कास्की

कास्की वचत संघमा शेरबहादुर

गण्डकी, २२ पुस कास्की वचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की चयन हुनु भएको छ । संघको २३ औ साधारण सभाले ११ सदस्यीय सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा इश्वरप्रसाद सुवेदी,सचिव मिनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल राष्ट्रिय प्रतिनिधि बर्षाकेशवर पराजुली र सदस्यहरुमा किरण अधिकारी, दिपकराज घिमिरे, जानकी अधिकारी, मेनका पौडेल, बृन्दा सुवेदी, र कल्पना श्रेष्ठ निर्वाचित हुनु भएको छ । साधारण सभाले केशवप्रसाद ढकालको संयोजकत्वमा कृष्णप्रसाद पोखरेल र किसान परियार सदस्य रहनुभएको… पुरा पढौ

विन्ध्यबासिनीलाई दुई लाख नगद सहित श्रीपती समाजसेवा पुरस्कार अर्पण

पोखरा, २१ पुस पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलाई नगद २ लाख सहित श्रीपती समाज सेवा पुरस्कार २०८० अर्पण गरिएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट यस बर्ष धार्मि एवं सामाजिक क्षेत्रमा उल्लेखनिय रुपमा योगदान दिएको उक्त समितिलाई गुठीले पुरस्कार अर्पण गरेको हो । श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसरमा शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं उद्योगपती गणेशबहादुर श्रेष्ठ र… पुरा पढौ

कृषि यान्त्रीकरण प्रदर्शनीमा २० हजार दर्शक

पोखराको प्रर्दशनी केन्द्रमा जारी प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको दोश्रो दिन शनिबारसम्म करिब २० हजार दर्शक भित्रिएको दाबी गरिएको छ । शुक्रबार देखि सुरु भएको प्रर्दशनीमा दुई दिनमा करिब २० हजार दर्शक भित्रिएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । प्रर्दशनीमा शनिबार मात्र नगद ३० लाख मुल्य बराबरको आर्थिक कारोवार भएको छ भने ३ करोड मुल्य बराबरको कृषि औचार तथा सामानहरुको खरिद गर्न अग्रिम बुकिङ भएको अध्यक्ष शर्माले बताउनु भयो । उक्त प्रर्दशनीमा हाते ट्याक्टरको बढी… पुरा पढौ

बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने

पोखरा २१, पुष रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका छन । महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका हुन । शनिवार पोखरा महोत्सव स्थल अमरसिंह खेल मैदानमा संघ संस्था समन्वय तथा झांकी र्याली ब्यवस्थापन उपसमिति द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका… पुरा पढौ

नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा सन्तोष काफ्ले र कोषाध्यक्षमा रिता श्रेष्ठ थापा निर्वाचित भए । सम्पन्न अधिवेशनले कार्यसमितिको सदस्यमा सविता तामाङ, जिम प्रसाद श्रेष्ठ र सुनिल रावल निर्वाचित भएका छन् । यस… पुरा पढौ

 हेभी इक्विपमेण्ट व्यवसायीले भुक्तानी नपाएको गुनासो, भुक्तानी गरिने मेयर आचार्यको प्रतिवद्धता 

पोखरा, २० पुस  पोखरा महानगरका प्रमुख धनराज आचार्यले विकास–निर्माणका कामहरु समयमै सम्पन्न गर्नको लागि महानगर दत्तचित्त रहेको बताएका छन् ।  ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीहरुको पनि दोष रहेको उनको भनाइ थियो ।   कास्की हेभी इक्विपमेण्ट व्यवसायी संघको आठौं साधारण सभाको उद्घाटन गर्दै उनले पोखराले महानगरले समयमै कामको भुक्तानी गर्ने प्रतिवद्धता पनि जनाए । मेयर आचार्य निर्माण व्यवसायीहरुले समयमा भुक्तानी नपाउँदा, प्रक्रिया झन्झटिलो हुँदा तथा कतिपय अवस्थामा कर्मचारीहरु रिझाउनै पर्ने अवस्था रहेको भन्ने व्यवसायीहरुले उठाएको गुनासोको उत्तर… पुरा पढौ

पोखरामा छुटै छुटमा कृषि यान्त्रीकरण प्रदर्शनी तथा बिक्रि सुरु

पोखरामा आज (शुक्रबार) देखि छुटै छुटमा प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी ताथ बिक्रि सुरू भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २२ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा नेपाल सहित भारत, चाइना, जापान, डेनमार्ग, थाइल्याण्ड सहित १० बढी मुलुकबाट कृषि औजार, उपकरण तथा प्रबिधिहरू प्रदर्शनी एवं बिक्रि सुरू भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले आयोजना भएको उक्त प्रदर्शनीमा न्यूनतम १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट भएको उहाँले दाबी… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप सफल पार्न उपसमितिका संयोजक चयन

पोखरा, २० पुस २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप सफल बनाउन विभिन्न उपसमितिका संयोजक चयन गरिएको छ । पोखराको सहारा क्लबका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा विहिबार पोखरामा बसेको मानार्थ सदस्य एवं सल्लाह सहितको कार्यसमितिको संयुक्त बैठकले उक्त निर्णय गरेको क्लवले जनाएको छ । विभिन्न उपसमितिका संयोजकहरुमा अर्थ संकलन उपसमिति संयोजकमा क्लब सल्लाहकार सुनिलकुमार गुरुङ, प्रचारप्रसारमा सल्लाहकार दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, अनुगमनमा मानार्थ सदस्य खेमबहादुर गुरुङ, आवास व्यवस्थापनमा मानार्थ सदस्य मुक्षेत्र गुरुङ, शान्ति सुरक्षा व्यवस्थापनमा सल्लाहकार… पुरा पढौ

पिएम कप क्रिकेट छनौटमा लगातार हारसंगै बागलुङ बाहिरियो, स्याङजाको सहज जित

पोखरा २०, पुष प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौटमा बागलुङ माथि स्याङजाले सहज जित हासिल गरेको छ । शुक्रबारको खेलमा स्याङजाले बागलुङ माथि १ सय ४१ को बिशाल रनको अन्तरले पराजित गर्दै सहज जित हासिल गरेको हो । टस जितेर व्याटिङ गरेको स्याङजाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४४ बिशाल रनको योगफल तयार पार्यो । ३ सय ४५ रनको लक्ष्य पाएको बागलुङले ५० ओभर मा ८ विकेटको क्षतीमा २ सय… पुरा पढौ

भिटोफ गण्डकीको अध्यक्षमा अधिकारी

पोखरा १९, पुष गाँउ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश को नबौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कास्कीको अर्मलाकोटमा विहिबार सम्पन्न भएको उक्त अधिवेशनले शोभा कुमारी अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी संस्थाको प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्धितिय उपाध्यक्षमा सुशीला भण्डारी, सचिवमा लक्ष्मण पहारी, सहसचिवमा विश्व क्षेत्री, कोषाध्यक्षमा शरण गुरुङ रहनु भएको छ भने अन्य सदस्यहरुमा चिन्तामणि पोखरेल, भावना राना भाट र विमला सापकोटा रहनु भएको छ… पुरा पढौ