दुई मन्त्रीलाई पदबाट नहटाउने कागेंसको बटम लाइन, गण्डकी प्रदेशमा कहिले बन्छ नयाँ गठबन्धन सरकार !

-


     पोखरा क्लिक     
     भाद्र ६ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा ६, भदौं,

गण्डकी प्रदेशक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार बचाउन महत्वपूर्ण भुमिका खेलेका प्रदेशका दुई मन्त्रीलाई पदबाट नहटाउने कागेंसले बटम लाइन नै बनाएको छ । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएको करिब डेढ महिना भन्दा बढी समय हँुदा पनि नेसपाका फणिन्द्र देवकोटा, स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्रीपदबाट कागेंसले नहटाउने र एमालेले हटाउनु पर्ने मुख्य बिबाद भएको हुदाँ नयाँ गठबन्धन सहितको सरकार गठनमा ढिलाई भएको श्रोतले पोखराक्लिकलाई बताएको छ ।

बुधबार नेपाली कागेंस संसदीय दलको बैठकमा समेत कागेंसले आफ्नो बटम लाइन क्लियर गरेको छ । अब बन्ने नयाँ सरकारमा दुई मन्त्रीलाई अनिवार्य रुपमा मनत्री पदबाट नहटाउने आवश्यक परे एमालेको सहकार्यमा मन्त्रालय बढाउन चाहेको श्रोतले जनाएको छ । जति सक्दो छिटो नयाँ सरकार बनाउने ७ मन्त्रालय हुँदा एमालेलाई २ मन्त्रालय दिने, यदि मन्त्रालयको सङख्या एमालेले बढाउन चाहेमा ९ पुर्याउदा ३ र १० पुर्याएमा ४ मन्त्रालयसम्म एमालेलाई दिन सक्ने बिषयमा छलफल भएको बताइन्छ ।

एमालेले भने आफ्नो सरकार ढाल्नमा दुई सांसदको मुख्य भूमिका भएकोले उहाँहरुलाई मन्त्री पदबाट हटाउन माग गर्दै आएको छ । अन्तिम समयमा भने एमालेले दुई मन्त्री काग्रेंसकै गणनामा एमालेसंग मन्त्रालय बाडफाँड गर्न माग गरेको छ ।
गण्डकी सरकारको नेतृत्व कागं्रेसले गर्ने केन्द्र सहमति भएसंगै नयाँ गठबन्धनको सरकार गठनमा ढिलाई भएकोले एमाले संसदीय दलका नेता खगराज अधिकारी आफु मुख्यमन्त्री हुने प्रयासमा केन्द्रमा केही प्रयास समेत गर्नु भएको थियो ।