मनोरन्जन

पोखराको नदिपुरमा पहिलो पटक ताया मचा नृत्य प्रर्दशन

साउन २५, पोखरा, पोखरा नदिपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा–३ नदिपुरमा पहिलो पटक ताया मचा नृत्य प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितिले यसै वर्षदेखि नाच देखाउन शुरु गरेको हो । वडा नम्बर ३ को कार्यालयबाट शुरु भएको नाचले नदिपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भीसी मार्ग, भैरव मन्दिर, बाल मन्दिर, मिन मार्ट हुँदै सोही स्थानमा आएर समापन भएको समितिका अध्यक्ष गौतम उदासले जानकारी दिए । तायमचा नाचमा नृत्य गर्नेहरूमा सुकृति ताम्राकार, सुदिज्ञा ताम्राकार, सराहना… पुरा पढौ

सृष्टि र सिद्धार्थले जिते नृत्य संग्रामको उपाधि

पोखरा, नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा शनिबार भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् । सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो, अस्मिन पोखरेल चौथो र जेनी सेन्चुरीले पाँचौ स्थानमा हासिल गरे । पहिलो हुनेले ७० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने २० हजार रुपैयाँ प्राप्त गरे । जुनियरतर्फ दिप्सीका गुरुङ दोस्रो, आस्रिया केसी तेस्रो, प्रिन्सेस गुरुङ चौथो र संस्कृति पाण्डे पाँचौ… पुरा पढौ

पोखरामा गाईजात्रा पर्वको रौनक, तायाः मचा नृत्य मुख्य आकर्षण (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २५ साउन, जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्। https://www.youtube.com/watch?v=4SAuCUBqGe8 नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार करिब दुई सय वर्षदेखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा जोगाइँदै आएको हो। यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाईसँगै तायाः मचा नृत्य प्रदर्शनले माहोल रंगीन बनेको छ। गाईजात्रामा सहभागीहरूले दिवंगत आफन्तको तस्वीर बोकेर वा गाईलाई सजाएर टोलटोल घुम्ने… पुरा पढौ

पोखरामा अवैध सुन तथा चाँदीको कारोवार गर्ने ११ जना पक्राउ, ६ किलो सुन बरामद, उक्त घटना प्रति व्यवसायीको आपती

दीननाथ बराल, पोखरा २४, साउन, कास्की प्रहरीले पोखरा क्षेत्रमा अवैध रुपमा सुन र चाँदी कारोवार गर्ने ११ जनालाई पक्राउ गरेको छ । “अप्रेसन यलो मेटल” नाम दिइएको विशेष अभियान अन्तर्गत पोखरा महानगरपालिका–२, ३, ४ र ९ का क्षेत्रमा प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेर ११ जना सहित उनीहरुबाट ठुलो परिणाममा सून तथा चाँदी समेत बरामद गरेको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका युनिटहरूको संयुक्त टोलीले भारत… पुरा पढौ

लामाचौर तीज महोत्सवमा अन्तर मावि छात्रा भलिबलको टाइटल स्पोन्सर एक्सपर्ट एजुकेशन

पोखरा, लामाचौर तीज महोत्सवको अवसरमा आयोजना हुने अन्तर माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सरका रूपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजसँग सम्झौता भएको छ। सम्झौतापत्रमा आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी र एक्सपर्ट एजुकेशनको पोखरा शाखा प्रमुख सलि देवान तथा बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतमले हस्ताक्षर गरेका छन्। चिप्लेढुंगास्थित पोखरा ट्रेड मलको पहिलो र दोस्रो तलामा कार्यालय सञ्चालन गर्दै आएको उक्त कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा र न्यूजिल्याण्डमा विद्यार्थी पठाउँदै आएको छ। नवआदर्श सामुदायिक विकास समाजले भदौ ८… पुरा पढौ

पाल्पाको लाखे नाच पोखरामा देखाइने

पोखरा, २४ साउन, पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले दोस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । साँझ ६ देखि १२ बजेसम्म उक्त नाच प्रस्तुत हुनेछ । दर्शकलाई भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक… पुरा पढौ

पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल एटीएफ यु–१४ टेनिस खेल्न मलेशिया जाने

साउन २१,पोखरा पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिन मलेशिया जाने भएका छन् । साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल टेनिस संघको अनुरोधमा एशियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो । १२ वर्षिया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेण्ट खेल्न पाउने छन् । यस प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन्… पुरा पढौ

गण्डकीमा योजना बैंक अझै पनि निष्क्रिय, मुख्यमन्त्री पाण्डे “अर्को वर्ष २५ प्रतिशत बजेट योजना बैंकमार्फतै लागू गर्छौं”

दीननाथ बराल,पोखरा, २१ साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चालु आर्थिक वर्षमा योजना बैंकमार्फत योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको स्वीकार गर्नुभएको छ। ऋाज (बुधबार) पोखरामा आयोजित १२औं प्रदेश विकास समस्या समाधान समिति बैठकपछि मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यो मेरो अन्तिम बजेट हुनेछ, अब कुनै पनि हालतमा योजना बैंक प्रणालीबाटै योजना कार्यान्वयन गर्छौं।” उहाँका अनुसार अन्तिम समयमा विभिन्न तर्फबाट बजेटको माग बढ्दा योजना बैंकको प्रभावकारी कार्यान्वयन हुन सकेन। तर आगामी आर्थिक वर्षदेखि भने बजेटको कम्तीमा २५ प्रतिशत भाग योजना बैंकमार्फतै विनियोजन… पुरा पढौ

विश्व केन्पो काई च्याम्पियनसिपका लागि नेपाली टोली जापान प्रस्थान गर्दै

काठमाडौं, नेपालले आउँदो अगस्ट ८ देखि १० तारिखसम्म जापानको हमामात्सु शहरमा आयोजना हुने वर्ल्ड केन्पो काई च्याम्पियनसिप २०२५ मा सहभागी हुने भएको छ। प्रतियोगितामा ३ खेलाडी सहित ४ सदस्यीय नेपाली टोली मंगलबार राति ११ः३० बजे जापान प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। यस टोलीमा पोखराका बामदेव सुवेदी र मेणुका अधिकारी खेलाडीका रूपमा नेपालको प्रतिनिधित्व गर्नेछन् भने प्रशिक्षकमा नविन आचार्य, आधिकारिक सदस्यमा नरज बहादुर खड्का र जुना लामिछाने रहनुहुन्छ। यसैबिच, राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले सोमबार काठमाडौंमा औपचारिक बिदाइ कार्यक्रम आयोजना… पुरा पढौ

संस्कृत विद्यालयमा निर्माण गरिएको शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन

पोखरा, पोेखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशय भित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधाराको केदारेश्वर महादेव मणी मन्दीरका पीठाधिस चिद्घन चैतन्यजी महाराजले आज एक समारोहबीच उद्घाटन गर्नु भएको छ । विद्यालयको आन्तरिक स्रोत र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा निर्माण गरिएको सो उद्यानको लागत ५ लाख ९२ हजार रहेको छ । सो उद्यानको उद्घाटन गर्नुहुदैँ चैतन्यजी महाराजले आत्मसन्तुष्टि प्राप्त गरी स्थिर मन भएर गरेको धर्म मात्र सार्थक हुने बताउँदै धर्मले सबैलाई एकतामा बाध्ने स्पष्ट पार्नुभयो । उहाँले… पुरा पढौ