पुष १३ देखि पोखरामा संचालन हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ मा ३ देशका २० टिम सहभागि हुने

-


     पोखरा क्लिक     
     पौष २ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २, पुष,

पोखरामा यहीे पुष १३ देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ । यहीे पुष १५ गतेसम्म पोखराको फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चिन र श्रीलङकाका खेलाडीहरु सहभागि हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपाल, चाइना र सिंङगापुरको एक टोली सहित २० टोलीको सहभागि हुने भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो ।

प्रतियोगितामा चिनबाट ८ टिम , सिंगापुरबाट १ र बाँकी ११ टिम भने नेपालका विभिन्न ठाँउबाट सहभागि हुने भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा गण्डकी सहित बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लव, ड्रगन बोर्ट गण्डकी, बेगनास टिम, रुपाताल टिम, नाराका सहितका नेपालका ११ टिमको सहभागिता हुने भएको हो ।

नेपाल र चीन बीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्न मद्धत पुग्ने गरी उक्त कार्यक्रम पोखरामा दोश्रो पटक गर्न लागिएको

५ सय र २ सय मिटरका बिजेता टीमलाई जनही ५ हजार अमेरिकी डलर, उपबिजेतालाई भने २ हजार डलर र तेश्रो हुने टिमलाई जनही १ हजार २ सय अमेरिकी डलर साथमा ट्रफी र मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । पुरस्कारमा मात्र करिब २५ लाख खर्च हुने भएको छ ।

उक्त अवसरमा पोखरामा पोखरा सडक महोत्सव र हर्ट एयर वेलुन फेष्टिभवल समेत उक्त समयमा हुने भएको छ । उक्त प्रतियोगितामा सहभागि हुन चिनबाट खेलाडी सहित अफिसियलको १ सय २९ जनाको टोली चाटर्ड गरी विमान मार्फत पोखरा आउने तयारी भएको नेपालका लागि चिनिया दुतावासका कार्यवहाक राजदुत (डेपुटि चिफ अफ मिसन) वाङसिनले बताउनु भयो । उक्त खेल सहित पोखरामा हुने क्रस कन्ट्री दौड, लुम्बिनी म्याराथन लगायतका कार्यक्रममा आफुहरुले दुई देश बिचको मित्रतालाई कायम राख्न सहकार्य गर्दै आएको उहाँले बताउनु भयो ।

पोखराको खेल पर्यटन प्रबद्र्धनमा ड्रागन बोर्ट रेस कोषेढुंगा सावित भएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले चिनिया पर्यटकहरु मध्य १÷२ प्रतिशत मात्र नेपाल भित्राउन सके नेपालको लागि ठुलो उपलिब्ध हुने दाबी गर्नु भयो । पोखरा महानगरपालिकाका व्यवसायी प्रबद्र्धन केन्द्रका महाशाखा प्रमुख नवराज अधिकारीले पोखरामा आयोजना हुने प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागित गराउन पहल गर्ने जनाउनु भयो । बेगनास डुंगा व्यवसायी संघका अध्यक्ष रविराज कंडेलले पोखरामा आफ्नो पन झल्कने गरी स्थानिय डुंगा प्रतियोगिता समेत गर्न माग गर्नु भयो ।

आफुहरुले चाहेको समयमा ड्रागन वोर्ट नपाएको उहाँले गुनासो गर्नु भयो । गत बर्ष चाइनाले ८ वटा ड्रगन बोर्ट उपहारको रुपमा दिएको थियो भने यस बर्ष पनि अत्याधुनिक थप ८ वटा ड्रागन वोर्टहरु दिएको छ । यस बर्ष दिएको ड्रागन बोर्ट भने अन्तराष्ट्रिय प्रतियोगताको लागि मात्र प्रयोग गरिने भएको महानगरले जनाएको छ । गत बर्ष बेगनासमा आयोजना भएको राष्ट्रिय ड्रागन बोर्ट रेसमा विजेता टोलीले चिनमा आयोजना भएको प्रतियोगितामा नेपालको टिमको प्रतिनिधित्व गर्दै ४ वटा इभेण्टमा स्वर्ण पदक ल्याउन सफल भएको थियो ।