। लामिछानेलाई अदालतबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहनुभएका लामिछाने गत कार्तिक… पुरा पढौ

गण्डकी बोर्डिङमा वार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

पोखरा, २ पुस, गण्डकी बोर्डिङ स्कुल, लामाचौरमा बुधबारदेखि वार्षिक खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी एवं रमाइलो मेला सुरु हुँदैछ । विद्यालय परिसरमा ३ दिनसम्म चल्ने कार्यक्रममा पहिलो २ दिन विभिन्न इभेन्ट्समा खेलकुद क्रियाकलाप हुनेछन् । अन्तिम दिन शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र रमाइलो मेला हुने विद्यालयका मावि सुपरभाइर शान्तबहादुर विकले जानकारी दिए । बुधबार बिहान साढे १० बजे सुरु हुने खेलकुदमा कक्षा ४ देखि १२ विद्यार्थीले भाग लिने छन् । उद्घाटन अवसरमा विद्यार्थीले मार्चपास गर्ने छन् । यसैगरी, विभिन्न दूरीमा… पुरा पढौ