मेनकाजी गुरुङको ६१ औं जयन्तीमा अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा

-


     पोखरा क्लिक     
     भाद्र ६ गते २०८१ मा प्रकाशित


पोखरा, ६ भदौ,

वरिष्ठ संस्कृतिकर्मी एवम नृत्य निर्देशक, हिमाली साँस्कृतिक परिवारका पुर्व अध्यक्ष मेनकाजी गुरुङको ६१ औं जन्मजयन्तीमा भदौ ८ गते पोखरामा अन्तर बिधालय लोकनृत्य प्रतियोगिता हुने भएको छ।

हिमाली साँस्कृतिक परिवारद्वारा पोखरा सभा गृहमा आयोजना गरिएको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको परिवारका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो ३० हजार, तेस्रो २० हजार, सान्त्वना १० हजार र उत्कृष्ट नृत्य निर्देशक १० हजारसहित ट्रफी, मेडल, प्रमाण पत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक हिमाली साँस्कृतिक परिवारका उपाध्यक्ष श्रीजंग गुरुङले जानकारी दिनुभयो।

लोकसँस्कृतिप्रती स्वर्गीय गुरुङको योगदानको स्मरण गर्दै जन्मजयन्तीको दिन वार्षिक लोक संस्कृती संरक्षण र स्रष्टा सम्मानका लागि हिमाली साँस्कृतिक परिवारले मेनकाजी गुरुङ स्मृती अक्षयकोष समेत स्थापना गरेको छ।