
पोखरा २५, पुष
पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुष २७ गते (शुक्रबार) कन्दरा लाइभ कन्सर्ट हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनमा तथा लायन्स क्वल अफ पोखरा सामिप्यको सहआयोजकमा शुक्रबार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने उक्त कार्यक्रमको तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश दिन पोखराबाट उक्त कार्यक्रमको शुभारम्भ हुने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने मूल उद्घघोषका साथ मुलुकका सातै प्रदेश र मुख्य सहरमा साँगीतिक कार्यक्रम गर्ने अभियानको सुरुवात पोखराबाट हुने उहाँले जनाउनु भयो ।
आयोजक परिषद् र कन्दरा व्याण्डको व्यवस्थापक अल्फा स्क्वायर प्रा.लि.ले घरदेश घुमौँ, पर्यटन प्रवद्र्धन गरौँ गुञ्जन सहित पर्यटन उद्यमलाई पुनर्जागरण गरी पर्यटकीय गन्तव्य स्थलको सन्देश दिने, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, घुमफिर संस्कृति एवम् दीगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउने एवम् गीतसङ्गीतको जगेर्ना गर्ने उद्धेश्यले कन्दरा साँगीतिक अभियान–२०८० तय भएको हो ।
कन्दराले अहिलेसम्म ६ वटा एल्वम र सयौँ गीत साँगीतिक बजारलाई दिइसकेको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सय भन्दा बढी कन्सर्ट भव्यताका साथ सम्पन्न गसिकेको छ । अभियानको यो पहिलो र ठूलो कन्र्सट भएको आयोजकको दाबी छ । लिड भोकलिस्ट विवेक श्रेष्ठ, सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पङ्कज झाको समूहले २० भन्दा बढी गीतसङ्गीतलाई लाइभ प्रस्तुति दिनुहुने छ ।
गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवद्र्धनमा हातेमालो गरेका छन् । कन्सर्टको टिकेटिङमा आइएमइ पे, इन्टरनेटमा डिस होम फाइबर, फ्लाइटमा बुद्ध एयर पाटर्नर रहेका छन् । आइएमइ, डिस होम, चन्द्रागिरी हिल्स, मौलाकाली केबुलकार, बुटबल हिल्स लुम्बिनी केबुलकार, भाटभटेनी सुपरमार्केट, गो बञ्जी नेपालले कन्सर्टलाई साथ र समर्थन गरेका छन् ।