कास्की

पुष १३ देखि पोखरामा संचालन हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ मा ३ देशका २० टिम सहभागि हुने

दीननाथ बराल, पोखरा २, पुष, पोखरामा यहीे पुष १३ देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ । यहीे पुष १५ गतेसम्म पोखराको फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चिन र श्रीलङकाका खेलाडीहरु सहभागि हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपाल, चाइना र सिंङगापुरको एक टोली सहित २० टोलीको सहभागि हुने भएको पोखरा महानगरपालिकाका मेयर धनराज… पुरा पढौ

प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सातै प्रदेशका प्रदेश सभाका पदाधिकारी पोखरामा

पोखरा २, पुष, प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सातै प्रदेशका प्रदेश सभाका पदाधिकारी पोखरामा भेला हुनु भएको छ । पोखरामा आज (मंगलबार) देखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागि हुन प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सातै प्रदेशका प्रदेश सभाका पदाधिकारी पोखरामा भेला हुनु भएको हो । बुधबारसम्म चल्ने सम्मेलनले पोखरा घोषणा पत्र समेत मंगलबार जारी गर्ने भएको छ । उक्त सम्मेलनको सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।… पुरा पढौ

नारिशक्ति जागरण आमा समुहमा लम्साल

गण्डकी,२ पुस, नारिशक्ति आमा समुह पोखरा १७ को पाँच साधारण सभा एवम् तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राधादेवी लम्सालको अध्यक्षक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । दुई बर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा पूर्णकला बास्तोला पोखरेल, सचिव सरस्वती नेपाल सुवेदी, सहसचिवमा सरस्वती लम्साल, कोषाध्यक्ष मञ्जु क्षेत्री, सहकोषाध्यक्षमा हरिकमल केसी निर्वाचित हुनु भयो । त्यसै गरि समुहको सदस्यहरुमा जोती शेरचन, दुर्गा पौडेल, अप्सरा गोदार,डिममाया कार्की, सुजिता पराजुली, सरास्वती अधिकारी, सिता पौडेल क्षेत्री, सरास्वती सुवेदी, गिता विक… पुरा पढौ

रास्वपा सभापति लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझायो

पोखरा १, पुष, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाएर कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपितहरु संगको बयान र सोधपुछ एवं अध्ययन अनुसन्धान गरेको कास्की प्रहरीले ८४ दिनपछि सोमबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले बताउनु भयो ।सहकारी ठगी आरोपमा पक्राउ पर्नु भएको लामिछाने सहितका अन्यलाई सम्पत्ति सुद्धिकरण, सहकारी गठी, संगठित अपराध सम्बन्धि कसुरमा अनुसन्धान… पुरा पढौ

लेखनाथ महोत्सवको ७५ प्रतिशत स्टल बुकिङ

लेखनाथ, १ पुस, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औं संस्करणको लेखनाथ महोत्सवका लागी हाल सम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये सोमबार सम्म दुई सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर १७ गते बाटस्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागी… पुरा पढौ

प्रदीप मेमोरियल बास्केटबलको तयारी तिब्र

पोखरा १ पुष, कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।उनका अनुसार खुला पुरुषतर्फ अहिलेसम्म कुल १४ टिम र महिलातर्फ ४ टिमको दर्ता भएको छ । संयोजक गुरुङले अन्य टिम पनि दर्ता गर्नका लागि… पुरा पढौ

लिटल फ्लावरले गर्यो खेलाडीको सम्मान

पोखरा १, पुष, पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले नेशनल प्याब्सन कास्कीको गत साता सम्पन्न १४औं खेलकुद महोत्सवमा विभिन्न विधामा उत्कृष्टता देखाउन सफल आफ्ना विद्यालयका खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गर्दै प्रिन्सिपल बिकल पौडेलले पढाइसगै खेलकुदको माध्यमले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने धारणा राखे । विद्यालयकी संस्थापक एवम् सञ्चालक अध्यक्ष देवी खड्का, कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने,सञ्चालक रामप्रसाद अधिकारी,हेमा पुन,शिक्षक रामभक्त… पुरा पढौ

लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना 

पोखरा, ०१ पौष , इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गर्नुभएको हो ।  अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाहरूले समेत सेवा लिन सक्ने… पुरा पढौ

इक्यान कास्की अध्यक्षमा ओमप्रकाश गैरे, सचिवमा सुरेन्द्र बराल चयन

पोखरा, १ पुस, नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० कास्कीमा नयाँ नेतृत्व आएको छ । शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही ९सन्तोष० पुनः दोहोरिएका छन् । यस्तै सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित भएका छन् । उपाध्यक्ष वाहेकका पदाधिकारीका लागि सहमती नभए पछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको… पुरा पढौ

सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

पोखरा, १ पुुस, पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारी उद्घाटन गर्नुुभएको थियो । सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै उहाँले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गर्नुुभयो । समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले… पुरा पढौ