पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा कार्की र पोखरेल भिड्ने

-


     पोखरा क्लिक     
     भाद्र ६ गते २०८१ मा प्रकाशित


पोखरा ६, भदौं,

पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशनमा गोकर्ण कार्कीले अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन्। संघको बरिष्ठ उपाध्यक्ष रहेका कार्कीले यही भदौ २८ र २९ गते पोखरामा हुने संघको महाधिवेशनमा आफु अध्यक्षमा उमेदवारी दिने बिहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

ससैलाई व्यवसायीहरुलाई समेटेर अघि बढ्ने बताउदै अध्यक्षका दाबेदार कार्कीले कसैलाई पाखा, कसैलाई काखा नगर्ने, आमव्यवसायी आफ्नो शक्ति रहेको दाबी गर्दै प्यानल बिनै आफु अध्यक्षमा उम्मेदवारी दिने जनाए । वरिष्ठ उपाध्यक्ष भएको नाताले आफ्नो उमेद्वारी स्वभाविक भएको प्रतिकृया दिदै उनले सहकार्यका लागि सबै ढोकाहरु खुलै राखेको कार्कीले बताए । २०५५ सालमा संघको साधारण सदस्यबाट संघमा प्रबेश गरेका उनी २०७३ सालमा स्वतन्त्र रुपमा लडेर उपाध्यक्ष (उद्योग तर्फ) निर्वाचित भएका थिए ।

यसैबिच, केही दिन अघि अर्जुन पोखरेलले अध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् । अर्जुनले पदाधिकारी सहित उमेद्वारी घोषणा गरेका थिए । पोखरेलसंग हालका पदाधिकारीमा रहेका अधिकांश व्यक्तिहरुलाई आफ्नो प्यानलमा समेटेका छन् ।

पोखरेलको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य, उपाध्यक्ष बाणिज्य) तर्फः बलराम आचार्य, उपाध्यक्ष (उद्योग) तर्फ दिनेश वाँस्तोला, महासचिवमा शोभा गौत्तम, उप महासचिबमा बालकृष्ण कोइराला, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठले उमेदवारी दिनुहुने भएका छन्।