मनोरन्जन

पाल्पाली चेलीहरुको भेटघाट तथा शुभकामना

पोखरा, ७ भदौ, हरितालिका तीज अवसरमा पाल्पाली समाज पोखराले चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा आयोजित कार्यक्रममा पाल्पाली चेलीहरु आपसमा शुभकामना आदानप्रदान साटासाट गर्दै तीजे भाखामा छमछमी नाचेर रमाइलो गरे । समाजका अध्यक्ष श्रीधर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व कार्यसमिति सदस्य भगवती बानियाँलाई प्रमुख अतिथि बनाइएको थियो । बानियाँ समाजका हरेक गतिविधिमा निकै सक्रिय रहँदै आएको समाजका सचिव पदम पोखरेलले बताए । यस्तै, पोखरा २२ का जनप्रतिनिधि कृष्णकुमारी पौडेल देवकोटा, सिटिजन फर्निचरका… पुरा पढौ

ऐतिहासिक टुँडिखेल तीज महोत्सव सुरु, शुसासन कायम गर्ने एउटा नयाँ अभियानमा छौः अध्यक्ष प्रचण्ड

पोखरा ६ भाद्र, नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले… पुरा पढौ

सराङकोट तीज मेलाको तयारी अन्तिम चरणमा

पोखरा, ५ भदौं, पोखरा–१८, सराङकोटधाममा हुने तीजमेलाको तयारी अन्तिम चरणमा पुगेको छ। त्यहाँ सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा ८, ९ र १० भदौंमा मेला हुँदैछ ।मेलाको पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको छ । मेला सम्पन्न गर्न धार्मिक क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा ८५ सदस्यिय मूल समारोह समिति एवम् २७ सदस्यिय सचिवालय व्यवस्थापन समिति गठन गरि कार्य अगाडि बढाइएको छ।जसको उपाध्यक्षद्वयमा उमनाथ चपाई र मीनबहादुर थापा, महासचिवमा शम्सेरबहादुर थापा तथा… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव शुक्रबार देखि, पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

पोखरा ५ भाद्र, “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ सुरु हुदैछ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा १५ भदौसम्म संचालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी… पुरा पढौ

पोखराको पुरानो टुडिखेलमा आयोजना हुने तीज महोत्सवमा ढिकी–चाँतो प्रतियोगिता हुने, विजेतालाई १२ हजार पुरस्कार

दीननाथ बराल, पोखरा, ४ भदौ, नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको पुरानो टुडिखेल मैदानमा यसपालि तेश्रो संस्करणको ऐतिहासिक तीज महोत्सव–२०८२ हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखराले आयोजना गर्ने उक्त महोत्सव ६ देखि १५ गतेसम्म संचालन हुने भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । महोत्सवमा परम्परागत मौलिकता झल्काउने ढिकी–चाँतो प्रतियोगिता हुने भएको छ । आमा समूह स्तरीय यो प्रतियोगितामा ग्रामीण जीवनशैली र पुराना संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य उक्त प्रतियोगिता समावेस गरिएको… पुरा पढौ

लेकसाइडमा टेवानको ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’ हुने पर्यटक सहित १० हजार दर्शक सहभागि गराउने लक्ष्य

पोखरा, ४ भदौ, पर्यटकीय नगरी पोखरामा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा विदेशी पर्यटक सहित १० हजार भन्दा बढी दर्शक सहभागि गराउने लक्ष्य राखिएको टेवानले जनाएको छ । महोत्सवमा नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतहरूलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको… पुरा पढौ

टानको ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम समापन ,बैकल्पिक पदमार्ग निर्माणमा प्रदेश सरकारले ध्यान दिएको छ मुख्यमन्त्री पाण्डे

पोखरा, ३ भदौ, ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल ९टान० गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिमको समापन गरिएको छ । मंगलबार पोखरामा समापन समारोह आयोजना गरी तालिममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । २ सय २१ जनाले ट्रेकिङ गाइड र ६० जनालाई पोटर गाइडको प्रमाणपत्र वितरण गरिएको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले दक्ष जनशक्ती पर्यटन क्षेत्रको महत्वपूर्ण अंग… पुरा पढौ

चण्डिका आमा समुहको अध्यक्षमा विना श्रेष्ठ

पोखरा, पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको १३ औं साधारण सभा तथा ५ औं अधिवेशनले विना श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा देउमाया श्रीस पुन, सचिवमा मिना सिग्देल, कोषाध्यक्षमा कमला पाण्डे, सहसचिवमा शान्ति भुजेल मगर सदस्यहरुमा कृष्ण माया कार्की, निलम खवास श्रेष्ठ, सुनिता केसी, शान्ति गौतम, विष्णु सिग्देल, देवका थपलिया, रचना खवास, खिमा अधिकारी, चुनु माया गुरुङ र सिता खवास सर्वसम्मत चयन भएका छन् । त्यसै गरी सल्लाहकारमा सरस्वती… पुरा पढौ

पोखराको लामाचौर तिज महोत्सवमा खुल्ला पुरुष तथा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता हुने

दीननाथ बराल पोखरा, ३, भदौ नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको लामाचौरमा यस बर्ष खुल्ला पुरुष भलिवल तथा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । पोखराको नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा यही भदौं ७ गते देखि १० गतसम्म उक्त प्रतियोगिता हुने भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । खुल्ला पुरुष तर्फ यस बर्ष करिब ८ टिम सहभागि हुने भएको समाजका अध्यक्ष ई.दिनेश… पुरा पढौ

भदौं ५ गते गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुँदै

पोखरा, एपोलो पेन्ट्स पिजेन्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुने भएको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवम् प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भदौं ५ गते पोखरामा आठौं संस्करणको कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो । प्रदेशका ९ जिल्लाबाट कृषि ज्ञान केन्द्रले छनोट गरेर पठाएका समूहबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक घनश्याम पाण्डेले जानकारी दिए । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लाले सहभागी हुने पाण्डेले बताए । प्रतियोगिताको विजेता हुने समूहले… पुरा पढौ