कास्की

थापाको संयोजकत्वमा मुवाँथाइ गण्डकी गठन

दीननाथ बराल,पोखरा ५, भदौं, गण्डकी प्रदेश मुवाँथाई संघ गठन भएको छ । बुधबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाहलमा भएको एक भेलाले मिलन थापाको संयोजकत्वमा मुवाँथाई तदर्थ समिति गण्डकी गठन भएको हो । तदर्थ समितिको सह–संयोजकमा सुनिल तिमिल्सिना रहनु भएको छ भने सदस्यमा धनबहादुर पुन, माउ बहादुर तमु, रुपक नेपाली, शिव हिताङ, रिना गुरुङ, डेक पुन, पद्मा थापा, सरस्वती गुरुङ, प्रदिप गुरुङ, सनिज गुरुङ, सुन्दर गिरी र विक्की कुँवर रहनु भएको छ । उक्त समितिले ऐन अनुसार प्रदेश खेलकुद परिषद गण्डकीमा… पुरा पढौ

क्यान्सरबाट प्रभावित रिमाललाई रानीपौवा महिला समुहद्धारा सहयोग हस्तान्तरण

दीननाथ बराल,पोखरा ५, भदौं, क्यान्सर रोगबाट प्रभावित हुनु भएको गोकुल रिमाललाई पोखरा ११ को रानीपौवा महिला समुहले आर्थिक सहयोग गरेको छ । महिला समुहबाट संकलित ४४ हजार ४ सय ६५ रुपैया बुधबार पोखरामा एक समारोहका बिच रिमाललाई महिला समुहकी सचिव लिलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी (कोइराला) सहितको अन्य सदस्यहरुले हस्तान्तरण गर्नु भएको हो । ८१ जना महिला समुह र अन्य केही सहयोगीहरुबाट उक्त रकम संकलन भएको सचिव पौडेलले जनाउनु भयो । रिमालको स्वास्थ्य उपचारमा थप सहयोग हुने उद्धेश्यले आफुहरुले सानो… पुरा पढौ

पोखरा म्याराथनबाट ३ लाख ७२ हजार बचत

पोखरा ५, भदौं, १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट साढे तीन लाख बढि रकम बचत भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा गत फागुनमा म्याराथनको आयोजना भएको थियो । बुधबार म्याराथनको आयव्यय आयोजना गर्दै मञ्चले म्याराथन प्रविधिमा जाँदा कम बचत भएको बताएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कुल ७५ लाख २४ हजार सात सय १७ रुपैयाँ आम्दानी तथा ७१ लाख ५२ हजार एक सय ३९ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार तीन लाख ७२ हजार पाँच… पुरा पढौ

पोखरामा रेन्टरटेनमेन्टको छैटौं संस्करण संगीत, फेशन सो र झरीको फ्युजन शुक्रबार र शनिबार आयोजना हुने

पोखरा ५, भदौं, पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ुरेन्टरटेनमेन्टु आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने कुरा आयोजकले बताए । कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए । ुग्राहकहरुको लागि मनोरञ्जनको प्याकेज हुने नै भयो, सँगै यस इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई… पुरा पढौ

पोखरामा पनि गाईजात्रा पर्व मनाइर्दै (फिचर फोटो)

पोखरा ४ भदौं, पोखरामा पनि गाई जात्रा पर्व मनाइदै छ । पोखरा उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने गाइजात्रा पर्व हो । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु… पुरा पढौ

पोखरामा पनि जनैपूर्णिमा पर्व मनाइयो, रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह २०८१ सम्पन्न

दीननाथ बराल,पोखरा ३, भदौं, पवित्रता, स्नेह, शान्ति तथा अवगुणहरुबाट रक्षाको प्रतीक पावन पर्व रक्षाबन्धनको शुभ अवसरमा आयोजित रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह ओम् शान्ति भवन क्षेत्रीय कार्यालय पोखरा नयाँबजारमा सम्पन्न भएको छ । ब्रह्माकुमारी ई।वि।वि। नेपालका निर्देशक बालब्रह्माचारिणी राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीबाट रक्षासूत्र ग्रहण गराइएको उक्त समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट सहित अन्य सहभागि हुनु भएको थियो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा, रक्षासूत्र ग्रहण गर्नको लागि पोखरा महानगरपालिकाका उप… पुरा पढौ

श्री भगवतीटार आमा समुहको अध्यक्षमा कुमारी गुरुङ

पोखरा महानगरपालिका वडा नं १५ द्वारेखरबारी स्थित श्रीभगवतीटार आमा समुहको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समुहको उपाध्यक्षमा कान्ति गुरुङ, सचीवमा सिता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सदस्यहरुमा सुकुमी गुरुङ, पार्वती कार्की, विष्णु गुरुङ र पुष्पा गुरुङ सर्वसम्मत चयन गरिएको छ । अधिबेशनका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गर्दै आमा समुहले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै वडाबाट हुने तथा… पुरा पढौ

‘थ्रि मेन ए साइड’ पुरुष भलिबलमा हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियनसञ्जु बने सर्वाेत्कृष्ट

पोखरा, ३ भदौ, पोखरा महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ । हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१¬–१० र २१–१८ को सोझो सेटमा हराउँदै आयोजक टिम ‘ए’ च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै हल्लनचोक स्पोर्टस् क्लबले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको युके लण्डनले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । उक्त… पुरा पढौ

कास्कीमा स्वरुप परिवर्तन गरेका २०३५ मोटरसाइकल कारवाहीमा

दीननाथ बराल, पोखरा २, भदौं, कास्कीमा स्वरुप परिवर्तन(मोडिफाई) गरेका २ हजार ३५ वटा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा परेका छन्। गत असोज २१ गते देखि स्वरूप परिवर्तन गरेका मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरी उक्त अभियान सुरु गरेसंगै चालु आथिक बर्षको भदौं २ गतेसम्म हेर्दा २ हजार ३५ वटा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो । उक्त सङख्यामा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा पर्दा २९ लाख ८ सय रुपैया जरिवाना… पुरा पढौ

पोखरामा पर्यटकको तथ्याङक संकलन गर्ने तयारी, टानद्धारा पोखरामा पथ प्रर्दशकलाई तालिम

दीननाथ बराल, पोखरा २, भदौ, पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको तथ्याङक संकलन गरिने भएको छ । पोखरा महानगरपालिकाले सडक मार्ग हुदै पोखरा आउने पयटकहरुको तथ्याङक संकलन गर्ने अन्तिम तयारीमा रहेको पोखराका मेयर धनराज आचार्यले आइतबार एक कार्यक्रममा बताउनु भयो । पर्यटनको राजधानि घोषणा भएको पोखरामा पर्यटनको बृहत बिकास गर्न पनि पहिला तथ्याङक आवश्यक भएकोले त्यसको खोजिमा आफुहरु लागेको उहाँको भनाई थियो । पोखरा आउने पर्यटकहरुको हालसम्म कुनै निकायले पनि यथार्थ विवरण संकलन नगरेकोले केही समय पश्चात पोखरा आउने पर्यटकहरुको… पुरा पढौ