कास्की

बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

पोखरा २४, पुष बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखीनै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र… पुरा पढौ

पोखरामा छोडिएका गाईको संरक्षण गर्न महायज्ञ हुने

पोखरा महानगरपालिकाको सहजीकरणमा राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा यही पुष २६ गते देखि पोखरामा महायज्ञ हुने भएको छ । आउदो माघ ४ गतेसम्म पोखरा–१४, वाच्छिबुडुवामा श्रीमद भागवत ज्ञान महायज्ञ–२०८० हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखराका सडक क्षेत्रमा छाडिएका गाईहरुको दिगो रुपमा व्यबस्थापन गर्न अक्षयकोष स्थापना गर्न पनि महायज्ञ आयोजना गर्ने तयारी गरिएको महासंघका संस्थापक अध्यक्ष एवं महायज्ञका मुख्य वक्ता भागवत भास्कर पण्डित कमलनयन गौतमले बताउनु भयो । राष्ट्रिय परोपकार महासंघ नेपालको १६ औं वार्षिक… पुरा पढौ

कास्कीका स्टेशनरी व्यवसायीको गण्डकी प्रदेश अध्यक्ष देखि केन्द्रिय सचिव हुदै अध्यक्षसम्मको दाबी

कास्कीका स्टेशनरी व्यवसायीले गण्डकी प्रदेश अध्यक्ष देखि केन्द्रिय सचिव हुदै अध्यक्षसम्मको दाबी गरेका छन्। नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ जिल्ला शाखा कास्कीले सोमबार पोखराको एक पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा स्टेश्नरी व्यवसायीहरुले कास्की अन्य जिल्लाको तुलनामा क बर्गकै हैसियतमा रहेको उक्त संस्थाका संस्थापक अध्यक्ष कास्की भएको नाताले कास्कीले उक्त पदको दाबी गरेको बताइएको हो । महासंघको केन्द्रीय अध्यक्षका प्रत्यासी ऋषिराम शर्मा, केन्द्रिय सचिवमा मोहन प्रसाद सापकोटा र प्रदेश अध्यक्षमा कृष्ण प्रसाद पोखरेलले उम्मेदवारीको घोषणा सहित संस्थागत विकास र गुणस्तरिय… पुरा पढौ

१२ हजारको प्याकेज पोखरामा फेरी ३ हजार मै प्याराग्लाइडिङ गर्न पाइने

पोखराको सहासिक खेल प्याराग्लाइडिङ गर्दा १२ हजारको प्याकेज अब ३ हजारमै गर्न सकिने भएको छ । केही दिन अघि १२ हजारको प्याकेजमा २५ प्रतिशत छुट सहित ९ हजारमा उडान सुरु भएको प्याराग्लाईडिङ व्यवसाय अझ राम्रो फष्टाउन नसकेको भन्दै केही कम्पनीहरुले ३ हजारसम्ममा पनि प्याराग्लाईडिङ गराउने गरेका छन्। पोखरामा हिजोआज विदेशी भन्दा स्वदेशी पर्यटकहरु बढी भएकाले गर्दा केही प्याराग्लाईडिङ कम्पनीहरुले ह्वात्तै मुल्यमा घटाई न्यूनतम शुल्क १२ हजारको प्याकेज ३ हजारमा उडान गर्न थालेको व्यवसायीहरुले पोखराक्लिकलाई बताउनु हुन्छ । एक थरी व्यवसायीहरुले… पुरा पढौ

बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने

पोखरा २३, पुष आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौ संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो । महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको बैठकमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमजोरी हुन नदिने वताए । यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर… पुरा पढौ

प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा पाठक

पोखरा २३, पुष गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा बैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा प्रदिप बगाले ९स्याङजा०, पार्वती विक ९नवलपुर०, अधिप पाण्डे ९तनहुँ०, मोहन गुरुङ ९कास्की०, तिलक बहादुर अधिकारी ९कास्की०, कृष्ण सिंह बस्नेत ९ गोरखा०… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा वार्षिक खेलकुद

पोखरा २३, पुष पोखरा नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।आधा दर्जन खेलहरुमा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुले सहभागिता जनाए । भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेल खेलाइएको थियो । भलिबल छात्रतर्फ बीसीआईएस सातौं सेमेस्टर विजेता बन्दा बीसीआईएसकै प्रथम सेमेस्टर उपविजेतामा चित्त बुझायो । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी बने भने राजेन्द्र खड्का बेस्ट स्पाइकर चुनिए । भलिबल खेल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो… पुरा पढौ

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा मर्सानी र सहसंयोजकमा क्षेत्री

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी र सह–संयोजकमा खगेन्द्र क्षेत्री सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजमा क्षेत्री सहित ९ सदस्यि तदर्थ समिति निर्विरोध चयन गरेको हो । संयोजकमा चयन भएका मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । उनी राखेप अन्तर्गत तत्कालिन पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदमा प्रशिक्षण विभाग प्रमुख समेत रहेका थिए । सह–सयोजक क्षेत्री परिषदका सदस्य हुन् भने उनी विभिन्न खेलकुदमा योगदान दिएका जुझारु युवा हुन्… पुरा पढौ

दुई युवतीको मृत्यु हुने गरी कार दुर्घटनामा परेका बानियाँ पुर्पक्षका लागि कारागार चलान

पोखरा २२, पुष पोखरामा दुई युवतीको मृत्यु हुने गरी कार दुर्घटनामा परेका मान बहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।गत मंसिर २४ गते पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको घटनामा कार चालक अर्घौं निवासी बानियाँ पुर्पक्षका लागि कारागार चलान भएको कास्की प्रहरीले जनाएको छ । सवारी ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त घटनामा डिल्लीराम बरालसमेतले… पुरा पढौ

पोखरा रंगशालाको फुटवल मैदानको दुवो मर्दै जादा कसैको चासो र चिन्त्ता छैन् !

दीननाथ बरालपोखरा २२, पुष पोखरा रंगशालाको फुटवल मैदानको दुवो मर्दै जादा कसैको चासो र चिन्क्ता भएको देखिदैन् । पोखरा रंगशाला भित्रको सबै भन्दा बढी लगानी र आम्दानी हुने श्रोतको रुपमा रहेको उक्त फुटवल मैदान संरक्षणमा भने सरोकारवाला निकायले विभिन्न वहाना बाजी गर्दै तर्कीनु भएको छ । अहिले हिउँदाको समय भएकोले नियमित कम्तिमा पनि हप्ता दिनमा पानी हाल्नु पर्नेमा यो वा त्यो वहानामा फुटवल मैदानको दुबो मर्दै जादा यस बिषयमा कसैले चासो र चिन्क्ता गरेको पाइएको छैन्। सरोकारवाला निकायका जिम्मेवार पदाधिकारीहरु… पुरा पढौ