मनोरन्जन

पोखरामा मेट्रो ग्रुपको सुभारम्भ

पोखरा,२९ साउन, पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्धेश्यले मेट्रो ग्रुपको स्थापना गरिएको हो । पोखरा महानगरपालिका–४ पन्थीगल्लीमा खुलेको मेट्रो ग्रुपको आज पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गर्नुभयो । पोखराका व्यवसायिक क्षेत्रमा स्थापित १७ जना व्यवसायी मिलेर ग्रुपको स्थापना गरेका हुन् ।गु्रपको स्थापनासँगै छिमेकी मुलुक चीनबाट पोखरामा सिधै सामानहरु आयात गर्ने र… पुरा पढौ

पर्यटन पत्रकारिता पुरस्कारबाट सुवेदी पुरस्कृत

पोखरा , महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा सञ्चालित पर्यटन पत्रकारिता पुरस्कारबाट पाखराका पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका छन् । ओटेफको आज विहिबार) पोखरामा आयोजना भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा सुवेदीलाई उक्त पुरस्कार अर्पण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारी लगायतले दोषल्ला, नगद १५ हजार र सम्मान पत्रले सम्मान गरेका थिए । पत्रकार सुवेदी केन्द्रखबर डटकमका प्रकाशक तथा सम्पादक हुन् । कार्यक्रममा पोखरा महानगरपालिकाका… पुरा पढौ

सरोकारवालाहरुले भने —शान्ति–सुरक्षा बिना दिगो पर्यटन सम्भव छैन

दीननाथ बराल,पोखरा २८, साउन, पर्यटनको राजधानी पोखराको दिगो पर्यटन हासिल गर्न शान्ति र सुरक्षालाई पहिलो प्राथमिकता दिनैपर्नेू, पोखरामा बुधबार आयोजित छलफलमा पर्यटन, प्रशासन र सुरक्षा निकायका सरोकारवालाले जोड दिएका छन् । पोखरा भ्रमण वर्ष–२०२५ अभियान अन्तर्गत सुरक्षित पर्यटन, हाम्रो अभियान नारासहित बुधबार पोखरामा भएको कार्यक्रममा सहभागिहरुले आन्तरिक सुरक्षा, पर्यटकमैत्री पूर्वाधार र जिम्मेवार निजी क्षेत्रको सक्रियतालाई सफल पर्यटनको आधार स्तम्भ रहेकोमा जोड दिनु भएको थियो । पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भटराईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सरोकारवाला, सुरक्षा निकाय… पुरा पढौ

पोखरामा नाम मात्रको अन्तराष्ट्रिय हवाई उडान केहिले काँहि यात्रु विना खाली विमान समेत उड्न बाध्य, २ बर्ष ७ महिनामा २९ सय पर्यटक आगमन

दीननाथ बराल, पोखरा २७, साउन, पोखरेलीहरुको सपनामा तुसारापात भएको छ । पोखराको विकासको मेरुदण्डको रुपमा लिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएको आज २ बर्ष ७ महिना वितिसक्दा पनि प्रभावकारी ढंगले अन्तराष्ट्रिय हवाई उडान गर्न नसक्दा मुस्किलले संचालनमा आएको हिमालयन एयरलायन्सको बिमानले यात्रु विना खाली विमान समेत संचालन गर्न बाध्य भएको छ । उक्त विमानले पर्यटनको राजधानी पोखरा देखि विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासा बीच उडान सुरु गरेको छ । गत मार्च देखि अन्तराष्ट्रिय हवाई उडान गर्न सुरु गरेको कम्पनीले… पुरा पढौ

रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन

गण्डकी, २७ साउन, पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थियो । अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल वाहिरको खाली जग्गामा स्थानीय पहलमा निर्माण गरिएको चौतारामा प्रदर्शन गरिएको लाखे नाच हेर्नका लागि विभिन्न स्थानबाट हजारौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म पन्ध्र दिन प्रदर्शन गरिने यो नाचमा विशेष गरि ढोलक भ्mयाम्टाको… पुरा पढौ

पोखरामा शुक्रबार ‘पोखरा डिजाईनर्स फेसन वीक’ हुने

पोखरा, २७ साउन, पोेखरामा आउँदो शुक्रबार ¥याम्प, ग्ल्यामर र सिर्जनशीलताको केन्द्र बन्ने भएको छ । बुटिक एशोसिएसन नेपालको आयोजनामा आगामी शुक्रबारदेखि ‘पोखरा डिजाईनर्स फेसन वीक–२०२५’ सुरु हुँदैछ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले यसबारे जानकारी दिएका हुन्। एशोसिएसनका अनुसार फेसन वीकमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त डिजाइनरहरूले आफ्ना नवीनतम कलेक्सन प्रस्तुत गर्नेछन्। कार्यक्रममा विशेष रूपमा स्थानीय कपडा, परम्परागत ढाँचा र आधुनिक फेसन ट्रेन्डको संयोजनमार्फत नयाँ र आकर्षक डिजाइन प्रदर्शन गरिनेछ। आयोजक बुटिक एशोसिएसन नेपालकी अध्यक्ष सुस्मा थापा पाण्डेले… पुरा पढौ

अन्तर्राष्ट्रिय युवा दिवसमा पोखरा–२२ मा लागू औषध, मदिरा दुरु पयोग नियन्त्रण र सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, २७ साउन, अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका–२२ वडा युवा परिषदको आयोजनामा मङ्गलबार “लागूऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ” विषयक विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम पोखरा–२२, भुम्दीस्थित श्री ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो, जहाँ कक्षा ७, ८, ९ र १० का गरी करिब ६० जना विद्यार्थी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। वडा युवा परिषद–२२ का अध्यक्ष दिनेश बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बराल, विशेष… पुरा पढौ

पाल्पाको लाखे नृत्यमा रमाए पोखरेली

पोखरा, २७ साउन, पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रदर्शन गरिएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि प्रदर्शन गरिएको हो । करिब ४ घण्टासम्म चलेको नाच हेर्न दर्शकको ठूलो संख्यामा उपस्थिति रहेको थियो । विभिन्न भेषभूषामा सजिएका लाखे र भुच्चाको हाउभाउ कलात्मक थियो । लगातार बाजाको तालमा उनीहरु असिनपसिन भइ नाचेका थिए । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले गत वर्ष झैं यसपालि पनि सो कार्यक्रम गरिएको सिटिजन फर्निचरका संचालक… पुरा पढौ

नवआदर्श समाजमा जोडियो हिमश्री फुड्स, खुल्ला पुरुष भलिवलको टाइटल स्पोन्सर

पोखरा, नवआदर्श सामुदायिक विकास समाजले आयोजना गर्ने लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ । महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो । सम्झौता पत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो । नवआदर्शले आगामी भदौ ८ देखि १०… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वका लागि जानुका नेतृत्व टोली घर–दैलो अभियानमा

पोखरा, लेखनाथ उद्योग वाणिज्य संघ (लेउवा संघ) को आगामी भदौ २० र २१ गते हुने २९ औँ साधारण सभा तथा १५ औँ अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदकी उम्मेदवार जानुका पराजुली अधिकारीको नेतृत्वमा रहेको प्यानल हिजो आज घर–दैलो अभियानमा सक्रिय भएको छ । संघका आवद्ध सदस्य र व्यवसायिक प्रतिष्ठानमा पुगेर आफ्नो एजेन्डा र भावी योजनाबारे प्रत्यक्ष संवाद गर्ने अभियानमा जानुका नेतृत्वको टोली जुटेको हो । संघको २८ वर्षे इतिहासमा पहिलो पटक सशक्त महिला नेतृका रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी जानुकाले “इमानदारी,… पुरा पढौ