चालक नभएको अबस्थामा कास्कीको धान्द्रुकमा जिप दुर्घटना ५ जना घाइते

-


     पोखरा क्लिक     
     पौष ४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ४, पुष,

कास्कीको धान्द्रुकमा चालक नभएको अबस्थामा जिप दुर्घटना हुँदा ५ जना घाइते हुनु भएको छ । आज दिउँसो करिब २ः०० बजे धान्द्रुकको बिकासे डाँडाबाट चालक नभएको अबस्थामा जिप भिरमा खस्न पुग्दा जिपमा सवार ५ जना घाइते हुनु भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष गौतम गुरूङले पोखराक्लिकलाई बताउनु भयो ।

ग १ ज ६८२१ नम्बरको जिप रोकेर बाटो अवलोकन गर्न चालक गएको अबस्थामा जिप दुर्घटनामा परेको हुन सक्ने स्थानियले बताउनु भएको छ । जिपमा ५ जना सवार हुनु भएको थियो भने एक जना जिप दुर्घटना हुदा बिच भिरमा पल्टना पुग्दा घाइते अबस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पोखराबाट धान्द्रुक जाँदै सडक देखि उक्त जिप करिब २ सय मिटर टाडाको दुरीमा पुगेको स्थानियले बताउनु भयो । घाइतेहरुको हाल स्थानिय, प्रहरीहरुको सहायताबाट उद्धार गर्दै गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी वशन्तकुमार शर्माले जनाउनु भयो । चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । उक्त जिप जंगलको भिरमा लड्न पुगेको बताइन्छ ।