गण्डकी बोर्डिङमा वार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

-


     पोखरा क्लिक     
     पौष २ गते २०८१ मा प्रकाशित


पोखरा, २ पुस,

गण्डकी बोर्डिङ स्कुल, लामाचौरमा बुधबारदेखि वार्षिक खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी एवं रमाइलो मेला सुरु हुँदैछ । विद्यालय परिसरमा ३ दिनसम्म चल्ने कार्यक्रममा पहिलो २ दिन विभिन्न इभेन्ट्समा खेलकुद क्रियाकलाप हुनेछन् । अन्तिम दिन शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र रमाइलो मेला हुने विद्यालयका मावि सुपरभाइर शान्तबहादुर विकले जानकारी दिए ।

बुधबार बिहान साढे १० बजे सुरु हुने खेलकुदमा कक्षा ४ देखि १२ विद्यार्थीले भाग लिने छन् । उद्घाटन अवसरमा विद्यार्थीले मार्चपास गर्ने छन् । यसैगरी, विभिन्न दूरीमा दौड, सटपुट, ज्याभलिन, बल थ्रोलगायतका खेलकुद क्रियाकलाप हुने छन् ।

गण्डकी बोर्डिङ नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक हो । जहाँ कक्षा ४ देखि १२ सम्म करिब १२ सय विद्यार्थी पढ्छन् ।